लाहुरेमा भर्ति हुन युवाहरु तछाडमछाड गर्दै

धरान । देशको राजनीतिक परिस्थितिका बाबजुद देश नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहन्जुलेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् ।
लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस र व्रिटिश आर्मी हुने गरेको छ । यसमा पनि असफल रहे इन्डियन आर्मीै यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् ।खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोेकेरै तालिम लिइरहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने योजना उहाँको छ । नेपालमा राजनीतिक अस्थिरताका कारण वेरोजगारी भइने डर र रोजगारी पाइहाले हातमुख जोर्न नै मुस्किल हुने बुझेर उनी अहिले सिंगापुर लाहुरेका लागि तयारी गर्दैछन् । ृउहाँ भन्नुहुन्छ ‘लाहुरे बनेर परिवारलाई सुख सयलमा राख्ने मेरो उद्देश्य हो, यसका लागि म धेरै नै मेहनत गरिहेको छु, पास हुन्छु नै जस्तो लाग्छ मलाई ।’


यस्तै भनाई लाहरेका जीवन खोज्ने ताप्लेजुङका अर्का युा सुजन लिम्बुको समेत रहेको छ । विहान र बेलुका उनी टूेनिङ सेन्टरले गरेको तालिममा सहभागी हुने गर्नुहुन्छ । उहा भन्नुहुन्छ –‘म विहान ६ बजे रनिङ गरेरै साथीहरुसंग विहान धरानको पञ्चकन्या पुग्छु, त्यहाँ पुगेर ट्रेनिङ सेन्टरले गराएको तालिम गर्छु, हेभिङ सेटिङ गर्छु, अनि विहान ९ बजेतिर घर फर्किन्छु ।’
कक्षा १२ मा अध्ययन गर्दै गरेका ताप्लेजुङका सुजन लिम्बुले समेत पढाईभन्दा लाहुरेमै भविष्य देखेर लाहुरे बन्ने सपना बुनेर धमाधम तालिम लिइररहनु भएको छ । धरान १८ व्रेफ गोरखा ट्रेनिङ सेन्टरमा तालिम लिइररहनु भएका उहाकोँ पनि पहिलो उद्देश्य भनेको सिंगापुर पुलिस नै नबन्ने हो । सिंगापुर पुलिसमा नभएमात्र अर्कोपटक उनी व्रिटिश, इन्डिन आमीमा भिड्न् बताउछन् । उनी भन्छन्–‘नेपालमा भन्दा भविष्य मैले लाहुरेमा देखेँ, त्यही भएर लाहुरे भिड्दैछु । धरानमा धरान लगायत पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, सुनसरी, मोरङ लगायत मधेशप्रदेशबाट समेत तालिम लिन आउने गरेको टूेनिङ सेन्टरका सञ्चालकहरु बताउछन् । धरानमा ७० भन्दा बढी टे«निङ सेन्टरहरु रहेको ट्रेनिङ सेन्टरका सञ्चालकहरु बताउछन् ।
ब्रेफ गोरखा ट्रेनिङ सेन्टरका सञ्चालक उमेश राईले पछिल्लो समय लाहुरेमा सपना बोक्ने युवाहरुको जमात धेरै भएको बताउनुहुन्छ् । उहाँ भन्नुहुन्छ‘ लाहुरे बन्नकै लागि युवाहरु पटक पटक कोशिश गर्छन, लाहुरे बन्नका लागि १८ देखि २१ बर्षको उमेर हो, उनीहरुको पहिलो रोजाई सिंगापुर पुलिस हो, त्यसपछि व्रिटिश, इन्डियन लाहुरे र अन्त्यमा केहीमा नभए नेपाल आर्मी, जनपथ प्रहरी, सशस्त्र प्रहरीमा चित्त बुझाउछन् ।’ उहाले युवाहरुले लाहुरेमा भविष्य देखेर नै पढाईलाई निरन्तता दिदै लाहुरे भिड्न् गरेको उहाँको भनाइ छ ।
उहाले लाहुरेमा भिड्न् सबै लाहुरे नहुने बताउदै युवाहरु उमेर हदले भ्याएसम्म पटक पटक भिड्ने गरेको बताए । ‘१८ बर्षमा भिडेको युवा फेल भयो भने अर्को बर्ष १९ बर्ष पुग्छ, २१ बर्ष नपुन्जेल सफलता पाउन पटक पटक भिड्ने क्रम उनीहरुको भइरहन्छ ’ सञ्चालक राई बताउछन् । कोरोनाका कारण एक बर्ष भने नेपाली युवाहरुले भिड्नै नपाएको उनी बताउछन् । उनले भने–‘सन २०२१ नया युवाहरु कोरोनाकै कारण भिड्न पाएनन्, पुरानोलाई प्राथमिकता दियो ।’
उनका अनुसार रजिष्ट्रेशन फर्म भरेपछि उनीहरु तयारीमा लाग्ने गर्छन, मुख्य गरेर हेभिङ, सेटिङ, रनिङ लगायतका कुराहरु त छँदैछ शिक्षालाई पनि प्राथमिकतामा राखेको छ । उनले भने(‘यो बर्ष पनि तयारी हुदैछ, कोरोना संक्रमण बढेन भने नहुन पनि सक्छ, कोरोना संक्रमण भएन भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र छनौट कार्य हुनेछ ।’

तपाईको प्रतिक्रिया