प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्ताले सीमा विवाद सुल्झाउने सहमति

धरान । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यपूर्ण निमन्त्रणमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक भारत भ्रमणका क्रममा दुई देशबीच देखिएको सीमा विवाद सुल्झाउने सहमति भएको छ । प्रधानमन्त्री देउवा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किनु भएको छ ।
दुवै देशका प्रधानमन्त्रीबीच शनिवार दिल्लीमा भएको भेटवार्तामा दुवै देश बीचको सीमा विवाद आपसी समझदारी, जिम्मेवारी पूर्वक सुल्झाई पुरानो सम्बन्धलाई थप प्रगाढ र मतबुत बनाउने सहमति भएको छ । तीनदिने भारत भमणका क्रममा दुवै देशका प्रधानमन्त्री बीच विभिन्न मुद्धामा वार्ता भएको थियो जसमा सीमा विवाद समेत सामेल थियो । दुवै देशका प्रधानमन्त्रीले सीमा विवादलाई राजनीतिकरण हुन नदिने सहमति गरेका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट पश्चात जारी दुवै देशका प्रधानमन्त्रीको संयुक्त विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको खुला सीमाबाट अवान्छित तवरहरुको घुसपैठ नहोस् भन्ने सम्बन्धमा चर्चा भएका थियो । यसका लागि रक्षा र सुरक्षा निकायबीच गहन सहयोग हुनुपर्नेमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भविष्यमा नेपाल भारत बीचको सम्बन्धलाई थप सुदृढ गन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
द्विपक्षीय संयन्त्र बनाउन जोड
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगलाले प्रधानमन्त्री स्तरीय संयुक्त वैठक पश्चात दुवै देशको सीमा विवादका सम्बन्धमा चर्चा गर्नुभएको थियो । सीमा विवादको स्थायी समाधानका लागि उच्चस्तरीय द्विपक्षीय संयन्त्र बनाउनु आवश्यक छ । वैठकमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उच्च स्तरीय संयन्त्र बनाएर त्यसैको माध्यमबाट स्थायी समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सचिव श्रृगलाले भन्नुभयो नेपाल भारत बीचको सम्बन्ध अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ । दुवै देशले आपसी सम्बन्धलाई ध्यानमा राखेर विवाद सुल्झाउने प्रयास गर्नुपर्छ । उहाँले वंगलादेशसँगको सीमा विवाद सुल्झिएको उदाहरण दिँदै भन्नुभयो बंगलादेशसँगको जमिन र सामुन्द्रिक सीमा विवाद सुल्झिएको छ । नेपालसँग पनि संयन्त्र बनाएर वार्ता अगाडि बढाउन सकिन्छ ।
पारस्परिक लाभका क्षेत्रमा छलफल
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।  दुबै देशका पधानमन्त्रीहरुले सीमा विवादसँगै राजनैतिक आर्थिक, व्यापार, ऊर्जा सुरक्षा र विकासका मुद्दाहरुमा द्विपक्षीय छलफल र समीक्षा समेत गरेका थिए । नयाँ दिल्लीमा रहँदा भारतीय विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवालाइ भेटेका थिए । दुवै देशका प्रधानमन्त्रीहरुले ऊर्जा क्षेत्रमा पारस्परिक लाभकारी सहयोगका लागि अभूतपूर्व अवसरका बारेमा छलफल गरेका थिए । यसमा ऊजा उत्पादन प्रसारण र व्यापारमा साझा प्रतिबद्धताका साथै ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त विज्ञप्ती समेत जारी गरेका थिए ।
दुवै प्रधानमन्त्रीले ९० किमी लामो १३ केभी सोलु कोरिडोर प्रशारण लाइन र भारतले विस्तार  गरेको ऋण अन्तर्गत निर्माण भएको शव स्टेशनको संयुक्त रुपमा उद्घाटन समेत गरिएको थियो । पंचेश्वर वहुउदेश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई अन्तिम रुपम दिएर कार्यान्वयनलाई तिब्रता दिन दुवै पक्ष सहमत भएका थिए । सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पर्याप्त मात्रामा विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिरणकलाई दिइएको नयाँ स्वीकृतिको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको जलविद्युत विकास परियोजनमा भारतीय कम्पनीहरुलाई वृहत सहभागिताका लागि आवहान समेत गर्नुभयो । नेपालमा ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा भएको प्रगतिको समेत प्रशंसा गर्नुभएको थियो । सो क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२२ अप्रिल १ मा नेपालले अन्तर्राष्ट्रिय सौर्य संगठन (ISA) मा सामेल हुने नेपालको निर्णयलाई स्वागत गर्नुभएको थियो । नेपालसँगै ISA को फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने मुलुकको सख्यामा नेपाल १०५ औ भएको छ ।
व्यापार एजेण्डाका सम्बन्धमा छलफल
भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीहरुले आर्थिक र व्यापार एजेन्डाका बारेमा आ–आÏनो धारणा राखेका थिए । व्यापार, लगानी र कनेन्टीभिटी सम्बन्धलाई अझ गहिरो र सहज बनाउने कार्यलाई तिब्रता दिने निर्णय समेत भएको छ । भारतबाट नेपाललाई दीर्घकालीन मलको आपूर्तिलाई सहज बनाउन हालै सम्पन्न भएको जिटुजी सम्झौता भारतबाट नेपाललाई पेट्रोलियम पदार्थको आपूर्तिका लागि पञ्चबर्षीय सामान्य आपूर्ति सम्झौता नवीकरणको नेपालका प्रधानमन्त्रीले स्वागत गर्नुभएको थियो ।
द्विपक्षीय साझोदारीबारे छलफल
दुवै देशका प्रधानमन्त्रीहरुले व्यापाक र दीगो द्विपक्षीय विकास साझेदारीको बारेमा छलफल गरेका थिए । उनीहरुले हाल सञ्चालनमा आएको जयनगर कुर्था विजलपुर बर्दीबास जोगवनी–विराटनगर, रक्सौल काठमाण्डौ जोड्ने अन्तरदेशीय रेल लिंक परियोजनाहरु लगायत नेपालमा भारतीय परियोजनाहरुको कार्यान्वयन प्रगतिको समीक्षा समेत भएको थियो ।
ऐहिासिक कोशेढंगाको रुपमा रहेको जयनगर कुर्था खण्डमा भारत र नपाल जोड्ने पहिलोे ब्रोडगेजको यात्रु वाहक रेल सेवालाई दुवै देशका प्रधानमन्त्रीले भ्रमणका क्रममा हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । जयनगर कुर्था रेलमार्ग भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको हो । यसैंगरी प्रधानमन्त्री मोदीले काभ्रेप्लानचौकस्थित राष्ट्रिय प्रहरी एकाडेमी, नेपालगञ्ज र

भैरहवाको एकीकृत जाँच चोकी लगायत भारतको सहयोगमा रहेका सबै आयोजनाहरुलाई समयमै सम्पन्न गर्न नेपाल सरकारले पूर्ण सहयोगको आश्वासन दिएकोले प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष धन्यवाद समेत दिनुभएको थियो । रामायण सर्किट अन्तर्गत परियोजनाहरु भारतको आजादीका अमृत महोत्सव अन्तर्गत भारतले यसै बर्ष ७५ वटा विकास आयोजनाहको उदघाटन गर्ने पनि नेपालका प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो ।
रुपे कार्डको शुरुवात
नेपालमा भारतीय रुपे कार्डको प्रयोग दुवै प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा प्रारम्भ गरिएको छ । यसले वित्तीय कनेक्टीभिटीमा सहयोगका लागि अवसरहरु खोल्ने भएको छ । द्विपक्षीय पर्यटक आवागमनलाइ सहज बनाउनुका साथै भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
भुकम्प पछिको पुनर्र्निर्माणमा सहयोग
नेपालमा २०७२ साल वैसाख १२ गते गएको महाविनाशकारी भुकम्पपछिको पुननिर्माणमा भारत सरकारले ५ करोड अुनदान सहयोग (अमेरिकी डलर) मा १ सय ३२ स्वास्थ्य संस्थाहरुको पुननिर्माणमा प्रगतिको भिडियो क्लिकको समीक्षा गरिएको थियो । भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा ५० हजार आवासीय घर, विद्यालय, धार्मिक सम्पदाहरुको समेत भारत सरकारले पुननिर्माण गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया