धरान । पछिल्लो समय मुटु रोगीको संख्या बढेको पाइएको छ । खानपिन र रहनसहनका कारण मुटुरोगीको संख्यामा बृद्धि भएको पाइएको हो ।
मुुटुरोगीको संख्यामा बृद्धि भएसँगै धरानस्थितबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बरिष्ठ मुटुरोगी डो प्रशान्त साहको उपचार गराउनेको भीड अत्याधिकहुने गरेको छ । आइतबार र विहीबार ओपिडीमा बस्ने गरेका डा. साहले दैनिक ३ सय जनाभन्दा बढी विरामीलाई चेकजाचगर्ने गरेका छन् ।

मुटुको रोगी बढ्दै जादाविरामीले सहज रुपमाउपचार नपाएपछि शाहले विरामीलाई सहजहोस् भन्ने उद्देश्यले परिवर्तनकालागि सामजिक अभियान भन्ने संस्थासंग सहकार्य गरेर महिनामा दुई पटक वडावडामा चेकजाच शुरु गरेका छन् । बरिष्ठ मुटु रोग विशेषज्ञ डा.साह वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिँदा सर्वसाधारण दंग छन् । अरु बेला धरानस्थितबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाचगर्न पाउँदा दंग भएका हुन् ।
आइतबार र विहीबारमात्र ओपिडीमा बस्ने गरेका डा. प्रशान्त साहलाई उपचार गराउन नपाएका इनरुवाका मेदिनी प्रसाद तिम्सिना सामाजिक सञ्जालमा धरान १३ को कृषिबजारमा निःशुल्कउपचार हुदै
गरेको थाहा पाएपछि हतार हतार आउनुभयो । सधै लाइनमा बस्नुपर्ने झन्झट, समयमा चेकजाँच नहुँदा समस्या भोग्नुपरेका उहा उपचार गराउन सहज हुने भएपछि इनरुवादेखि धरान आउनु भएको हो । सधै लाइनम बसेर घण्टौपछि उपचार गराउनु भएका उहाले सहज रुपमाउपचार गराउन पाउनु भएकोमा खुशी व्यक्त गर्नुभयो ।
डा. प्रशान्त साह७० बर्र्ष भन्दामाथिका बृद्धबृद्धालाई लक्षित गरी अभियानले शुरु गरेको निःशुल्कउपचार प्रभावकारी बन्दै गएपछि बृद्धबृद्धा सबै मेदिनीजस्तै हर्षित बनेका हुन् । हरेक महिनाको पहिलो र तेश्रो शनिवार आयोजना गर्दै आईरहेको क्लिनिकमा ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुकालागि मुटुरोगसँगै, मधुमेह, उच्च रक्तचापको समेत परीक्षण हुने गरेको । १२ औं संस्करण सम्पन्न गरेको अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य शिविर आइतबार धरान १३ कृषिबजारमा राखेको थियो । धरानस्थितबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा चाप अत्याधिकहुँदा बृद्धबृद्धाले सास्तीपाएको महशुश भएपछि वडावडामै गएर निःशुल्क स्वास्थ्य चेक गरिएको मुटुरोग विशेषज्ञ डा. साहले बताउनुभयो । उहाले पछिल्लो समय मानिसको रहनसहन र खानपिनका कारण मुटु रोगी, मधुमेह र उच्च रक्तचापका विरामीहरु बढेको बताउनुभयो । सोमबार कृषिवजारमा सञ्चालनगरेको शिविरमा ७७ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।
अभियनाले कार्यक्रम शुरुदेखि नवौं संस्करणसम्म धरानमोडल कलेजमा आयोजना गरेको थियो । यसलाई वडा वडामा पु¥याउने उद्देश्य अनुरुप एकीकृत कार्यक्रमलाई वडा वडामा पु¥याइएको स्वास्थ्य शिविरमा संयोजक त्रिभुवन बरालले बताउनुभयो । अहिले वडालाई केन्द्रित गरेसकेपछि हालसम्म धरान १८, २ र १ मा सम्पन्न गरिसकेको उहाको भनाई छ ।
