मठ मन्दिरमा भीडभाड हुन थाल्यो

धरान । धरानका मठमन्दिरमा भीड बढ्न थालेको छ । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरमा कोरोना सहज बन्दै गएपछि विजयपुरमा रहेका मठमन्दिरमा भक्तजनहरुको भीड बढ्न थालेका छ । विगतमा सुनसान विजयपुरको चहलपहल समेत बढ्दै गएको छ । विजयपुरमा रहेको पिण्डेश्वरी, दन्तकाली र बुढाुब्बामा पछिल्लो समय अत्याधिक भीड हुने गरेको छ ।
अहिले यी मन्दिरहरुमा दैनिक १ देखि २ हजारसम्म भक्तजनहरु आउने गरेको मन्दिरका पूजारीहरु बताउछन् । विगतमा कोरोनाका कारण भाकल बुझाउन नपाएकाहरु अहिले धमाधम आउन थालेको पुजारीहरु बताउछन् ।


दन्तकाली मन्दिरका पूजारी कमल भट्टराईले पछिल्लो समय दन्तकाली मन्दिरमा भक्तजनहरु बढ्दै गएको बताउनुहुन्छ ।  कोरोनाका कारण नआएका सर्वसाधारणले अहिले उल्लेख्य रुपमा आउन थालेको बताउनुभयो । उहाले विजयपुरमा रहेका मन्दिरहरुमा नेपालबाट मात्र हैन भारतका विभिन्न स्थानबाट समेत दर्शन र भाकल गरेकाहरु आउने गरेको बताउनुभयो ।
विजयपुरका मठमन्दिरमा भक्तजनको आगमन बढेसंगै विगतमा कोरोनाका कारण प्रभावित बनेका व्यवसायिक क्षेत्रले समेत विस्तारै लय समात्न थालेका छन् । कारोनापछि सर्वसाधारण उत्साहित बनेका छन् । अब पुनः यस्तो दिन नआउनेमा उनीहरु विश्वस्त छन् ।

तपाईको प्रतिक्रिया