धरान/उद्योग धन्दा, कलकारखाना र सरकारी कार्यालय समेत शून्य प्राय: रहेको धरानबाट एक आध भएका
सरकारी कार्यालय एकपछि अर्को गर्दै
रातारात अन्यत्र सार्ने क्रममा पछिल्लो पटक आन्तरिक राजस्व कार्यालय इटहरी सर्ने भएको छ ।
आन्तरिक राजस्व कार्यालय
धरानका एक अधिकृतका अनुसार साविकको खनार गाविस वडा नं. ३
पुरानो रोयल रिसोर्ट भन्दा दक्षिण, कोशी राजमार्ग पूर्व कार्यालयको नाममा
रहेको १० कट्ठा जग्गामध्ये २ कट्ठामा चारतले भवन बनाउने काम अन्तिम चरणमा पुगेको छ । राजस्व संकलनको दृष्टिले मात्र धरान उपयुक्त देखिएन,
राजस्व संकलन इटहरी, औद्योगिक
करिडोर क्षेत्र, दुहवी, इनरुवा लगायतका स्थानबाट बढी हुने भएकोले पनि कार्यालय इटहरी सार्ने निर्णय आन्तरिक राजस्व विभागले गरेको हो ।
ती अधिकृतका अनुसार नयाा बानेश्वरस्थित रहेको विरुवा कस्ट्रक्सनले भवन निर्माणको कार्यलाई तिब्र रुपमा अगाडि बढाइरहेको छ । दुई करोड ३० लाखको लागतमा बन्ने उक्त भवन १५ महिनाभित्रमा पूरा हुने पनि ती अधिकृतले धरान साप्ताहिकलाई बताए । २०७१ असोजबाट निर्माण कार्य शुरु भएको र २०७२ असारसम्ममा पूरा गर्ने ठेकेदारको हवाला दिादै उनले प्रष्ट पारे । एउटा स्थापित कार्यालय पूर्ण रुपले उठेर
इटहरी जाादा धरानको आर्थिक विकासमै नकारात्मक प्रभाव पर्दैन त भन्ने सवालमा ती अधिकृतको कथन थियो यो हामीले हैन अर्थ मन्त्रालय, विभागले गरेको निर्णय हो । कार्यालय उठेर गएपनि एउटा सामान्य सेवा केन्द्र धरानमा रहन सक्छ उनले भने । दुई तीन बर्ष अगाडि आन्तरिक राजस्व कार्यालयको सेवा केन्द्र इटहरीमा सारिएको थियो ।
यसभन्दा अगाडि पनि धरानबाट आधा दर्जनभन्दा बढी सरकारी कार्यालयहरु रातारात सरेर इटहरी
सारिएको थियो । सर्वसाधारणको बढी आवातजावत हुने पुनरावेदन अदालत सरेर विराटगनर पुर्याइयो ,
घरेलु कार्यालय, पशुसेवा कार्यालय समेत सारेर इटहरी, इनरुवा पुर्याइयो ।
धरानको समग्र विकासमै प्रभावित पार्ने कार्यालयहरु सारेर रातारात इटहरी पुर्याइादा र पुर्याउने क्रम यथावत
रहादा समेत आफूलाई तीसमार खाा सम्झने कुनै पनि स्थानीय नेताले
विरोध गरेको पाइएन । अहिले आन्तरिक राजस्व कार्यालय नै सर्ने तरखरमा पुग्दा पनि कसैले मुख फोरेका छैनन् ।
वि.सं. २०४५ सालको भूकम्प पश्चात यहााका सरकारी कार्यालयहरु धमाधम सरेर अन्यत्र जानु, पराना स्थानीय बासिन्दा पनि बसाइ सर्नु जस्ता कारणले धरान मृत सहरमा परिणत भएको थियो । पछि बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थापित भएपछि धरानले विस्तारै आफ्नो पहिचान बनाउन थालेको थियो । तर प्रतिष्ठानमा समेत विभिन्न राजनैतिक दलहरुको व्यक्तिगत र दलीय स्वार्थ हावी हुन थालेपछि यसको अस्तित्वमै संकट उत्पन्न हुन थालेको छ । प्रतिष्ठानका पूर्व अस्पताल प्रमुख एवम् अवध नारायण हस्पिटल विराटनगरका सञ्चालक डा. नारायण भन्नुहुन्छ प्रतिष्ठानमा जब कर्मचारीहरुले संगठन खोल्न थाले उनीहरुलाई ढााडस दिन स्थानीय नेताहरु अगाडि आए प्रतिष्ठानको अवस्था खस्किन थालेको हो । प्रा.डा. शेखर कोइराला उपकुलपति छउन्ज्याल प्रतिष्ठानमा कर्मचारी, प्राध्यापक, डाक्टरहरुको कुनै संघ संगठन थिएन । त्यसैले प्रतिष्ठान सहज ढंगले अगाडि बढेको थियो । जब कुनै पनि निकायमा राजनैतिक चलखेल हुन्छ त्यसपछि त्यस्ता संस्थानहरु धरासायी बन्दै जान्छन्, डा. नारायणले भन्नुभयो । यतिबेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले पुन : राजनीतिक चलखेलका कारण प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा ताला लागेको छ ।
