काठमाण्डौ/ भारतका विदेश सचिव सुब्रमन्यम् जयशङकर नेपालको दुईदिने औपचारिक भ्रमण पश्चात स्वदेश फर्किनुभएको छ ।
दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हाल्नु भएका जयशंकर १९ गते नेपाल आउनुभएको थियो ।
उहाले नेपालसँगको आत्मीयता प्रवद्र्धन तथा दुई मुलुकबीचको गाढा सम्बन्धका विविध आयामबारे वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्नुभएको थियो । राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग उहाले बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । दुई दिने भ्रमण क्रममा उहाले आÏना समकक्षी शङकरदास वैरागीसँग प्रधिनिधिमण्डलस्तरीय वार्ता समेत गर्नुभएको थियो । गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे प्रतिनिधिमण्डलस्तरीय वार्तामा छलफल भएको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क) मुलुकको यात्राका क्रमममा भारतीय विदेश सचिवले पाकिस्तान र भुटानको भ्रमण यस अघि नै गरिसक्नुभएको थियो ।
