धरान । धरानका सामुदायिक विद्यालयका विद्यार्थीलाइ लक्षित गरी भिटामिन डी खोप लगाउन शुरु
गरिएको छ ।
रोटहरी क्लब धरान घोपाले सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्याथीहरुलाई विद्यालयमै पुगेर खोप सञ्चालन गरेको हो ।
खोप सञ्चालनको पहिलो दिन धरान २ मा रहेको निकेतन माविका विद्यार्थीहरुलाइ लगाइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम श्रेष्ठको समन्वयमा खोप लगाइएको क्लबका अध्यक्ष तुलसीप्रसाद वस्तीले बताउनुभयो । उहाले सामाजिक उत्तरदायित्वभित्र पर्ने यस्ता कार्यक्रम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानका चिकित्सकसँग सहकार्य गरेर गर्ने गरिएको बताउनुभयो । उहाले निकेतन स्कुलमा लगाएको खोप कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको बताउनुभयो ।

रोटरी क्लब अफ धरान घोपाका पूर्व अध्यक्ष एवम् हाडजोर्नी विभागका प्रमुख प्रा.डा विक्रम श्रेष्ठले धरानका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भिटामिन डी विरुद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा धरान २ मा रहको निकेतन माविमा लगाइएको बताउनुभयो । उहाले मानव शरीरमा मिटामिन डीको कमी भएमा रोग प्रतिरोधात्मक क्षमता घट्नुका साथै विभिन्न रोग लाग्ने बताउनुभयो ।
विद्यालयमै पुगेर मिटामिन डी को खोप लगाएको विद्यालयका शिक्षकहरु समेत खुशी व्यक्त गर्छन । विद्यालयका शिक्षक आशिष मास्केले आयाजकलाई धन्यवाद दिनुभयो ।
विकासोन्मुख देखमा देशमा बढी विटामिन डी कमी भएको सर्वेक्षणमा पाइएकोले यसमा नेपाल पनि पर्ने यसम बालबालिका सबैभन्दा पीडित भएकोले उनीहरुको स्वास्थ्य क्षमता बढाउन भिटामिन डी खोप कार्यक्रम सञ्चालन गरिएको रोटरी कलबको भनाई छ । खोप आयोजना गर्दा ६ लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । खोप सञ्चालनका लागि मितेरी बैंक लगायत अन्य संघ संस्था, रोटरी क्लब धरान घोपाको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । धरानभित्र रहेका ४९ सामुदायिक विद्यालयका १२ हजार विद्यार्थीलाई भिटामिन डी को खोप लगाउने उद्देश्य अनुरुप खोप सञ्चालन गरेका जनाएको छ ।
