धरान । २० बर्ष अगाडि नै धरानका बस पार्क साघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले धरान ८ सुन्दरबस्तीमा बस पार्क सार्ने योजना अगाडि ल्याएसंगै विवादमा रहेको यो बस पार्क अहिले अहिले निर्माण कार्यले तिब्रता पाएको छ ।
यस स्थानमा रहेको सर्वसाधारणको जग्गा उपमहानगरपालिकाको स्वामित्वमा समेत ल्याएर विवाद समाधान भएपछि अहिले डिपिआर निर्माण भई काम शुरु समेत भइसकेको हो ।
राजनैतिक खिचातानी र लामो समयसम्म उपमहानगरपालिका जनप्रतिनिधिविहीन बन्दा यो काम थाति रहेको थियो । ०७४ सालको स्थानीय चुनावमा धरानको बसपार्क मुख्य एजेन्डामा परे पनि समयमा बस पार्क बन्न नसक्दा जग्गाधनी र उपमहानगरपालिकाबीच भएको विवादले चर्को रुप लिएको थियो । उपप्रमुख मञ्जु भण्डारीको संयोजकमा विवाद समाधान भएपछि बसपार्क निर्माणको बाटो खुलेको थियो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रदेश सरकारले बनाएको डिपिआर अत्यन्तै महंगो भएपछि त्यसलाई संसोधन गरेर लागत घटाएर बसपार्क निर्माण शुरु गरेको बताउनुभयोुभयो । केन्द्रीय सरकारकोे राष्टिूय योजना आयोग को ५० प्रतिशत र उपमहानगरपालिकाको ५० प्रतिशतमा बसपार्क निर्माण भइरहेको प्रमुख राईले बताउनुभयो ।

बस पार्क निर्माणका लागि गिताञ्जली जेबीले ठेक्का लिएको छ । प्रदेस सरकारले ६५ करोडको डिपिआर गरे पनि यसलाई संसोधन गरेर ३० करोडको लागतमा निर्माण शुरु भएको छ , बसपार्कमा टिकट काउन्टर, वेटिङ भवन, बस पार्कभित्रै मिनी मार्केट लगायतका कुराहरुलाई समेटेर बनाउन लागिएको उपमहानगरपालिकाका योजना प्रमुख बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो । टर्मिलनल भवनमा वेसमेन्ट पार्किङ बनाउने योजना अनुरुप अहिले पिल्लर उठाउने काम भएको र हालसम्म ४ करोड खर्च भसकेको उहाले बताउनुभयो ।
टर्मिनल भवनमा सानोतिनो सपिङ, वेटिड स्थल, लजिड फुटिडको राम्रो व्यवस्था लगायत एयरपोर्ट मोडलजको बन्ने योजना छ । ३४ कट्टा जग्गामध्ये ३० कट्ठा जग्गामा बसपार्क र बाकी ४ कट्ठामा सिटी बसको स्थान राखिएको जनाइको छ । ०७८ असारमा ठेकेदार कम्पनीसंग सम्झौता गरे अनुरुप तीन बर्षभित्रमा सकिने लक्ष्य लिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
लामो समयदेखि धरान ८ सुन्दर बस्तीमा बन्न लागेको बसपार्क विगतमा हरेक राजनीति दलको घोषणापत्रमा प्राथमिकतामा राखिएको थियो । तर राजनीतिक खिचातानीका कारण बसपार्क बन्न सकेको थिएन । तर अहिले डिपिआर निर्माण भई ठेक्का सम्झौता भई काम समेत शुरु भइसकेको छ । अब भने बर्षौदेखि समस्या समाधान हुने पक्कापक्की भएको छ ।
