दुतावासमा ७४ औं सेना दिवस

धरान । भारतीय राजदुतावासको रक्षा शाखाले ७४ औं भारीय सेना दिवस आइतबार २० फेब्रुअरीमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
लेÏिटनेन्ट जनरल (पछि फिल्ड मार्शल) केएम करियप्पाले पदभार ग्रहण गरेको सम्झनामा भारतीय सेना दिवस मनाइँदै आएको छ । भारतीय सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधान सेनापति, भारतीय सेनाका मानार्थ महारथी जनरल प्रभुराम शर्मा, नेपालका पूर्व प्रधान सेनापतिहरु अन्य सेवा निवृत्त र अवकाश प्राप्त नेपाली सेनाका अधिकृतहरु, कुटनीतिक नियोगका अधिकारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।


सेना दिवसका अवसरमा नेपालस्थित भारतीय राजदुत विनय मोहन क्वात्राले भारतीय सेना र नेपाली सनाबीचको गहिरो ऐतिहासिक सम्बन्धको स्मरण गर्नुभएको थियो । भारतीय सेनामा गोरखा सैनिकको निस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले नेपालमा बसोबास गने भारतीय सेनाका निवृत्तभरण पाप्तकर्ता र उनीहरुको परिवारको हितमा भारतको प्रतिबद्धता दोहो¥याउनु भएको थियो । उहाँले दिवंगत चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतलाइ पनि श्रद्धाञ्जली दिनुभएको थियो ।
रावतको ९ डिसेम्बर २०२१ मा पत्नी मधुलिका रावत र अन्य ११ जना सैनिकको दुःखद् हवाई दुर्घटनामा निधन भएको थियो । ७४ औं भारतीय सेना दिवसको अवसरमा भारतीय सेनाका प्रधान सेनापति तथा नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेले दुवै देशका सेनाबीचको सम्बन्ध प्रगाढ रहेको सन्देश दिनुभएको थियो । कोभिड १९ महामारी विरुद्धको लडाइमा नेपाली सेनालाई भारतीय सेनाले गरेको सहयोग, र नेपाली सेनालाई आधुनिकरण गर्न गरेको सहयोगको प्रधान सेनापति प्रभुराम शर्माले मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया