धरान । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सुनसरी क्षेत्र नं. १ को ‘क’ र ‘ख’ को प्रदेश अधिवेशन प्रतिनिधि छनौटसँगै जिम्मेवारी समेत वाँडफाड भएको छ ।
धरान २ स्थित भीमबहादुर तामाङ बलबहादुर राई स्मृति भवनमा सम्पन्न भेलाले प्रदेशसभा ‘क’ मा ८ जना र प्रदेश सभा ‘ख’ मा ८ जना गरी १६ जना प्रदेश अधिवेशन प्रतिनिधि छनौट गरेको थियो । दुवै प्रदेशसभाका सभापति मुरारी भट्टराई र अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रदेश अधिवेशन ‘क’ बाट विद्या शाक्य, रोशन रेग्मी, डम्बरबहादुर राई ,रमेशकुमार बस्नेत, रहिसा कसजु
(श्रेष्ठ) कुसुम लता ओली (आचार्य), किरण राई, नरेश अग्रवाल प्रदेश सम्मेलन सदस्यमा सर्वसम्मत चयन हुनु भएको थियो ।

यसैगरी प्रदेशसभा ‘ख’बाट हिमाल राई, सुशिला शेर्पा, अशोक खड्का, रमेश काÏले, गोविन्द बहादुर बस्नेत, रामु तामाङ, थिरबहादुर कार्की र सरिता चौधरी निर्वाचित हुनु भएको थियो । यसैगरी भेलाले विभागीय संयोजकहरुको जिम्मेवारी समेत वाँडफाड गरेको छ । प्रदेशसभा ‘क’ का कार्यसमिति सह–सचिव युवराज शंकरलाई प्रवक्ताका साथै शान्ति सुरक्षा प्रशासन विभागको संयोजक, अन्तरपार्टी सम्पर्क विभाग प्रमुख प्रदीप शाक्य आर्थिक विभागमा रमिना सुब्बा, अव्यवस्थित वस्ती संरक्षण विभागमा सुभाष राई, महिला विभागमा कुसुम लता ओली, तरुण विभागमा किरण राई, भातृ सगठन विभागमा हरिप्रसाद ओझा, स्वास्थ्य विभागमा रमिता श्रेष्ठ, वन वातावरण तथा विपद् व्यवस्थापनमा खगेन्द्र देवान, मारवाडी समुदाय समन्वय विभागमा नरेश अग्रवाल, मुस्लिम समुदायका समन्वय विभागमा औसाद आलम, युवा तथा खेलकुद विभागमा रोशन रेग्मी, शुभेच्छुक संस्था समन्वय विभागमा मञ्जिल कसजु, शिक्षा विभागमा रविन आचार्य, जनप्रतिनिधि समन्वय विभागमा रहिसा कसजु, श्रमिक तथा ट्रेड युनियन विभागमा रमेश बस्नेत, पेशागत तथा बुद्धिजीविमा विद्या शाक्य, संस्कृति संरक्षणमा विष्णु मोक्तानलाई संयोजक बनाइएको छ ।
