‘हामीले गठबन्धन बनाउने बेला एमसिसीको बारेमा संयुक्त कार्य योजनामा पनि आएको थिएन’

सिपी दत्त (चन्द्रदत्त पौड्याल) । राजनैतिककर्मी र व्यवसायिहरुका बीचमा सुपरिचित नाम । राजनीति र व्यवसायलाई एक साथ डोहो¥याएर हिँड्नु भएका पौड्यालको जन्म वाग्लुङ्गको तत्कालीन सरकुवा गाविस हालको जैनमी नगरपालिका वडा नं. ४ मा भएपनि वि.सं. २०४९ सालदेखि उहाँले धरानलाई कर्मक्षेत्र बनाउँदै आउनु भएको छ ।
वि.सं. २०२९ सालमा पौड्याल परिवार चितवन बसाई सरेपछि २०३६ सालको विद्यार्थी आन्दोलनबाट उहाँको राजनैतिक जीवन शुरुभएको हो । वि.सं. २०३६ सालमा तत्कालीन मजदुर किसान पार्टीको संगठन सदस्य भएपछि उहाँको राजनीतिक यात्रा थप अगाडि बढ्यो । वि.सं. २०३९ सालमा क्रान्तिकारी विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ सालमा जिल्ला सचिवालय सदस्य, २०४२ सालमा क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रीय सदस्य, २०४६ सालमा क्रान्तिकारी विद्यार्थी संगठनको केन्द्रीय अध्यक्ष, २०४७ सालमा तत्कालीन एकता केन्द्र नेपालको काठमाण्डौ जिल्ला सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका पौड्यालले २०४९ सालमा व्यवसायको शिलशिलामा धरान आउनु भएपछि पार्टीको होलटाइमर जिम्मेवारी छोड्नु भएको थियो । तथापि, उहाँको सक्रिय राजनीति भने अगाडि बढिरहयो । वि.सं. २०५२ सालमा तत्कालीन एकता केन्द्रको सुनसरी जिल्ला सदस्य, २०५४ देखि २०६६ सम्म संयुक्त जनमोर्चा सुनरीको जिल्ला अध्यक्ष रहनु भएका पौड्याल २०६६ सालमा माओवादी केन्द्रसँग संयुक्त जनमोर्चाको एकता भएपछि उहाँ माओवादी केन्द्रमा सक्रिय रहँदै आउनु भएको छ ।
माओवादी केन्द्रसँग निकट राष्ट्रिय उद्योग व्यापार महासंघ प्रदेश नं. १ को इन्चार्ज रहनु भएका पौड्याल हाल नेतृत्वप्रति असन्तुष्ट देखिन थाल्नु भएको छ । खासगरी अमेरिकन मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसिसी) मा माओवादी नेतृत्वले देखाएको द्वैध चरित्रलाई लिएर सामाजिक सञ्जालहरुमार्फत उहाँले आफ्ना असन्तुष्टि पोख्दै आउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत राष्ट्रहित विपरीतको एमसिसीमा नेतृत्वले द्वैध चरित्र देखाएको भन्दै तत्काल गठबन्धन सरकारबाट अलग हुनुपर्ने अन्यथा आफूहरु सामुहिक राजीनामा दिन बाध्य हुनुपर्ने बताउनु भएको छ । अत्यन्तै शालिन, भद्र व्यक्तित्वका रुपमा अन्य राजनैतिक दलहरुबीचमा समेत परिचित पौड्यालसँग यसपटक हामीले एमसिसीमा नेतृत्वले देखाएको रवैयाप्रति केन्द्रित रही वार्ता गरेका छौं । प्रस्तत छन् वार्ताका सारसंक्षेप :

 एमसिसीमा माओवादीको केन्द्रीय नेतृत्वले किन स्पष्ट अडान लिन नसकेको होला ? के लाग्छ यहाँलाई ?
–अहिले नेपालका सबै राजनैतिक पार्टीहरु सैद्धान्तिक विचलनमा छन् । माओवादी, एमाले, नेपाली काँग्रेस सबै वैचारिक राजनीतिबाट विचलित छन् ।
राष्ट्रिय परिस्थितिमा स्पष्ट नेतृत्व गर्न नसकेको देखियो । माओवादीले आफ्ना एजेन्डाहरुमा प्रस्ट विचार राख्न सकेन । वैचारिक विचलन भइसकेपछि लाइन क्लियर हुँदैन । हामीले पहिलेदेखि एउटा कुरा भन्ने गरेका छौं त्यो के भने नीति र कार्यक्रम स्पष्ट भयो भने सबै कुरा ठीक हुन्छ । अहिले हाम्रो देशका पार्टीहरुको नीति र विचार स्पष्ट छैन । त्यसैले अस्थिरता छ । अस्थिर भएको परिपे्रक्ष्यमा एउटा स्पस्ट नेतृत्व विकास नहुँदा यस्तो देखिन्छ । माओवादी यसमा किन ढुलमुल भएको हो बुझ्न सकिएन । मैले सामाजिक सञ्जालमा लेखेको छु माओवादीले नैतिक रुपले आजको दिनमा संघीय मन्त्री
परिषद्बाट तुरुन्त राजीनामा दिएर जनताका बीचमा आउनुपर्छ । किनकि उसको एजेन्डा भन्दा बाहिरको कुरा हो एमसिसी । नेतृत्व बाहिर आउँदैन भने हामी पार्टीबाट वहिर्गमन हुन्छौं भनेको छु । नेतृत्वसँग हाम्रो धेरै ठूलो अन्तरविरोध देखिएको छ । माओवादीले यसको बारेमा स्पष्टसँग आजकै दिन एमसिसीका केही बुँदाहरु राष्ट्रघातमा आधारित छन भनेर भन्न सक्नुप¥यो ।
 के कस्ता बु“दाहरु राष्ट्रघाति छन् त ?
–पहिला त एमसिसी प्रोजेक्ट सञ्चालन गर्दा यसले पाउने वौद्धिक सम्पत्ति नेपालको अधिनस्थ हुँदैन । एमसिसीको अधिनमा हुन्छ भन्ने छ । त्यो प्रावधान खारेज गर्नुप¥यो । दोस्रो नेपालको संविधान र एमसिसीको प्रावधान बीचमा एकरुपता नहुँदा, बाझिदा एमसिसीको नियम अनुसार हुनुपर्छ भन्ने कुरा सार्भभौम, स्वतन्त्र देशमाथि त्यसले हस्तक्षेपकारी भूमिका निर्धारण गर्छ र त्यसले राष्ट्रिय स्वाधीनतालाई ठूलो आघात पार्ने स्पष्ट छ । एमसिसी हामीलाई चाहिन्छ तर नेपालको संविधान र नेपालकाको कानुन साथै नेपाल सार्वभौम राष्ट्र भएको अनुभूति हुने गरी पास गर्नुपर्छ ।
ल्लो समय के देखियो भने माओवादी केन्द्र नेतृत्व गठबन्धनको बैठकमा सहमति गर्ने सदनमा टेवल गर्दा मौन बस्ने तर आफ्ना कार्यकर्तालाई विरोधमा सडकम उतार्ने । यसले कस्तो सन्देश दियो त ?
–नेकपा माओवादी केन्द्रका सबै कार्यकर्ता अहिले सडकमा छन् । नेतृत्वले निर्देशन दियोस् या नदियोस् । हामीले बुझेको के हो भने एमसिसीका धेरै प्रावधानहरु राष्ट्रिय हित विपरीत छन् । एउटा स्वतन्त्र राष्ट्र, अखण्ड नेपालको विरुद्धमा एमसिसी छ । यो हाम्रो स्कुलिङ्ग हो । हामी राष्ट्रियताको सवालमा हाम्रो पार्टीमा भएको अहिलेसम्मको प्रशिक्षण, हामीले जानेको बुझेको अर्कै हो । नेतृत्वले अवसरवादी नीति लिन्छु ढुलमुले नीति लिन्छ भने जनताले प्रतिवाद गर्छन कार्यकर्ताले विद्रोह गर्छन । त्यसैल हामीले विभिन्न च्यानलबाट सजग गराइरहेका छौं नेतत्वलाई । अझै पनि हामी नेृतवसँग लामो छलफल गरिरहेका छौं । पछाडि हँट, छिटो हँट भनिरहेका छौं । नेतृत्वसँग पनि कुनै बाध्यता होला भन्ने पनि लागेको छ । हेरौ हाम्रो स्कुलिङ्गमा आइपुग्ला । बाध्यता थिए भने छैनन् भने हाम्रो नेतृत्वलाई असक्षम भन्नुपर्ला ।
गठबन्धनमा रहेको माओवादी केन्द्रले एमसिसीमा देखाएको रवैयमा तपाईले सामाजिक सञ्जालमा असन्तुष्ट पोख्दै तुरुन्त गठबन्धनबाट बाहिरिनुपर्छ नत्र हामी सामुहिक राजीनामा गर्छन् कायकर्ताले भन्नुभएको छ । तपाई राजीनामा गर्नुहुन्छ ?
–राजीनामा भन्दा विद्रोह हुन्छ । राजीनामा र विद्रोह फरक कुरा हो । कम्युनिस्ट पार्टीमा हामीले एउटा इतिहास बोकेर आएका छौं । कम्युनिस्ट पार्टीको टुट, फुट, एकता धेरै भोगेर आएका छौं । हाम्रो डकुमेन्टस् आउँछन् पार्टीभित्र । नेतृत्वलाई सबक सिकाउने, नेतृत्व परिवर्तन गर्ने गरी हामी आन्दोलन गर्छौ । अहिले पार्टी फुटेर जाने अथवा त्यहाँ केही नगर्ने हो भने उनीहरुलाई वा अवसरवादी संसोधनवादीहरुलाई झन सजिलो हुन्छ । हामी जस्ता कायकर्ताले चट्ट पार्टी छोड्न हुँदैन ।
 नेतृत्व परिवर्तन दुई चार बर्ष लाग्ला । महाधिवेशन नै पर्खनु पर्ला नि हैन र ?
–हामी सामन्तवादबाट दलालपूँजी वादमा प्रवेश गदैछौं । सामान्तवादको अवेशषहरु अहिले पनि धेरै छन् । तपाईको घरमा छ, मेरो घरमा छ । यहाँबाट निकालेर लिएर जानुपर्ने छ । हामीले तेरा सन्तानले डाँडाकाँडा ढाकोस् भन्ने आर्शिवाद लिएर आएका पुस्ता हौ । हामीले त्यसलाई परिवर्तन गरेर त्यसो होइन एउटा शिक्षित, योग्य नागरिक बनाउने भन्ने आर्शिवाद दिने ठाउँमा पुगेका छौं । मेरो पिरियड ६० बर्षमा मलाई यति गर्न लाग्यो । मुलुक परिवर्तन गर्न समय लाग्छ । आजको भोलि एउटा वाटो पनि बन्दैन र आजको भोलि नै एउटा नेतृत्व विकास हुँदैन । नेतृत्व विकास समयक्रमले विस्तारै हुन्छ । एउटा गलत नेतृत्वलाई फालेर अर्को सवल नेतृत्व आउन धेरै समय लाग्छ ।
 माओवादीको पछिल्लो नेतृत्वको सोचले कार्यकर्तामा कस्तो सन्देश गएको छ ?
–कार्यकर्तामा एउटा उत्साह हुने बेला पनि आएको छ । गलत कुरा भएपछि त्यसतर्फ विद्रोह हुन्छ त्यसलाई परिमार्जन गर्छन् र कार्यकताले एउटा लेवलमा निकास गरेर लिएर जान्छन् । हामीसँग एउटा सम्भवना पनि छ । यो पार्टीलाई क्रान्तिकारी पार्टी, वर्गको पार्टी, परिवर्तनको पार्टी बनाउने सम्भावना पनि छ । म तर यो बेला हामी जस्ता कार्यकर्ताहरुले नेतृत्वलाई दबाब दिने र आसेपासेको कुरा मात्र मान्ने परिपार्टी भयो भने सम्पूर्ण आन्दोलन नै ध्वस्त हुन्छ ।
 त्यत्रा कार्यकर्ताले आफ्नो असुन्तुष्टि सडकमा पोखिरहेका छन् । तर नेतृत्व सरकारको गठबन्धनमा टाँसिरहने, नेतृत्व छोड्न चाहिँरहेका छैनन् । किन होला ?
–हामीले गठबन्धन बनाउने बेला एमसिसीको बारेमा संयुक्त कार्य योजनामा पनि आएको थिएन । केपी ओलीले संसदमा भने तिनीहरुको एमसिसी खै ? हामी बीचमा एमसिसीको बारेमा त्यो बेला नै कुनै सहमति भएइको थिएन । एमसिसीको बारेमा नयाँ परिस्थिति सिर्जना भयो, प्रधानमन्त्रीलाई के दबाब आयो ? प्रधानमन्त्री बन्ने बेलामा पनि एमसिसीका बारेमा केही धारणा नराखी आउनु भएकोले यो प्रधानमन्त्रीको नीजि कुरा भएकोले यो गठबन्धनलाइ छुदैन कि भन्ने देखिन्छ तर त्यसो गर्नुहुँदैन, राष्ट्रलाई घात हुन्छ ।
 गठबन्धनमा बसेपछि सबैले त्यसको दायित्व लिनुपर्छ हैन र ?
–त्यो संसदीय व्यवस्था भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो भनेर हामीलाइ स्कुलिङ्ग गरिएको थियोे । संसदीय व्यवस्थामा यस्तै हुन्छ । एउटा चिज दखाउने अर्को गर्ने संसदीय व्यवस्थाको चरित्र हो । त्यसैले संसदीय व्यवस्थाका बारेमा हामी प्रष्ट छौं । तपाईहरुले यस्तो व्यवस्था मान्नु भएको भन्नुभयो भने यो परिस्थितिले मानेको हो भन्छौं । हाम्रो एजेन्डा राष्ट्रपतीय प्रणाली नै हो । देश परिस्थिति, पार्टीहरुको हैसियत, जनताको आधार हेरेर हामी एउटा सहमतिमा गएका हौं । यो संसदीय व्यवस्थाको चरित्रको परिणाम हो । ढाँट्ने, छल्ने, लुट्ने जे जे गर्नुपर्छ त्यो हुन्छ ।
गिरिजाको वहुमतको सरकारको पनि त्यही देखिएको हो । शेरबहादुरको पनि देखिएको हो । एमालेको पालामा सुरा सुन्दरीको त्यत्र काण्ड भोगेरै आएका हौं । संसदीय व्यवस्था इमान्दार व्यवस्था नै होइन । यो एकदम झुक्याउने, छलकपट के गरेर हुन्छ त्यही गर्ने हो । हाम्रो चुनावी प्रक्रिया नै हेरौ । लाखौं करोडौ खर्च गरे निर्वाचन जित्छन्, जनताको सेवा गर्ने मान्छेले त्यत्रो पैसा खर्च गर्न मिल्छ ?

त्यसो भए तपाईहरु संसदीय व्यवस्थाको भासमा भासिनु भयो ?
–हामी लगभग संसदीय व्यवस्थाको वरिपरि घुमिरहेका छौं ।
भासिनु भएको छैन ?
–भासिने कुरामा हामी त्यो संसदीय दलमा परेनौं । भासिएपछि निस्कन सकिदैन ।
 नेतृत्वले एमसिसीमा जुन रवैया देखाएको छ, त्यसले आउने स्थानीय निर्वाचनमा तपाईहरुको पार्टीमा कस्तो असर पर्ला ?
–गोलमटोर उत्तर दिएर हुँदैन । परिणाम राम्रो देखिदैन । काँग्रेस, माओवादी र एमालेको पनि राम्रो देखिदैन । एमालेलाई त हामीले पहिलेदेखि नै भन्दै आएका हौ एमाले न पोथी हो न भाले । अहिले ठ्याक्कै त्यही छ । काँग्रेसमा शेखर कोइरालाहरु एकातिर लागेका छन्, काँग्रेसको पनि जनाधार विभाजितै छ । पचण्डले गलतरे तुरुन्त निस्कन भनिरहेका छौं । यही अवस्थामा माओवादीलाई भोट हाल्न सकिदैन भनिरहेका छौं । भोट हाल्ने उर्दी आउँछ कि आउँदैन त्यो पनि थाहा छैन । एक हिसाबले अन्योल छ संसदीय व्यवस्थामा प्रचण्डले जे बोल्यो त्यही हुन्छ । हामीले जे गरे पनि हुँदैन । अध्यक्षीय
राज्य नीति त्यस्तै हुन्छ । सामुहिक हँुदैन । संघीय सांसदले एमसिसीको विरुद्धमा भोट हाल्दैनन् भन्ने कुरामा हामी ढुक्क छौं ।
 अन्त्यमा केही छ कि ?
–खासै त्यस्तो त केही छैन । स्थानीय चुनाव जरुरी छ । कसको वहुमत आउँछ । कस्ले जित्छ कसले हार्छ भन्ने कुरासँग सहकार्य भएन । सविधानले दिएकोृ अधिकार र संविधानलाई ट्रयाकलाई लिएर जने दायित्व छ बेलामा चुनाव गराउनको लागि राज्यका हरेक अंगलाई सचेत गराउनुपर्छ । नेपाली जनताले नै चुनाव जित्ने हुन् । काँग्रेस, एमाले, माओवादी जसले जितेपनि जसको आधार छ, ज–जसको एजेन्डा राम्रा छन्, जो इमान्दार रुपले जनताको बीचमा छ उसले जिन्छ । तर चुनाव सार्ने खेल भइरहका छ, त्यसमा सजक हुनुपर्छ ।

तपाईको प्रतिक्रिया