विजयपुरका मठमन्दिरमा भक्तजनको आगमनमा न्यून

धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा कोरोना संक्रमण र चिसोका कारण भक्तजनहरु घटेका छन् ।
विजयपुरमा रहेका प्रख्यात र भिडभाड हुने मन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा विगतको भन्दा कम भक्तजनहरु आउने गरेको त्यहाका मन्दिर व्यवस्थापन समिति र मन्दिरका पूजारीहरुले बताएका छन् ।


दन्तकाली मन्दिरका मन्दिर व्यवस्थापन समितिका पदाधिकारी विश्वराज खनालका अनुसार अत्याधिक बढेको चीसो र कोरोना संक्रमणको दर वृद्धि हुँदै जाँदा भक्तजनहरु धेरै घटेको बताउनुभयो् । उहाले विगतमा दैनिक १ हजार भक्तजन आउने र शनिवार २ हजार भक्तजन आउने गरे पनि अहिले यो संख्या घटेको बताउनुभयो ।
उहाँले कोरोना संक्रमणको त्रास र पछिल्लो पटक अत्याधिक बढेको चीसोका कारण भक्तजनहरु उल्लेख्य रुपमा नआएको बताउनुभयो ।
यस्तै अवस्था पिण्डेश्वर मन्दिरमा पनि रहेको छ । पिण्डेश्वर मन्दिरमा पनि दन्तकाली मन्दिरको भन्दा फरक नभएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो । उहाले अत्याधिक चिसो र त्यसमाथि पनि कोरोनाको त्रास उत्तिकै रहेकाले अहिले भक्तजनको आगमनमा ह्वात्तै घटेको बताउनुभयो ।
विजयुरका धार्मिक स्थलमा आएका भक्तजनहरु एउटा मन्दिरलाई मात्र लक्षित गरेर दर्शन गर्न नआउने भएकोले आएका भक्तजनहरु दन्तकाली, पिण्डेश्वर र बुढासुब्बाको दर्शन गरेर जाने गरेकोले सबै मन्दिरमा आउने भक्तजनको संख्या प्राय ः उस्तै उस्तै हुने गरेको वनेपाली बताउनुहुन्छ ।
धरान उपमहानगरपालिकाका १४ नंं वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले कोरोनाको संक्रमण भएपनि मन्दिरहरु बन्द नभएको बताउनुहुन्छ । उहाले सबै मन्दिरहरुले स्वास्थ्य मापदण्ड पालना गराएरमात्र मन्दिरमा दर्शन गर्न दिइने भएकोले जोखिम कम भएको बताउनुभयो । उहाले सबै क्षेत्र खुल्ला रहेकाले मन्दिरमात्र बन्द गरेर कोरोना संक्रमण कम नहुने भएर मन्दिरहरु स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न दिएका बताउनुभयो ।

तपाईको प्रतिक्रिया