सर्पनाथको घुक्र्याई
सर्पनाथ आच्या माकुन्याउ पार्टीका बरिष्ठ नेता झल्लाझलुले भन्या गठबन्धनसँग सम्बन्ध टुट्यो भने झालेमालेसँग गठबन्धन गर्ने रे । झालेमालेका अध्येक्षे खप्रओले माकुन्याउ र सवर्पनाथलाई घाँस देखाउने लक्षण नै छैन । अस्तिसम्म धारे हात लगाएर सराप्दै आएका झलु माने सर्पनाथले कुन थुतुनोबाट झालेमालेको नाम लिएको होलान् ? देउवाको लगौटी अँठ्याएर निर्वाचनमा वैतरणी तरुम्ला भन्ने सोच्या होलान् सर्पनाथले । अब दिउँसै सपना नदेखेकै जाति । नेप्लिज लाँग्रेस देउवाको यक्तिगत सम्पत्ति होइन । न तिनकी जोइले माइतीबाट किस्तीमा हालेर कँग्रेस ल्याएकी हुन् । चुनाउको नाम सुन्नासाथ खप्रओको याद आएछ सर्पनाथलाई । आफ्नै घरमा आगो झोसेर देउवाको पछिल्तिर दौडिएकाको ह्याउ बल्ल देखिदैछ । चुनावमा जाने लुर नभएसी लाँग्रेस सभापति शेरबहादुर देउवाको गोडा अँठ्याको छ, अँठ्याएको छ । न छोडेर हिँड्छन् । क्या घामट आइलागेछ ।

आफ्नै हात जगन्नाथ
पर्देश नं. १ का पंचधातुका मन्त्री सांसदहरुले भकाभक मन्त्रालय फुटाएर भटाभट आफनो घ्याप्पो भर्ने काम गर्न थालेछन् । जनताले तिनको घ्याम्पो भर्न पठाएका हुन कि काम गर्न पठाएका हुन् ? फुट्टीभाङ्ग काम केही गर्नुछैन मन्तरी चाहियो । खप्रओको सरकारले केही लछारपाटो लगाएन भनेर विरोध ग¥या थेन । अहिलेको पंचधातुको सरकारले त झनै बाँडीचुँडी खाने जुक्ति पो निकाल्यो । धमाधम मन्त्रालय फुटाउँदै, भागबण्डामा रमाउन थाल्यो । जुन जोगी आए पनि कानै चिरेको । पर्देश नं. १ का पंचधातुका सबै सांसदलाई मन्तरी बनाइदिए भैगयो । कसैलाई पहाड मन्त्रालय कसैलाई हिमाल मन्त्रालय कसैलाई तराई मन्त्रालय, कसैलाई पानी मन्त्रालय, कसैलाई हावा मन्त्रालय कसैलाइ वायु मन्त्रालय कसैलाई मसानघाट मन्त्रालय कसैलाई धान मन्त्रालय, कसैलाई कोदो मन्त्रालय, कसैलाई गहत मन्त्रालय, कसैलाई भैसी मन्त्रालय, कसैलाई गाई मन्त्रालय, कसैलाई बोका मन्त्रालय, कसैलाई सुंगुर मन्त्रालय, कसैलाई……….बनाएर मन्त्रीको जिम्मा दिँदा सबका सब खुशी । कि कसो हौ ?
सरकारबाट बाहिरने रे
कमल थापा प्रवृत्तिका आजीवन अध्यक्षको खप्पर लिएर आएका माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउ पनि कहिलेकाँही भुडी बाउडिउनज्याल हँसाउँछन् वा † तिनको गफ सुन्यो भने त्यसै त्यसै वान्ता होला झै गरेर हाँसो उठ्छ । अब हेरम न अस्तिका दिन तिन्ले भन्या पर्धानमन्तरीले एमसिसी पास गर्न संसदमा टेबुल गरे भने सरकारबाट बाहिरिने रे । हैन हौ तिनले सरकार छोड्दा र नछोड्दा केचाहिँ लछारपाटो लाग्छ र ? तिन्ले सरकार अँठ्याउँदा नेपाली जनताले के पाएका छन् र छोड्दा के पाउँछन् । छोड्नु र अँठ्याउनु जनताका लागि न हर्ष न विस्मात । अँठ्याउनु भन्दा छोडेकै जाति । कि कसो हौ ?
मूर्तिचोर मन्त्री
हैन हौ नेपालीहरुको बुद्धि पिँधमा हुन्छ भन्ने हो कि क्या हो ? अलिकति कुरो सुन्नु हुँदैन थाल ठटाएर विरोध ग¥या छन् । अब हेरम न वर्तमान सरकार भन्या कोटे माने भागबण्डाको सरकार हो । भागबण्डामा परेपछि जोसुकैपनि भागबण्डे मन्त्री हुने भयो । माउवादीले आफ्नो भागमा परेको कोटाबाट मूर्तिचोरेवापत दुई बर्ष कैद र ५ हजार जरिवाना तिरी भोगिसकेका छिरिङ दमदोल लामालाई मन्त्री बनाउने निर्णय ग¥यो । तर मूर्ति चोरलाई मन्त्री बनाउनु हुँदैन भनेर यतिबेला सबैका थुुतुनो खुल्न थाल्या छ । किन हुँर्दैन कि हुँदैन भनेर दन्तबझान ग¥या होलान् ? माउवादीको दर्म मर्म, अप्ठेरो पनि बुझ्नुपर्छ नि सिँगो पार्टीमा कोचाहिँ सद्धे र इमान्दार छन् र ? कोही हत्यारा छन्, कोही लुटेरा छन्, कोही चोर छन् कोही बलातकरी छन् । सबै त्यस्तैमा भएसी’ तिनैमध्येबाट मन्त्री बनाउनु
परेन ? खै कुरा बुझ्या ?
पिएचडीको लफडा
यतिबेला गोर्खे बाउराम र अछामे भीम बीचमा पिएचडी लफडा गज्जबले चलेको छ । लफडावाजहरु भन्दा नि लफडा मच्चाउनेहरु शब्द सुन्दा अब पिएचडी गरम गरम लाग्नेहरुको मनै भाँच्चिन थाल्या छ । पिएचडीको लफडाचाहिँ आयाराम गयाराम बाउरामबाट भा’को हो । बाउराम परे एमसिसीका दलाल भीम परे विरोधी । एमसिसीको विरोध ग¥यो कि बाउरामको कन्पारो गर्माईहाल्ने । एमसिसीको विरोध नगर्दा भीमको पिँधमा चुर्ना सल्वलाउने । अस्तिका दिन बाउामले भीमको पिएचडी नक्कली भनेर आरोप लगाएछन् । चोथाले भीमले पनि नक्कली पारिको हन्छ, त्रिविको हुदैन भनेर ज्वाफ फर्काइदिएछन् । भीमको जफाव सुनेर यतिबेला हिसिला पोई बाउरामको अपानवायु नै बन्द भा’छ आखिरी अछामे भीम न परे ।
माकुने र प्रचण्डाउ डल्लो परे
जुन गोरुको सिङ छैन त्यसैको नाम तीखे त्यसै भनेको होइन । यतिबेला यो उखान माकुने र प्रचण्डको हकमा ख्याल गज्जबले लागू भएको छैन । आउने स्थानीय निकायको निर्वाचनमा मात्र होइन कुनै पनि निर्वाचनमा एकसिट जित्ने ल्याकत नभएपछि दुवै यतिबेला वाल्वाटारे काजीलाई सरकार छाड्ने धम्की दिन थाल्या छन् । चुनावमा यिन्लाई गठबन्धन गरेर साथै लगिदिनुपर्ने रे । सरकार बनाउन पो काँग्रेसले गठबन्धन ग¥या हो त । चुनाव्मा सँगै जान गठबन्धन ग¥या हो र ? अरुले बुझाउन नसकेपनि नेपाली काँग्रेसका मिनेन्द्र रिजालले अस्तिका दिन राम्रैसँग बुझाइदिएछन् । चुनावमा सँगै जान माकुने र प्रचण्डसँग नेप्लिज लाँग्रेसले खिलित सम्झौता ग¥या छैन भन्देछन् । रिजालको जवाफ सुनेसी यतिबेला दुवैको ओठतालु सक्या छ । सुक्ने भयो नि एउटा वडासदस्ये जित्ने हैसियत दुवैको छैन । विचराहरुलाई ठूलै आपत्त आइलाग्यो ।
जता नि छिर्दिन्छन्
नेपाली जनताहरु राजनैतिक दलका नेताहरुको कहिलयै चित्त दुखाउँदैनन् । नेता जुनसुकै पाटीको होस् । हत्यारा होस्, बलात्कारी होस, भ्रष्ट होस्, व्यभिचारी होस नेपाली जनता बाल मतलब राख्ैनन् । जुनसुकै दलका नेता आउन गरग्वार्ती तिनको दलमा प्रवेश गरिदिन्छन् । अब हेरम न अस्तिका दिन धरानमा झालेमालेका महासचिव आए । उनी आएको थाहा पाएसी धरानका विभिन्न दलमा नाच्दै आएका ४६७ जना हाम फालेर महासचिवसँग टीका लगाउन पुगेछन् । भोलि अर्को दलका नेता आउँदा यिनीहरु फेरि त्यतै टीका ग्रहण गर्न पुग्छन् । जे होस धरान आएका जुनसुकै पार्टीका नेताहरुले खाली हात फर्कनु पर्दैन । प्रवेश गर्नेहरुको निधारमा ट्याँस ट्याँस टीका लगाएरै फर्किनुपर्छ ।
अन्तेमा
पर्धानमन्तरी शेरबहादुर काजीले आफ्नो थालमा परेका दुईवटा मन्त्रालयको चाबी चाँडै नै दुईजना भाग्मानीलाई सुम्पने भा’छन् । चाबी थुत्न जन्ताले पत्याएकाहरु भन्दा पनि अपाच्य अनुहारहरु यतिबेला लगौटी खोलेर दौडिएका छन् । बाल्वाटारे मुखिनीलाई सागसब्जी पु¥याएर भान्सासम्मै पहुँच बनाएका मिन विक, बाबुको नाम भँजाएर मालामाल बन्दै आएकी सुजो लगायतको दौडधूप यतिबेला हेर्न लायक छ । वडासदस्य सम्म जित्ने हैसियत नभएका यस्ता पात्रहरु सधै अवसरकै खोजीमा छिद्रहरु खोज्ने गर्छन् । कि कसो हौ ?
