साउन पहिलो सातादेखि शुरु भएको बोलबमका अवसरमा धरानको पिण्डेश्वरको मन्दिरमा भीड

धरान/शरीरमा पहोला  गेरुधारी वस्त्र । कााधमा कधावर, हातमा पवित्र कोशीको जल अनि मुखमा शिव अर्थात बोलबम ।
साउनको पहिलो हप्ता अर्थात ५ गते सोमबारदेखि धरानस्थित पिण्डेश्वर बाबाधाम परिषरमा बोलबम, हरहर महादेवको नारा गुन्जिन थालेको छ । तराई तथा भारतको विहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ्ग, तराइका झापा, मोरङ्ग, सुनसरी, सप्तरी लगायतका स्थानबाट खालीखुट्टा आउने युवा युवतीहरु, वृद्धवृद्धाहरु एवम् तिनका साथमा आएका बालबालिकाहरु सबै पहेलपुर कपडामा देखिन्छन् ।
बोलबम यात्रामा हिाडेका सबै जसोको छातीमा शिवको तस्विर लगाइएका उनीहरुको यो महिनाको सोमबारशिवलाई जल चढाउादा मनोकाांक्षा पूरा हुने विश्वास व्यक्त गर्दछन् । यस अभियानमा पहाडे मुलका भन्दा तराई मुलका बासिन्दाहरु बढी सक्रिय र सहभागिता देखिन्छ । पवित्र कौसिकी तथा सप्तकोशीबाट जल उठाएर पैदलै धरान १४ स्थित पिण्डेश्वर बाबाधाम आइपुग्दा केही पीडा भएपनि मनमा शान्ति हुने बोलबमहरुको कथन छ ।

तपाईको प्रतिक्रिया