जिउको उचाइ ६ फिट ३ इन्च, तौल १२७ किलो अनि वक्षस्थलको आकार ४४ डी डी । ६३ इन्चको हिप भएकी ३८ वर्षकी एमान्डा सोलले उस्तै परे सानोतिनो जिउका पुरुषलाई त किचेरै नै मादिर्न सक्छिन्् ।
तर भिमकाय जिउकी यी अमेरिकी मोडेलले आफ्नो त्यो जिउलाई पूरुष मार्न होइन पुरुष ग््राहकका इच्छा पूरा गरिदिन प्रयोग गरिरहेकी छिन् । इच्छा भन्ने बित्तिकै यौन इच्छा भन्ने अर्थ लगाउनुहोला नी । त्यस्तो होइन, उनले पुरुष ग्राहकका सँगै बस्ने, कुस्ती खेल्ने, जिउ थिच्ने तथा सँगै तस्वीर खिचाउने जस्ता इच्छा पूरा गरिदिन्छिन् र सोही गरेबापत रकम लिएर जिउ पाल्ने गरेकी छिन् ।
आफ्नो जिउलाई सत्कर्ममा लगाएको दाबी गर्ने एमान्डाका ट्विटरमा ६ हजार फलोअर छन् । उनले आफुलाई उचाइमा अमेजन, आकारमा बिबिडब्लु तथा प्रकृतिमा इश्वरसँग तुलना गर्छिन ।
आफुले लड्ने, थिचिने तथा खिचिने जस्ता पुरुष ग््राहकका इच्छा पूरा गरिदिने गरेको भएपनि अहिलेसम्म कुनैपनि पुरुष ग्राहकसँग यौन सम्पर्क भने नगरेको दाबी उनको छ ।
