बृद्धबृद्धामा हड्डी खिइने समस्या बढी

धरान । जति जति उमेर ढल्कदै जान्छ हाडको घनत्व कम भएर पातला हुने, हुलुका, कजजोर र सजिलै भाचिने समस्या दिनप्रतिदिन बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले यस सम्बन्धी जानकारी दिदै निःशुल्क उपचार समेत गर्न थालेको छ ।
अस्टियोपोरोसिस नाम दिएको यो समस्याबाट धेरै बुद्धबृद्धाहरु ग्रसित भए पनि यस समबन्धी जानकारी नहुदा दुखाइ सहेर बस्न बाध्य छन् । वृद्धाबृद्धाको यस्तो समस्याबाट उपचार र दैनिक खानपानबाट छुट्कारा पाइने भए पनि धेरैलाई यो ज्ञान नभएकै कारण सचेतनासंग निशुल्क उपचारको व्यवस्था गरेको हो ।


धरान ३ का ८९ बर्षीय भीमबहादुर शाक्यको घुडा दुखेको १० बर्ष भन्दा बढी भयो । घुडा कटकट खाने, हिडडुल गर्न नै मुस्किल पर्ने ती बृद्धा शाक्यलाई बृद्ध शरीरसंगै समस्या आएको उपचार कठिन छ भन्ने लागेको थियो । उहाले यस सम्बन्धी उपचार सुनसरी उद्योग वाणिज्य सघको प्रांगरणमा हुदैछ भन्ने सुनेपछि चेकजाच गराउन आउदा थाहा भयो यो समस्या होइन रोग रहेछ भन्ने कुरा । हड्डी कमजोरी हुने, पातलो, हुने समस्या भनको त ओस्टियोपोरासिस भन्ने रोग रहेछ सामान्य तया दुई बर्षसम्म चिकित्सकको निगरानीमा औषधी खाए समस्याबाट मुक्त हुने रहेछ भन्ने कुरा उहाले शिविरबाट थाहा पाउनुभयो । बर्षौदेखि समस्या भोगेर बस्नु भएका उहालाई अब भने आफू ठीक हुन्छ भन्ने विश्वास छ ।् उहाल यो शिविर आयोजना गर्नेलाई मुरी मुरी धन्यावाद समेत दिनुभयो ।
यो समस्याबाट शनिवार चेकजाचका लागि सुनसरी उद्योग वाणिज्य संघमा उपचारका लागि आउने भीमबहादुर शाक्य मात्र एक्ला थिएनन् । भीमबहादुर जस्तै सैयौ वृद्धवृद्धा यस्तै समस्याबाट पीडित थिए ।
६० बर्षका उमेरदेखि माथिका बृद्धाबृद्धालाई लक्षित गरी यो निःशुल्क उपचार थालिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ प्रा.डा. विक्रम श्रेष्ठले बताउनुभयो । प्रत्येक शुक्रबार यही हलमा सचेतना कार्यक्रम गर्दै आएको बताउदै यो समस्याबाट धेरै बृद्धबृद्धाहरु ग्रसित भएकोले पहिलो पटक निशुल्क शिविर आयोजना गरिएको बताउनुभयो ।
उहाँले यो रोग लागिसकेपछि कुनै लक्षण नदिखिने तर शरीरको हड्डी कमजोर हुदै जाँदा विशष गरी हातका नाडी, मरुदण्ड र कम्मर भाचिन प्रवल सम्भावना बढेर जाने बताउनुभयो ।
शिविरमा बृद्धाबृद्धाका हाडको घनत्व नाप्ने उपकरण पनि राखिएको छ । उनीहरुको हड्डीको घनत्व सही छ कि छैन भनेर चेकजाँच गरीसकेपछि उनीहरुलाई चाहिने औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
नियमित कसरत, जति उमेर बढदै जान्छ त्यतिनै मात्रामा क्यालसियम सेवन गर्ने, दूध, दहीको नियमित सेवन गर्ने, अत्याधिक चिया कफीको प्रयोग नगर्ने हो भने यो समस्याबाट छुट्कारा पाउन सकिने प्रा.डा. श्रष्ठको सुझाव छ ।बृद्धबृद्धाले उपचार नपाई समस्या भागेर बस्न नपरोस् भन्ने उद्देश्यले बीपीका चिकित्सक प्रा.डा. विक्रम श्रेष्ठसंग छलफल भएपश्चात शिविरको आयोजना गरिएकोे सुनसरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठले बताउनभयो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभाग, सुनसरी उद्योग वाणिज्य संघ कृति टेलिभिजनको संयुक्त आयोजनामा भएको शिविरमा २ सय ५३ जना बृद्धबृद्धाले स्वास्थ्य चेकजाच गराएका थिए । हेर्दा सामान्य तर जटिल प्रकारको रोग अस्टियोपोरोसिसका बारेमा धेरै ज्ञान नभएको र उपचार गर्दा ठीक हुन्छ भन्ने थाहा नभएकाहरुका लागि यो शिविर लाभदायिक सावित भएको छ । बृद्धाबृद्धा समाजमा गहना हुन् यस्ता खालका उपलब्धीमुलक कार्यक्रमहरु ल्याएर काम गर्न सके उनीहरुले आर्शीवाद प्रदान गर्ने त छँदैछ अज्ञानताकै कारण बृद्धाबृद्धाले अनावाश्यक दुखाइ सहेर बस्नपर्ने अवस्था आउने थिएन ।

तपाईको प्रतिक्रिया