टेन्ट व्यवसायी समाजद्वारा पहिलो पटक रक्तदान

धरान । धरानमा रहेका टेन्ट व्यवसायीहरुको संगठन टेन्ट व्यवसायी समाजले पहिलो पटक गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
धरानको छाताचौकमा गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको समाजका अध्यक्ष चंचल साहले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा भएको
रक्तदान कार्यक्रममा सहभागीहरुलाई समाजका अध्यक्ष साहले प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो ।


रक्तदान कार्यक्रममा संघीय सांसद जयकुमार राई, स्थानीय नेताहरु नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा, नेपाली काँग्रेसका नगर सभापति श्याम पोख्रेल, नगर प्रमुख तिलक राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन बब्लु साहले गरेका थिए भने सञ्चालन गौरव साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया