धरान÷ चीसा बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका विरामीका कुरुवालाई समस्या हुने गरेको छ ।
चिसो मौसमकै कारण रुगाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ ।
सप्तरीका रामविलास यादवले आफ्ना बाबुलाई पेटको समस्या भएपछि एक महिना अगाडि उपचारका ल्याएका थिए । उपचारकै क्रममा उनी १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनको अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघा खोकी लाग्ने र टाउको दुखेको उनी बताउूछन । उनी भन्छन्(‘लगातार चिसो भुईमा म्याटूेस ओछ्याए सुतेको १५ दिन भयो, अहिले त खोकी लाग्ने, टाउको दुख्ने हुन थाल्यो ।
आफन्त विरामीलाई कुर्नुपर्दा आफै विरामी परेको मेडिसिन वार्डकै विरामी कुरुवा तेन्जिङ शेर्पा बताउछन् । संखुवासभाबाट दाजु फोवुृृलाई हरनिया भएपछि शल्यक्रिका लागि आएका उनको हालत पनि रामविलासको जस्तै छ । उनी पनि करिब ७ दिनदेखि विरामी दाजुको रेखदेखमा छन् । उनी भन्छन्–‘मलाई अहिले चिसोकै कारण होला, पेट दुख्ने, झाडा पखाला लाग्ने समस्या भइसकेको छ । उनल चिसो भुईमा म्याटूेस ओछ्याएर सानो दरी ओढेर सुत्नुपर्ने अवस्था आएका कारण समस्या आएको उनी बताउछन् ।

यी दुई मात्र हैन प्रतिष्ठानमा आफन्त विरामीलाई उपचारमा लिएर आउने विरामी कुरुवाहरु चिसोकै कारण समस्यामा पर्ने गरेका छन् । प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकिल वार्ड, इनटी वार्ड, आखा वाड, हाडजोर्नी वार्ड लगायतका वार्डहरुमा कुरुवाको रुपमा रहेका विरामीका आफन्त चिसोका कारण विरामी पर्ने गरेका छन् ।
लाली गुरास नगरपालिका वडा नंं १ का दिपक पौडेलले विरामी लिएर आएका विरामीका कुरुवा लामो समयसम्म प्रतिष्ठानमा बस्नुपर्दा आफै विरामी हुनुपर्ने अवस्था आएको बताउछन् । उनले विरामीलाई मात्र हैन विरामीका कुरुवाका लागि व्यवस्थित बासस्थानको व्यवस्था प्रतिष्ठानले गर्नुृपर्ने उनीहरु बताउछन् ।
