फुटसलको लोकप्रियता बढ्दै

धरान÷ पछिल्लो समय युवा, बयस्क वर्गहरु फुटसल प्रतियोगिताप्रति आकर्षित बन्न थालेका छन् ।
शारीरिक, मानसिक रुपमा तन्दुरुत बनाउनुका साथै युवा पुस्तालाई सकारात्मक सोचतर्फ अभिवृद्धि गर्न फुटसलले सहयोग पु¥याउने भएकोले पनि यसमा सबै वर्ग आकर्षित बनेका हुन् ।
धरानमा बुढासुब्बा फुटसल, विग फुटसल र धरान फुटसल लगायत रहेका छन् । यी सबै फुटसलमा फुटसल खेल्नेको भीड लाग्ने गरेका छ । मैत्रीपूर्ण खेल खेल्नुपर्दा होस् या कुनै टुर्नामेन्ट गर्नुपरेमा धरानमा खुलेका फुटसल आकर्षकका केन्द्र विन्दु बनेका छन्


फुटबल प्रतियोगिताको सानो रुपको रुपमा लिने गरिएको फुटसलले सकारात्मक सोच अभिवृद्धिसंगै खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने धरान फुटबल क्लबका पूर्व खेलाडी सागर घिमिरे बताउछन् । उनी भन्छन्(‘थोरै ठाउमा खेल्न सकिने भएकोले पनि फुटसलमा युवा पुस्ता आकर्षित बनेका हुन् ।’
त्यसो त सेवा निवृत्त भएर बसेका पुस्ता समेत यसतर्फ आकर्षित हुने गरेका छन् । युवा पुस्तालाई व्यवसायिक बनाउदै सकारात्मक सोच प्रवाह गर्ने एकातिर रहेको छ भने अर्कातर्फ रिटायर्ड जीवन विताएकाहरुलाई समेत स्वस्थ जीवन विताउन सहयोग पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राई बताउछन् । उनी भन्छन्(‘युवा पुस्तामात्र हैन कुनै पनि कार्यालयमा काम गरेर रिटायर्ड भएकाहरुको समेत आकर्षक स्थल फुटसल बनेको छ, स्वस्थ्य रहन पनि फुटसल खेलले सहयोग पु¥याएकोले फुटसलमा आकर्षक बढेको हुनुपर्छ ।’
धरानमा बढ्दो दुव्र्यसनीलाई खेलकुदको माध्यमबाट न्यूनिकरण गर्न यस्ता फुटसलले सहयोग पु¥याउने युवा पुस्ताहरु बताउछन् । धरान १७ का विकास राईले कुलतमा फुसेर पुनस्र्थापित भएका युवाहरुलाई सकारात्मक सोच दिने काम फुटसलले गरेको बताए । उनले भने(‘खेलकुदको माध्यमबाट दुव्र्यसनी न्यूनिकरणमा ठूलो सहयोग पुगेको छ, यसमा फुटसलले सहयोग पु¥याएको छ ।’
धरानमा खुलेका यस्ता फुस्टल व्यवसायीहरु समेत सन्तुष्ट छन् । उनीहरुले समेत मनग्गे आम्दानीको स्रोत बनाएका छन् । दैनिक ५ देखि ६ टिम फुटसल खेल्न आउने गरेको विग फुटसलका सञ्चालक योगेन राई बताउछन । उनले भने(‘फुटबलले सर्वसाधारणलाई स्वास्थ्य रहन मद्दत मात्र गरेको छैन व्यवसायिक बन्न समेत फुटसलले ठूलो सहयोग पु¥याएको छ ।’
फुटबल प्रतियोगितामा एक टिमबाट ११ जना सहभागी भएपनि फुटसलमा भने एक टिममा ५ जनाको सहभागिता रहन्छ । बढ्दो सहरीकरणसंगै खुल्ला स्थान मासिदै गएपछि सानो ठाउमा समेत खेल्न सकिने फुटसलप्रति सबै वर्गका सर्वसाधारण आकर्षित भएको उनीहरुको बुझाई छ । यसैको कारण हुन सक्छ पछिल्लो समय फुटसल खोल्ने क्रममा पनि निरन्तर बढिरहेको छ ।

तपाईको प्रतिक्रिया