धरान/ ताप्जेलुङ्गका आगलागी पीडितलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सुनसरी र पिण्डेश्वर विद्या पीठको संयुक्त टोलीले संकलन
गरेको रकम आइतबार इलाका प्रशासन कार्यालय धरानमा हस्तान्तरण गरेका छन् ।
उनीहरुले धरानमा संकलन गरेको १३ हजार ८ सय ४४ रुपैया इलाका प्रशासनकार्यालयका उपसचिव सीताराम कार्कीमार्फत जिल्ला दैवीप्रकोप उद्धार समिति ताप्लेजुङ्गलाई पुग्ने गरी संकलित रकम बुझाएका हुन् । बुझाइएको रकम नेविसंघका उपाध्यक्ष प्रताप भट्राई र पिण्डेश्वर विद्या पीठका विद्यार्थी भाइकाजी दाहालको नेतृत्वमा संकलन गरिएको थियो ।
संकलित रकम बुझ्दै इलाका प्रशासन कार्यालयका उपसचिव कार्कीले अहिले जथाभावि रुपमा राहतको नाममा रकम संकलन गर्ने कामले प्रश्रय पाएकोमा विद्यार्थीहरुले प्रक्रिया पुर्याएर संकलित
रकम पीडित समक्ष पुर्याउने काम गरेको प्रति धन्यवाद दिनुभयो । ्ताप्लेजुङ्गमा केही दिन अगाडि आगलागी हुदा करौडै रुपैयाको धनजनको क्षति भएको थियो ।
