धरान/ब्राम्हण समाज नेपाल धरान नगर समितिको आयोजनामा बार्षिक रुपमा गरिदै आएको सामुहिक ब्रतबन्ध, गुन्युचोली लगायतका संस्कार यस बर्ष पनि धरान १४ विजयपुरको पिण्डेश्वर बाबाधाम परिषरमा गरिने भएको छ ।
यही चैत्र २३ गते सोमबार हुन लागिरहेको सामुहिक ब्रतबन्धको मुख्य उद्देश्य फजुल खर्च नगरौ, मितव्यायी बनौ, सामुहिक कार्यलाई प्रोत्साहन गरौ भन्ने रहेको समाजका नगर अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
सामुहिक संस्कारमा पूर्वका विभिन्न जिल्लाबाट सहभागी हुने नगरका सचिव कमलप्रसाद भट्टरार्यले जानकारी दिनुभयो ।
