ओलीको विज्ञप्तीले प्रचण्ड लगायत तनावमा

धरान÷पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा माओवादीले गरेका सशस्त्र द्वन्द्वका बेला भएको मानवता विरोधी घट्नामा कसैलाई पनि उन्मुक्ति र आम माफी दिन नसकिने बताएका छन् ।
अध्यक्ष ओलीले आइतबार वृहत शान्ति सम्झौता भएको १५ बर्ष पुगेको सन्दर्भमा एक प्रेस विज्ञप्ती प्रकाशित गरी मानव अधिकार ज्यातिका घट्नामा आम माफी दिन नसकिने प्रष्ट पारेका हुन् ।
जारी विज्ञप्तीमा ओलीले भनेका छन् संक्रमणकालीन न्यायका क्षेत्रमा बाँकी रहेका कामलाई सम्पन्न गर्ने उद्देश्यले हाम्रो नेतृत्वको सरकारले संक्रमणकालीन न्याय सम्बन्धी ऐनमा सर्वोच्च अदालतको आदेश अनुरुप संसोधन गर्न देशव्यापी परामर्श गर्नुका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगको कार्यकाल थप सहित पदाधिकारी बहाल गरी संरचनात्मक व्यवस्थापनका कामहरु गरेको पनि ओलीले स्मरण गरेका छन् । द्वन्द्वबाट पीडित भएका नागरिकहरुले भोग्नुपरेका पीडाको सम्बोधन गर्न हामीले सरकारमा रहँदा प्रयत्न ग¥यौ । द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरुको अनिच्छा र परस्पर विरोधी अडानका कारण धेरै विषयहरु चाहेर पनि सबोधन गर्न नसकेको विज्ञप्तीमा ओलीले जनाएका छन् । ओलीको विज्ञप्तीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, अग्नीप्रसाद सापकोटा, हिसिला यमी, पम्फा भुषाल लगायतका हाल तनावमा परेका छन् । विज्ञप्तीमा ओलीले भनेका छन् संविधानको मार्ग निर्देशन अनुरुप समृद्ध राष्ट्रको निर्माण गर्दै समाजवादतर्फको यात्रा अब हाम्रो साझा संवैधानिक दायित्व बनेको छ ।


नेकपा एमाले विगतको द्वन्द्वबाट समग्रमा शिक्षा लिँदै भविष्यमा फेरि द्वन्द्व नदोहोरिने सुनिश्चिताको लागि सत्य, परिपुरक र न्याय जस्ता संक्रणकालीन न्यायका सबै अवयवहरुको पूर्ण प्रत्याभूतिका लागि दृढसंकल्पित रहेको प्रष्ट पार्न चाहन्छु, ओलीले भनेका छन् ।

तपाईको प्रतिक्रिया