आन्दोलन, मुठभेडभन्दा सहमतिकै कुरामा जोड दिन जरुरी छ– अर्जुन नरसिंह केसी

अहिले हामी सिंगै युगको समाप्ती र नयाँ युगको प्रारम्भ ? संघीय लोकतान्त्रिक गणतन्त्र ? लाई संस्थागत गर्ने सामुहिक जिम्मेवारी र चुनौतीको कालखण्डमा उभिएका छौं । प्रक्रिया मात्र होइन, सहमतिलाई पनि साथसाथै लिएर जानुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता छ । इतिहासको एउटा चरण नै
परिवर्तनको प्रक्रियामा रहेकोले त्यतैतिर हामी उन्मुख हुनु पर्दछ ।
१२ बुँदे समझदारी शान्तियात्राको प्रस्थानविन्दु हो । त्यसको अन्तिम गन्तव्य भनेको शान्ति प्रक्रियाको तार्किक समाप्ती हो । त्यो भनेको संविधान निर्माण भएपछि मात्र हुने कुरा हो । त्यसैले एकातिर १२ बुँदे समझादरी, विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधानका प्रतिबद्धताहरुलाई र अर्कोतिर पछिल्लो संविधानसभा निर्वाचनको जनादेशलाई पनि सँगै राखेर सहमति खोज्ने प्रयास गरिनु पर्दछ ।
प्रतिपक्षले पनि आन्दोलन, मुठभेडभन्दा सहमतिकै कुरामा जोड दिन जरुरी छ । अहिलेका सत्तापक्ष र प्रतिपक्षसँगै अगाडि बढ्न सकेनौं भने हामी जातीय द्वन्द्वको भड्खालोमा जाकिन सक्छौं । तसर्थ, हाम्रो सहयात्रालाई
निरन्तर कायम राख्दै जानु पर्दछ ।
अहिलेको सबभन्दा जटील, चुनौतपूर्ण र जेलिएको विषय भनेको के हो भने १२५ वटा जातजाति भएको देश, १२३ वटा भाषभाषी बोलिने हाम्रो देशमा विविधताबीचमा एकता, विभिन्नताबीचमा अभिन्नताको संस्कृति बोकेर एउटा विशिष्ट पहिचान कायम गर्दै आएका नेपालीहरुको बीचमा ? जातीय राज्य ? बनाएर मुलुकलाई अर्को द्वन्द्वतर्फ धकेल्नु हुँदैन ।
जातीय दृष्ट्रिकोणले हेर्दा तमु क्षेत्रमा तमुहरु २२ प्रतिशत मात्रै छन्, काठमाडौंमा अर्थात् नेवा भनिने ठाउँमा नेवारहरु नै अल्पमतमा छन् । कुनै पनि जातिहरुको कुनै पनि ठाउँमा बहुमत नभएको मुलुकमा जातीय राज्य बनाउँदा मुलुक द्वन्द्वमा जाने देखिन्छ । त्यसैले प्रदेशको साझा नामांकरण गरौं अथवा प्रदेशलाई नै नामांकरण गर्न दिने गरी निष्कर्षमा पनि पुग्न सकिन्छ । एक दुईवटा प्रदेश थपघट भनेको कुरा ठूलो हुँदैन ।
संविधानका अन्तर्वस्तुका धेरै विषयहरुमा सहमति बनिसकेको छ । लोकतान्त्रिक मूल्य र मान्यताप्रति एमाओवादीले स्वीकार गरिसकेको छ । स्वतन्त्र न्यायपालिकाको विषयमा संवैधानिक अदालतको कुरा आएको छ, ती दुवैमा डुप्लिकेशन नहोस् भन्ने मात्र हाम्रो भनाइ हो । बाँकी विवादित विषयहरुमा सहमति खोज्नमा सत्तापक्ष बढी जिम्मेवार देखिनुपर्दछ ।
प्रतिपक्षले पनि आन्दोलन, मुठभेडभन्दा सहमतिकै कुरामा जोड दिन जरुरी छ । अहिलेका सत्तापक्ष र प्रतिपक्षसँगै अगाडि बढ्न सकेनौं भने हामी जातीय द्वन्द्वको भड्खालोमा जाकिन सक्छौं । तसर्थ, हाम्रो सहयात्रालाई निरन्तर कायम राख्दै जानु पर्दछ ।
सहमति र प्रक्रियाको संयोजन
प्रक्रियाको कुरालाई थाँती राखेर वार्ता र संवादमार्फत् सहमतिमा जोड दिनुपर्दछ । सकारात्मक पक्षहरुलाई खोतल्दै त्यसलाई नै प्रक्रियाभित्र संयोजन गरेर कसरी लैजाने भन्ने विषयमा सहमतिपूणर्णनकास निकाल्नु पर्दछ । त्यसका लागि इमान्दारितापूर्वक प्रयास सबैले गरौं, गर्नुपर्दछ भन्ने मेरो विनम्रतापूर्वक आग्रह छ ।

तपाईको प्रतिक्रिया