इटहरी/ पााचदिन अघि सुनसरीको इटहरीमा मृत भेटिएका उदयपुरका पत्रकार रामप्रसाद भट्टराई सचिनको हत्या वा दुर्घटना जे भएपनिजति सक्दो चाडो सत्यतथ्य सार्वजनिक गर्नुपर्ने पूर्वका
पत्रकारहरुले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघको ६० औं स्थापनादिवस मनाउने क्रममा जिल्लाशाखा सुनसरीले सोमबार इटहरीमा गरेको प्रभात फेरी कार्यक्रम पछि आयोजित कोणसभामा बोल्दै पत्रकारहरुले घटनाको सत्यतथ्यबाहिर ल्याउन माग गरेका हुन ।
इटहरी उपमहानगरपालिकाबाट इटहरी चौकको परिक्रमा गरी इलाका प्रहरी कार्यालय इटहरीमा धर्नामा
रुपान्तरण भएको प्रभात फेरीमा बोल्दै नेपालपत्रकार महासंघ पूर्वाञ्चल संयोजक गणेश पोखरेलले सचिनको हत्या नै भएको हुनसक्ने भन्दै हत्या वा दुर्घटना जे भएपनि घटनाका दोषी प्रहरीले चाडो भन्दा चाडो पक्राउ गरी कार्बाही गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेपालपत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले पत्रकारसाग निकै नजिक रहेका इटहरीका डिएसपी बिनोद शर्मा रहेको ठाउामा घटना भएकाले चाडै दोषी पक्राउ पर्ने अपेक्षा व्यक्त गर्नुभयो । यता इलाकाप्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी विनोद शर्माले घटनाको विषयमा अनुसन्धानजिकै नजिकपुगिसकेको भन्दै चााडै सत्य बाहिर आउने बताउनुभयो ।
उहाले आफूले दैलेखको पत्रकारका अभियुक्त पक्राउ गर्न निकै मेहनत गरेको भन्दै इटहरीमा भएको घटनाका संलग्नहरुलाई पनि केही दिनभित्रै पक्राउगर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
कार्यक्रममा बोल्ने अधिकाास पत्रकारहरुले स्थापनाको लामो सयम वितिसक्दा पनि पत्रकारहरुले सुरक्षाको लागि आवाज उठाउनु दु:खद् स्थिति भन्दै सरकार यो विषयमा सकरात्मक हुनआवश्यक
रहनुपर्ने बताएक ाथिए ।
इटहरी उपमहानगरपालिका अन्र्तगतको आापगाछि सडक खण्डमा अपरिचित व्यक्ति सडकमा मृत अवस्थामा फेला परेको थियो । टाउको फुटेर रगत बगेको अवस्थामा विच सडकमा शव फेला
परेको थियो । दुई पछि मात्र मृत फेला परेका व्यक्ति उदयपुरका स्थानिय पत्रकार रामप्रसाद भट्टराई सचिन रहेको पुष्टि भएको थियो । उदयपुरका पत्रकारहरुको टोलीले उनको पहिचान गरेको थियो ।
पत्रकार सचिनको हत्या वा दुर्घटना के भएको भन्ने विषयमा छानविन गर्न पत्रकार महासंघ पूर्वाञ्चल संयोजक गणेश पोख्रेल नेतृत्वको छानविन टोलीपनि गठन गरी छानविन सुरु गरेको छ ।
त्र
