धरान÷ दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट अस्पतालको रुपमा परिचित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा विरामीका लागि चाहिने अत्यावश्यक उपकरण नहुदा उपचारमा आएका विरामीहरुले हैरानी व्यहोर्नु परेको छ ।

प्रतिष्ठानको उपचार पद्धतिका लागि समय समयमा त्यहा आन्दोलन हुने गर्छन्, पदाधिकारीहरुले चाडै समस्या समाधान गर्ने भन्ने आश्वासन दिन्छन् समस्या समाधानतर्फ चासो नदिँदा उपचारमा गएका विरामीले हेरानी खेप्नु परेको हो ।
धकुटाका उत्तम भट्टराईले एमआरआई गर्न बीपी जाँदा एमआरआई विग्रिएकाल बाहिर गराएर ल्याए । प्रतिष्ठानमा ८ हजारमा हुने एमआरआई विराटनगरमा गएर साढे १२ हजारमा गराउनुभयो । श्रीमतिको टाउकोको एमआरआई रिपोर्ट ल्याउन उहालाई ५ दिन पर्खनुप¥यो उहाले प्रतिष्ठानमा चाहिने उपकरण विग्रिएको र भएका उपकरणबाट समेत समयमै का मगर्न नसकेकोले आफू जस्ता धेरैले दुःख पाएको गुनासो पोख्नुभयो ।
यस्तै समस्या धरान १४ का इन्द्रबहादुर श्रेष्ठले समेत भोग्नुप¥यो । उहाको जहानको टाउकोका एमआरआई गर्न चिकित्किसकले भने पनि प्रतिष्ठानमा एमआरआई मेसिन बिग्रिएर थन्किएपछि उहाले समेत विराटनगरबाटै एमआरआई गरेर चिकित्सकलाई देखाउनुभयो । यत्रो ठूलो अस्पतालमा समेत अत्यावश्यक उपकरण नहुनु विडम्बना भएको उहाँले बताउनुभयो ।
गत वैसाखमा एमआरआई, सिटिस्क्यान, भिडिया एक्सरेका विषयमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसँग नागरिक समाज लगायत सबैले कुरा उठाउँदा एक महिनाभित्र यो समस्या समाधान गर्ने भनिए अहिलसम्म विरामीको उपचारका लागि चाहिने अत्यावश्यक उपकरण चुस्त दुरुस्त राख्न सकिएको छैन ।
धरान १७ का गोपीधन राईल लामो समयदेखि एमआरआई विग्रिएर थन्किएको भएपनि यसतर्फ प्रतिष्ठानका जिम्मेबार पदाधिकारीहरु गम्भीर नभएको आरोप लगाउनुभयो । एमआरआई जस्तो अत्यावश्यक सामाग्री विग्रिदा उपचारमा आएका विरामीहरु विराटनगरसम्म पुगेर महंगो शुल्कमा गराएर ल्याउनुपर्ने बाध्यता भएका बताउनुभयो ।
चुम्बबकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुने चिकित्सहरु बताउछन् । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने चिकित्सकहरु बताउछन् । त्यतिमात्र हैन मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । उपचारमा चाहिने यस्तो अत्यावश्यक उपकरणका विषयमा समेत प्रतिष्ठान गम्भीर नबन्नु आश्चर्यको कुरा हो । यस विषयमा प्रतिष्ठानका जिम्मेवार पदाधिकारी कोही पनि बोल्न चाहँदैनन् । बोल्न नचाहनुको प्रमुख कारण उपकरण मर्मत तथा खरिदमा समेत चरम भ्रष्टाचार हुने गरेको चर्चा समय समयमा आउने गर्छ । सम्बन्धित निकाय अख्तियारले पनि यसतर्फ छानविन गरेर कार्वाही गर्नुपर्ने आवश्यकता देखिएको छ ।
