केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भण्डारी प्रत्यासी

धरान÷नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभएका विश्वराज भण्डारी प्रत्यासी बन्नु भएको छ ।
खस आर्य तर्फको कोटाबाट केन्द्रीय महाधिवेशनको प्रतिनिधिमा प्रत्यासी बन्नु भएका भण्डारी वि.सं. २०२७ सादेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । पञ्चायत कालका कठिन दिनहरुमा उहाँले गर्नुभएको योगदान उल्लेखनीय रहेको छ । प्रजातन्त्रको आन्दोलनमा होमिदा विजयकुमार गच्छदारसँगै झण्डै तीन बर्ष जेल जीवन विताउनु भएका, आधा दर्जनभन्दा बढी राजकाजका मुद्दा व्यहोर्नु भएका भण्डारीले विगतमा क्षेत्रीय उपसभापति लगायतको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।


आफ्नो उमेद्वारी पार्टीमा सुद्धिकरणका लागि भएको भन्दै भण्डारीले यस भन्दा अगाडि निर्वाचित सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो योगदानको मुल्यांकन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो समय भण्डारी परिवर्तनशील समाजको अध्यक्षको हैसियतले धरानको संगठन विस्तारमा क्रियाशिल मात्र रहनु भएको छैन धरान उपमहानगरपालिका वडा न. १३ र २० को संगम स्थलमा नेपाली काँगेसका संस्थापक एवम् श्रद्धेय नेता बीपी कोइरालाको पूर्ण कदको शालिक निर्माण कार्यको संयोजक भई आर्थिक, भौतिक, सामाजिक र राजनीतिक रुपमा संयोजन गरी कार्य सम्पन्न गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया