छैठ पर्वको तयारी तीब्र

धरान÷धरानमा छैठ पर्वको तयारीमा सर्वसाधारण जुटेका छन् । छैठ समिति नै गठन गरेर धरानको सेउती तथा सर्दु खोलामा छैठ पर्व मनाउन थालिएको छ ।
विगतमा तराईबासीलेमात्र धुमधामका साथ मनाउदै आएको छैठ पर्व अहिले पहाडी समुदायभित्र रहेका हरेक जातजातिले छैठ पर्व मनाउन थालेका छन् ।


यसै अनुरुप सर्वसाधारण छैठ पूजाको तयारीमा लागिसकेका छन् भने समितिहरु सेउती र सर्दुको सजावटमा व्यस्त हुन थालेका छन् । विगतमा दुई चार जना मधेशी समुदाय सेउती तथा सर्दु खोलामा गएर छैठ पर्व मनाउने गर्दथे । अहिले यो पर्व सबैको पर्व बन्न थालेपछि छैठपर्वलाई भव्यताका साथ सम्पन्न समिति नै बन्न थालेका हुन् । समग्रमा भन्नु पर्दा छैठ पर्वले धार्मिक तथा सामाजिक सद्भावलाई प्रगाढ बनाएकोे छ ।
अराध्यदेव सूर्यको उपसना गरी बनाउने छैठ पर्व यस बर्ष बुधबार अस्ताउदो सूर्यलाई र विहीबार उदाउँदो सूर्यलाई अर्घ दिई मनाइदैछ ।
जति जति समावेशी पर्व बन्दै गयो त्यति त्यति छठ पर्वको महिमा प्रत्येक बर्ष चुलिदै गएको छ । गत बर्ष कोरोना महामारीका कारण छैठ पर्व मनाउन नपाएका सर्वसाधारण यस बर्ष धरानमा छैठ पर्व मनाउनेको संख्यामा बृद्धि हुने देखिएको छ ।
यसरी सबै चाडपर्व साझा पर्व बन्दै आपसी सद्भाव बढेसंगै स्थानीय सरकारले समेत चासो दिन थालेको छ । यो पर्वले तराई, मधेश र पहाडमा बसोबास गर्ने सर्वसधारणलाई नजिक ल्याएको छ । नेपालका हरेक चाडपर्व राष्ट्रिय रुपमा मान्यता पाउदै जानु सकारात्मक पक्ष हो । विविधताबीच एकताको सन्देश प्रवाह भएको महसुस सबैमा भएको छ ।

तपाईको प्रतिक्रिया