‘बाँदरले लगाएको खेति सबै सखाप बनाइदिन्छ’

धरान÷ कृषकले बल्लतल्ल लगाएको बाली कृषकले राम्ररी उब्जनी गर्न पाएनन् भने कृषकले कस्तो अनुभव गर्छ त्यो सहजै अनुमान गर्न सकिन्छ । यस्तै हुने गरेको धरान उपमहानगपालिका वडा नं ६ पानबारीको सीमा क्षेत्रमा पर्ने केराबारी गाउँपालिका वडा नं ५ का देवीटारका किसानहरुलाई । लगाएको बाली बादरले राम्ररी खान नदिएपछि उनीहरु बसाई सराई गर्ने अवस्थामा पुगिसकेका छन्
बादरल लगाएका अन्नबाली बाँदरले उब्जनी नभई उखेलेृर फालिदिने, खाइदिने लगायतका समस्या गर्न थालेपछि स्थानीय हैरान भएर बसाई सराइ गर्ने सोचमा पुगेका हुन् ।


खोटाङ घर भएका प्रेम बस्नेत तराइको सुगम जिल्लामा परिवारलाई सुखका साथ लालनपालन गर्ने उद्देश्यले पुख्यौली घर बेचबिखन गरेर केराबारी गाउपालिका वडा नें.५ देवीटारमा परिवारसहित बसाई सर्नुभयो । तराईमा थोरै परिश्रममा धेरै उब्जनी गर्ने अभिलाषा बोकेर २०५० सालमा बसाई सर्नु भएका उहालाइ देवीटारमा आएर बसोबास गरेर खेति गर्न थालेपछि भने पहाडजस्तो सहज रुपमा आम्दानी नहुदा छाँगाबाट खसेजस्तो भयो । पहाडभन्दा धेरै आम्दानी भएपनि उब्जनी भएको फसल राम्ररी खान नपाउने अवस्था आयो यसको प्रमुख कारण गाउँ नजिकै रहेकोजंगबालबाट हुलकाहुल बाँदर आएर लगाएको बाली नाली नष्ट गरेको बस्नेत बताउनुहुन्छ ।
यस्तै भनाई सोही स्थानका पदम विश्वकर्माको छ । उहाले पनि लगाएको बाली कहिल्यै राम्रोसँग प्रयोग गर्न नपाएको गुनासो पोख्नुभयो । उहाले मकै, कोदो तथा हरियो सागसब्जी रोप्दा बाँदरले केही खाइदिने मात्र हैन लगाएको बाली उखेलेर फालिदिने बताउनुभयो । उहाले बादरका कारण गाउँबाटै विस्थापित हुने अवस्था आएको बताउनुभयो ।
यस विष्यामा त्यहा जनप्रतिनिधिहरुले समेत केही गर्न सकेका छैनन् । जनप्रतिनिधिको हैसियतले केराबारी् गाउँपालिका वडा नं. ५ की सीतामाया विकले गाउपालिकाको कार्यपालिकामा पटक पटक कुरा
राख्नुभयो तर वैठकमा सहभागी जनप्रतिनिधिहरुले यस विषयमा केही गर्न नसकेको गुनासो पोख्नुभयो ।
बादरले अन्य बालीमा क्षति पु¥याउनै कारण उनीहरुको एक मात्र खेति तिहारमा फूल उत्पादन गरेर बर्षभरि पु¥याउनुपर्ने बाध्यता छ । त्यहाँ रहेका करिब २५ घर परिवार बादरकै कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । तर बाँदर व्यवस्थापनको विषयमा स्थानीय, प्रदेश र संघीय सरकारले चासो नदिएको स्थानीय कृषकहरुको गुनासो छ ।

 

तपाईको प्रतिक्रिया