फोहोर प्रसोधन केन्द्र निर्माणमा ढिलाई

धरान÷ खोलाको बगर, जंगलमाफोहोर फाल्दै आएको धरानले फोहोर व्यवस्थापनगर्दै फोहोरबाट उर्जा उत्पादनगर्ने भएको छ । निजी कम्पनीसंगको साझेदारीमा फोहोरबाट ग्यास उत्पादनगरि पाईप लाईनबाट ग्यास वितरण गर्ने धरान उपमहानगरपालिकाले योजना अघि सारेको छ । तर अझै पनि निर्माण सम्पन्न भने हुन सकेको छैन


ठुला शहरहरुमा फोहोर व्यवस्थापन चुनौतीपुर्ण रहेको छ । खोलाको बगर, जंगलमा फोहोर व्यवस्थापन गर्दा पर्यावरणमै समस्या उत्पन्न भईरहेको छ । यसैबीच धरान उपमहानगरपालिकामा फोहोर व्यवस्थापन गर्दै फोहोरबाट उर्जा उत्पादनगर्न भौतिक संरचना निर्माण भइरहेको छ । विभिन्न प्रकारका ६ वटा प्लान्ट रहनेछ । प्रशोधन केन्द्रको क्षमता फोहोरबाट दैनिक ५० मेट्रिक टन उर्जा निकाल्ने क्षमता भएको भेञ्चर वेष्ट इनर्जीका सुपरभाइजर कोषराजदाहाल बताउनुहुन्छ । उहाले कोरोना भाइरस संक्रमणका कारण समयमै निर्माण गर्न नसकेको बताउनुभयो ।
धरान उपमहानगरपालिकाले फोहोरमैलालाई व्यवस्थापन गर्न र त्यसबाट उर्जा उत्पादनगर्न भेञ्चर वेस्ट टु इनर्जी प्रालिसँग सम्झौताभएको थियो । करिब डेढ महिनामानिर्माण सम्पन्न गरी फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएको थियो । दातृ निकायसँगको सहयोगमा धरान ६ स्थित पानवारीमापाइपलाईनबाटै ग्यास वितरण गर्ने योजना धरान उपमहागनरपालिकाले बनाए कोरोना संक्रमण लगायत विविध कारणले समयमै निर्माण सम्पन्न गर्न नसकिएको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।
प्रालिको कुल २० करोडको लगानीमा प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । व्यवसायिक रुपमाग्याँस उत्पादनगर्न थालेपछि कम्पनीले करोबारको १ प्रतिशत आम्दानी उपमहानगरलाई पनि बुझाउने सम्झौता भएको छ । कम्पनीले पानवारीमा १ बिघा २ कट्ठाजमिन खरीद गरेर त्यही संरचनाहरु तयार गर्दैछ । ग्यास उत्पादनबाट पानवारीबासीलाई रोजगारीका साथै ग्यास उपभोगमा समेत सहज बनाउने अपेक्षा गरिएको ६ नं. वडाध्यक्ष भुवनसिंह बस्नेत बताउनुहुन्छ । धरान उपमहानगरपालिका क्षेत्र भित्र दैनिक निस्कने ३५ टन भन्दा बढी फोहोरलाई व्यवस्थापन गर्न जटिल समस्याबन्दै गएको बेलाफोहोरलाई मोहरमा परिणत गर्दै धरानको आयस्रोतमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

 

तपाईको प्रतिक्रिया