घण्टाघरबाट हेर्दा

बाल मतलब
हाम्रा पर्धानमन्तरी सुशिल दा’लाई सबैले घरवार छैन, स्वास्नी छोराछोरी छैनन् । कसैलाई खिलाउनु, पिलाउनु पर्दैन । असाध्यै सादगी छन् भनेर सोच्या थे । तर बूढा त बढो चतुर निस्किए । बूढाले यतिबेला त्यस्तो सोच्नेलाई जिब्रो टोक्ने बनाइद्या छन् । सिधा औालाले मात्र बूढा खाादैनन् रैछन् । बाागो औाला त बूढाको भयंकर चल्दो रै’छ अब हेरौ न मेडिकल माफियाहरुसाग बुढाले यतिबेला आफ्नो घााटी क्यापै जोडेका छन् । पहिला मेडिकल माफियाहरुलाई कुनै पनि हालतमा सम्बन्धन दिनुहुादैन भन्ने बूढा यतिबेला सम्बन्धन दिन हतार गरिरा’छन् । त्यो डा. गोविन्द केसी नभाभे बूढाले अस्ति नै सुइक्याइ सक्थे । यसो आधा सय करोडको जोहो गर्न बूढाले आइडिया त ला’हुन् नि । तर के गर्नु त्यो गाविन्द केसीले छेकेर हैरान लगायो बूढालाई । त्यसैले अस्तिका दिन बाल्वाटाराा बूढाले प्याच्च भनिहाले त्यो केसी मरे मरोस आफूलाई वाल मतलव । कम्ता छुपेरुस्तम निस्किएनन् बूढा ?
साखुल्ले बाउराम
एमाओवादीका मुरख विद्वान बाउराम बाजे आध्यारोमा तीर हान्न कम्ता खप्पिस छैनन् । प्रचण्डाउले यदाकदा जोर पाउले लघार पनि नयाा शक्ति गठन गर्न नसकेर
एमाउवादीमै लैवरी गर्दे बस्या
बाउरामले अस्तिका दिन डा. गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाएछन् । केसीको अनसनमा आफ्नो पूर्ण समर्थन छ भनेर लेखेर हिडेछन् । कहीा कहीा त बठ्याई गर्छन् बाजे । माछो देखे दुलोभित्र हात अनि सर्प देखे दुलाबाहिर हात बनाउन खप्पिस बाजेले किन समर्थन जनाएका होलान् ? आफूलाई फाइदो नहुने
कुरामा त उनी ज्यान गए हात हाल्दैनन् । हिजो कृष्ण प्रसाद अधिकारी अनसनमा बस्दा बस्दै सिद्धिए । तर बाउरामले ज्यान गए पनि समर्थन जनाएनन् । उल्टै अधिकारीलाई हस्पिटलमै गएर थर्काए । अब अहिलेचाहिा केसीको अनसनमा समर्थन जनाएका छन् । कम्ता साखुल्ले छैनन् बाउराम ।
फोहोर सफा
नेपालमा मुख्य सचिव लिलामणि पौड्याल फोहोर सफा गर्न साह्रै रुची राख्छन् । कहिले काठमाण्डौमा दङदंग्ती गन्हाउने थुप्रिएको फोहोर उठाउन भन्छन् । कहिले बागमतिका फोहोर सफा गर्न दर्गुछन् । अस्तिका दिन पौड्यालले मेडिकल क्षेत्रमा पनि
फोहोरै फोहोर देखेछन् , त्यसैले उनी बागमति सफा गरिसकेसी’ दुगर्दै गएर अनसनमा बसेका डा. गोविन्द केसीकोमा पुगेर भनेछन् म बागमति सफा गर्छु तपाई मेडिकल क्षेत्रको फोहोर सफा गर्नुस् । गणतन्त्र अएसी राजनैतिक दलहरुले फहोरैमात्र गर्न जान्या छन् । जता गयो फोहोरै मात्र छ । सरकारी कार्यालयमा पस्यो नाकै फुट्ला जस्तो गन्हाउाछ, मन्त्रालयतिर छिर्‍यो ह्वास्सै आउाछ, मन्त्रिका क्वार्टतिर हान्नियो नाकै बन्द हुन्छ । स्थानीय निकायमा छिर्‍यौ झन उत्पात छ । बाहिरी हेर्दा सुकिला देखिएकाहरु पनि खाली फोहोर पार्ने मात्र गफ गर्छन् । हरे भगवान कहिले सफा होला नि फोहोर ?
झण्डै बजाए
शान्ति मन्त्री नरहरि आचार्यलाई अस्तिका दिन धरानमा तीस दलीय मोर्चाले झण्डै बजाए । शान्ति मन्त्रीको यस्तो हालत छ भने अरुको के होला ? बडो फाइफुइा गर्दै धरानमा शान्ति सम्मेलनको उद्घाटन गर्न आउनु पर्‍या ? धन्न प्रहरीले हाते साङलो बनाएर आचार्यलाई कोठाभित्र हुले । अब त यो देशाा मन्त्रीहरु नै
असुरक्षित भाछन् । पुलिस नहुने हो भने यिन्ले दिनैपिच्छे लवेटा पाउाछन् । आफै सुरक्षित नहुनेले फुइयााको शान्ति मन्त्री हुनु ? आची गर्नेलाई भन्दा देख्नेलाई लाज । यिन्का माने मन्त्रीका अनुहार देख्दा ३० दलीय मोर्चाको कन्सिरी रनक्क तातेर आउादो रै’छ । विचरा पुलिसहरुलाई मन्त्री जोगाउनै गाह्रो । त्यसैले क्षेत्रीय प्रशासकहरुले भन्देछन्, मन्त्रीका कुनै पनि कार्जेक्रम जिल्लातिर नराख्नु र मन्त्री पनि जिल्लातिर नआइदिनु ।
नेताहरुको भागदौड
यतिबेला कााग्रेसका कोदे नेताहरुको दौडादौड मच्चिएको छ । अरुबेला राजधानीबाट बाहिर जानुपर्दा बाबुको किरिया गर्नुपरेजस्तो ठान्ने नेताहरु यतिबेला बुर्कुसी मारेर जिल्लातिर दौड्न थाल्या छन् । पहिला गतिला कार्जेक्रममा नेताहरुलाई बोलाउादा आउादैनन् थिएन । हिजो आज झिनामसिना, ल्याङ्गÏयाङ्गे कार्जेक्रममा समेत हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्छन् । अब हेरौा न पााचथरमा मात्र एक महिनामा १२ जना भन्दा बढी नेताहरु पुगिसकेछन् । १३ औं महाधिवेशन आउन लागेकाले कार्जेकर्तासाग भोट माग्न त्यसरी जिल्ला दौडाहामा नेताहरु हिड्या
रै’छन् । पााचथरमा पुग्ने गनगने थापादेखि सुजु मेमसम्मले १३ अ‍ौं महाधिवेशनमा आफूलाई भोट दिन भनेछन् । भोट नपाए शिव भइने त्रासले पो नेताहरु जिल्ल्लातिर दौडिएका
रै’छन् , नत्र उही हो ।
घिच्न नपाउँदा तोडफोड
राजनैतिक दलका नेता र सभासद घिच्नकै लागि जन्मेका हुन् कि जस्तो भएको छ यतिबेला । अब हेरौा न पार्साका झालेमाले सभासद
राजकुमार गुप्ताले आफ्ना नन्दीभृंगी भूत पिसाच लगाएर अस्तिका दिन पर्साको कृषि विकास कार्यालय तोडफोड गराएछन् । संविधान बनाउन गएका नै असंवैधानिक काममा संलग्न भएसी’घण्टाको संविधान बन्छ । जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित तरकारी उत्पादन कार्यक्रम अन्तरगत ६० हजार रुपैयाा अनुदान दिने गर्छ । तर सो रकम आउनेमा आÏना कार्जेकर्ता थोरै भए भन्दै कार्यालय नै तोडफोड गर्न लाइदेछन् । तर सो रकम पाउनेमा आफ्ना कार्जेकर्ता थोरै भए भन्दै कार्यालय नै तोडफोड गर्न लाइदेछन् । अरुले तोडफोड गरेको भए यतिन्जेल प्रहरीले पिाधमा कति डन्डा बर्साइा सक्थ्यो । अब सभासद परेकाले कस्ले बजाउने ? कि कसो हौ ?
कृष्णेको किस्सा
ताइन तुईको गफ गरेर नथाक्ने नेप्लिज कााग्रेसका तनुवा महामन्त्री झापाली कुमाई कृष्णे सिर्टौलाले भन्या सविधान जारी नभए सम्म यही
सरकार रहन्छ रे । हैन हौ माकाफुई जस्तो गफ गरेर हुन्छ ? हैन हौ यी सिटौला भन्या सरकार टिकाउने र गिराउने ठेकेदार हुन् कि क्या हो हा ? यो देशाा बीसौ बर्ष संविधान लेखिएला जस्तो छैन । हुन त संविधान लेख्न सभासद गएकै हैनन् । कताबाट माल झार्न सकिन्छ भन्ने ध्याउन्नमै सबै दोडिएका छन् । संविधान नलेखिनुज्यालसम्मलाई भनेर टीको लगाएर मन्त्री भा’का हैनन् होला ? तनुवा महामन्त्रीको चुरीफुरी देख्दा घण्टाघरलाई हिजोआज उदेक लाग्न थाल्या छ । कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाउन थालेपछि कस्को के लाग्छ र ?
सरकारमा बस्नेहरुलाई सरकारका आयु थाहा छैन यिन्लाई चाहिा
कसरी थाहा भयो हा ?
अन्तेमा
संसामा कम्युनिस्टहरुले सिध्यााछ भन्थे हो रै’छ कि क्या हो ? एमाउवादीका अध्यक्षे प्रचण्डाउलाई सिध्याउन प्रभु शाहले पनि योजना बनाएको कुरा बाहिर आ’छ । त्यै पार्टीका दुई केन्द्रीय सदस्य अशोक जयसवाल र सत्यनारायण भगतले वीरगञ्जमा पत्रकार सम्मेलन नै नगरी कुरा चुहाइदिए । हावा नचली पात हल्लदैन । केही दिन देखि प्रचण्डाउ आफैले आफू सुरक्षित छुइन मेरो हत्या गर्ने योजना बनेको मैले सुनेको छु भन्दै आएका थिए । सरकारले उनको अग्रहमा थप
सुरक्षाकर्मी द्याथ्यो । वैरी खोज्न टाढा जानुपर्दैन भन्थे हो रै’छ । प्रचण्डाउलाई सबै कुरा थाहा हुादाहुादै साहमाथि कारबाही गर्न सकिराथेनन् । बाउरामका हनुमान साहलाई कारबाही गर्दा फेरि पार्टी फुट्ने भएकोले उनी फलाक्दैमात्र आ’थे । अहिले भने कुराको चुरो बाहिर आयो ।

तपाईको प्रतिक्रिया