भारतको नयाँदिल्लीमा आयोजना गरिएको एउटा ‘फेसन शो’ मा नेपालमा पूजा गरिने देवीलाई प्रेरणा मानेर कलेक्सन तयार पारिएको छ ।
फेशन डिजाइनर समन्त चौहानले पेस गरेको फेसन कलेक्सनमा नेपालमा पुजा गरिने १३ देवीलाई प्रेरणा मानेर तयार पारिएका कलेक्सनहरु प्रस्तुत गरिएको थियो । उक्त फेसन कलेक्सनमा देवीहरुको पूजा गर्ने परम्परालाई प्रस्तुत गरिएको छ ।
पछिल्लो सात सिजनसम्म
राजपुताना कलेक्सन प्रस्तुत गरेका चौहानले यस पटक नेपालमा पूजा
गरिने देवीबाट प्रेरित भएर कलेक्सन तयार पारेको बताएका छन् । फेसन शो को सुरुवातमा नेपालको सुन्दरतालाई स्क्रिनमा देखाएर सुरु गरिएको र्यापमा एउटी सानी बच्चीलाई देवीलाई जस्तै बनाएर प्रस्तुत गरिएको थियो ।
यसमा देवीका विभिन्न १६ रुपहरु प्रस्तुत गरिएको छ । जसअन्तर्गत सन्ध्या, सरस्वती, त्रिधामूति, र्कालका, सुभागा, उमा, मालिनी, कुब्जिका, कालसर्नभा, अपराजिता, रुद्राणी, भैरवी, महालक्ष्मी, पिथानायिका क्षेत्रग्या र अम्बिका
रहेका छन् ।
