भारतीय प्रम मोदीद्वारा कुशीनगर विमान स्थल उद्घाटन : लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने आशा

एजेन्सी (उतर प्रदेश)÷नेपालको
भैरहवाबाट दुई सय किमीको दूरीमा रहेको भारतको उत्तर प्रदेशको कुशी नगर जिल्लास्थित निर्माण सम्पन्न भएको कुशीनगर अन्तर्राष्ट्रिय विमान स्थलको गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको छ ।
बौद्ध धर्मालम्बीहरु आकर्षित गर्ने उद्देश्यले नेपालले आठ बर्ष अगाडि अर्थात २०७१ साल माघ १ गते भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको शिलान्यास गर्दा कुशीनगरमा विमान स्थल बन्ने चर्चा पनि थिएन । दुई बर्षभित्रैमा भारतले कुशी नगरमा अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सम्पन्न गरेको छ भने नेपालले चार बर्ष अगाडि नै निर्माण सम्पन्न गर्नुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल कहिलेबाट सञ्चालनमा आउने अन्यौलमा छ ।


भारतीय प्रधानमन्त्री मोदीले उदघाटन गरेपछि उक्त विमान स्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि भएको थियो । कुशीनगरमा नवर्नििर्मत उक्त अन्तर्राष्ट्रिय विमान स्थलले बौद्ध पर्यटकहरुको आवागमनलाई सहज बनाउन सहयोग पुग्ने भएको छ । कुशी नगर विमान स्थल २६० करोड रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । कुल ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित उक्त विमान स्थलको निर्माण भएको हो । नयाँ टर्मिनल भवनले ३ सय यात्रुहरुलाई सजिलै आउजाउको सुविधा उपलब्ध गराउने क्षमता रहेको छ ।
नेपालको लुम्बिनीजस्तै उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय बौद्ध तिर्थयात्रीहरुको केन्द्र विन्दु हो । कुशी नगरमै भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । त्यसैले पनि कुशी नगर बौद्धको र्सिर्कटको एउटा केन्द्र विन्दु पनि हो । बौद्ध सर्किटमा नेपालको लुम्बिनीसँगै भारतको कुशीनगर, सारनाथ, गया तीर्थ स्थलहरु सामेल हुन्छन् । कुशीनगर अन्तर्राष्ट्रिय विमान स्थलले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । जसले गर्दा लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्धत गर्ने छ । उक्त एयरपोर्टको निर्माणसँगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ,
कुशीनगर, श्रीवस्ती, राजगीर, संकिता र वैशालीको यात्राको दूरी अब कम हुने भएको छ ।
कुशीनगर अन्तर्राष्ट्रिय विमान स्थलले विश्वका विभिन्न मुलुकबाट आउने तीर्थयात्रीहरुलाई यी ठाउँका विभिन्न बौद्ध स्थानसँग जोड्न सहयोग पु¥याउने भएको छ । नवनिर्मित विमान स्थलले एसियाली देशहरु कोरिया, चीन, ताइवान, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, सिंगापुरबाट आउने बौद्ध पर्यटकहरुलाई लुम्बिनी क्षेत्रमा ल्याउन अहम् भूमिका निर्वाह गर्नेै देखिएको छ ।

तपाईको प्रतिक्रिया