पाँचथरमा बस दुर्घटना ४ जनाको मृत्यु, ६१ जना घाईते

पाँचथर÷पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् ।
सोमबार बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरेर दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, इलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


दुर्घटनाबाट गम्भिर घाईते भएका ११ जनालाई थप उपचारको लागी झापा तर्फ पठाएको तथा अन्य घाईतेहरुको फिदिमका विभिन्न अस्पतालमा तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्गठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया