घण्टाघरबाट हेर्दा

मेयर, सांसद र मन्त्री थर्कमान
यतिबेला तराईका मेयर, सांसद र मन्त्रीहरु थर्कमान भएका छन् । नहुन पनि किन कतिबेला सिके राउतको जनमत पार्टीका कार्जेकर्ताले नाँगेझार पार्छन् । राउतका कार्जेकर्ताहरुले अस्तिका दिन खानेपानीका हाकिमलाई नाँगेझार पारेर बजार घुमाएछन । वहुत बढिया गरे । गर्नैपर्नै थियो । पदमा पुग्न पाएको छैन भष्टाचार ग¥या छ, सर्वसाधारणलाई दुःख दिएको छ । चप्पल लगाएर छिरेकाहरु निस्कँदा आलिशान घर र गाडीका मालिक भा’छन् । अनि सिके राउतका कार्यकर्ताले कसरी चित्त बुझाउनु ? खानेपानीका हाकिमलाई नाँगेझार बनाएपछि राउतले अब नांगेझार बनाउने पालो मेयर, सांसद र मन्त्रीको हो भनेर फलाक्देसी यतिबेला तराईका मेयर, सांसद र मन्त्रीहरुको अपानवायु बन्द भएको छ । अव सरकारलाई पो घाँडो हुनेभयो । कस्कस्लाई सुरक्षे दिने ? विचरा मन्त्री, सांसद र मेयरहरु घरबाट निस्कन पाएका छैनन् । कतिबेला सिके राउतका कार्जेकर्ताले जम्प गरेर नाँगेझार बनाउने हुन् भनेर ।
अब सुध्रन्छन कि ठेउकेहरु
अब ठेउकेहरु आच्या पुलिसले बोलीमा सुधार ल्याउँछन् कि ल्याउँदैनन् होला ? घण्टाघरलाई त साह«ै तिनको बोलीमा सुधार आउला जस्तो लाग्या छैन । यसो सुकिलो मुकिलो गाडी, घोडा चढन सक्ने देख्यो भने नेपालका ठेकेकहरु ज्यू, हजुर मात्र होइन बसिस्योस्, आइसोस र गइसोस भनर सियो र टुप्पोले सम्बोधन गर्छन् । गरी खाने, सर्वसाधारण भेटयो भने कप्ता हेप्दैनन् थिए । वातैपिच्छे तँ भनेर सातो खान्थे । अस्तिका दिन घरेलु मन्तरी बालकिशनले नेपाल प्रहरीका ठेउके, सशस्त्र ठेउकेको चियोचर्चो गर्ने माने अनुसन्धानका ठेउकेका हाकिमलाई बोलाएर आइन्दा कसैलाई तँ भनेर बोलाए ठीक वात नहुने भनेर चेताउवनी दिएछन् । जागिरमा लागेदेखिकैे बानी ठेउकेहरुको आदत सितिमिति जाला जस्तो छैन । फेरि बालकिशन जस्ता घरेलु मन्तरी कति पचाए पचाए । मन्तरीले निर्देशन दिने त हुन गर्ने त आफनै तजविज कि कसो हौ ठेउके काजी हो ?
काम बन्द गर्ने रे


आँची गर्नेलाई भन्दा आँची गरेको देख्नेलाई लाज भनेझैँ सिके राउतको जनमत पार्टीका कार्जेकर्तालाई कार्वाही नगरेसम्म आन्दोलन गर्ने, काम बन्द गर्ने भनेर ठगहरुले फेरि तमासा देखाउन थालेछन् । इन्जिनियर एसोसिएसन रे । खित्रिक्क एउटा नक्सा बनाइदिँदा लाखौ झार्ने, सुकिला मुकिला भएर चिल्ला कारमा दौडनेहरुले वित्थाँ के आन्दोलन ग¥या होलान् ? धेरै नउफ्रेकै जाति । फेरि जनमतका कार्यकर्ताहरुले करङ्ग दोब्रिने गरी बजाउलान् । हसुर्ने बेलामा आँखा चिम्लेर हसुर्ने अनि नाँगेझार पारेर हिलो दल्दा काम बन्द गर्ने भनेर सडकमा आउने ? मच्चिने कुर्सीमा बसेकहरु कतिदिन सडकमा उफदा हुन् ?
दशजना सांसदको घुर्की पूर्व एमालेका दश जना सांसदहरुले फेरि खप्रओसँग घुर्की लगाएछन् । हिजो माकुनेको मलद्वार सम्झेर सडकमा हामी यता छम भनेर शासन कसेर बस्ने कहिले थुतुनोमा आएसम्म तथानाम भट्याउने । अन्तेमा माकुनेको मलद्वार ह्वासै गनाउन थालेसी खप्रओतिर आएर टासिने दश जना बेकामे सासदहरुले किन घुर्की लगाएका होलान् ? बस्न सकिदैन भने खरक्क निस्केर चम्पट ठोक्दा भैगयो । वित्थामा ताना त्रिकुटी किन गर्नु ? माकुनेतिर जाम भने आउने चुनाउमा ह्वाङ्गै हुने । खप्रओतिर बसुम भने इज्जतै नरने दश सांसदको व्याथा पनि मार्मिकै छ । विचरा सांसदहरु यता त उताका भए ।
बढ्ता नबोल्नुस्
हामा पर्धानमन्तरी शेरबहादुर काजी पनि गज्जबकै मनुवा हुन् । कहिले नसुध्रिने भए । बाढी पीडितको अवस्था बुझ्न हेलिकोप्टरमा गएका काजीले कञ्चनपरतिर पुगेपछि आफनो पुरानो
पारा निकाली हालेछन् । भाषन गर्दा केही नबुझेसी बाढी पीडितलाई उल्टै हप्काएछन । पीडितले तपाईको बोली बुझिएन मात्र के भन्या थिए काजीका कन्सिरी रन्किगएछन । विचरा पीडितहरु पर्धानमन्तरी आउँदा केही केही पोकापोकी ल्याएर बाँड्लान्, राहत देलान भनेर भोकभोकै बस्या थिए । पोकापोकी त परै जाओस विचराहरुले उल्टै हप्काई पो खाएछन । अलि साह«ो बोल्नु, बोलेको बुझिएनसम्म भन्न नपाउनु त अलि हजम भएन कि काजी साहेब ?
पौड्याल बाजेको झस्काई
हिजोआज रामचन्द्रे बाजेलाई पटक्कै निन्द्रा पर्न छाड्या छ रे । होला पनि पार्टीको चुनाउमा जाउँ भनेपनि चिप्लने डर, निर्वाचनमा जाम भने पनि चिप्लिने निन्ता यही चिन्ताले बाजेलाइ निन्द्रा पर्न छाडया रे । अझ बाजे एमालेको नाम सुन्यो कि दश हात पछि सर्छन् । अब त एमाले फुट्यो काँँगेसले वहुमत ल्याउँछ भनेर आफन्तले भन्दा नि बाजे पत्याउँदैनन् । एमाले फुट्या छैन, एक्लै निर्वाचनमा जाँदा कँग्रसले वहुमत ल्याउदैन पो भन्न थाल्या छन् । हुन त बाजे हुन् यो चिना पात्रो हेर्दा हुन् । एमाले नफुटकै देख्दा हुन् । अनि बाजेलाई कसरी निन्द्रा पर्छ त ? गठबन्धनमा गए तहनुँबाट यसपटक चिलिमफाँक हुनु नपर्ला कि भन्ने लाग्या रै’छ बाजेलाई । अनि यस्ता पानी आन्द्रे नेता भएपछि फुइøयाँ काँग्रेस बलियो हुन्छ ?
लौगोटी खोलेर राजदूत खाने
न रुप न रंगको वर्तमान सरकारले राजदूत नियुक्तिमा भागबण्डा गरेछ । देशका लागि केही गर्ला भन्या त भागबण्डामै अल्मलिएपछि बातै खलास भैगयो नि † अब हेरम न गोडा दसेक देशमा राजदूत खाली भएछ । त्यसपछि त के चाहियो । हड्डीका लागि कुकुरहरुले दाह«ा ङिच्याए जस्तै रंग न रुपमा गुइँठेहरु हाम्रा मान्छेलाई राजदूत बनाउन भेला भएछन् । अन्तेमा कुरो मिलेछ लाँग्रेसले भारत र अमेरिका लिने, माओवादीले चीन, माकुनेले जापान, जादवले बेलायत । अब भागबण्डा त सिद्धियो । तर खेल त अब शुरु हुने वाला छ । अब दलले टेन्डर खोल्छन् । जस्ले बढी दाम टक्र्याउन सक्यो उसैको पोल्टामा राजदूत । त्यसका लागि ऐरे, गैरे, नत्थु, खैरेहरु लगौटी खोलेर हस्याङ्ग फस्याङ्ग गर्न थाल्या छन् ।
अन्तेमा
नेक्पा एमाले भन्या खप्रओको पार्टी हो । खप्रओले जे भने पनि थपक्क मान्ने भए शुभ नत्र असुभ । यस्तो कुरा जान्दाजान्दै माकुनेको पछि लागेर हिँड्या सुनसरीका केही एमालेहरु २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्छ भन्दै राँडे रुवाई गर्न थाल्या छन् । खप्रओ भन्या अगाडि दौडने मान्छे हुन पछाडि त फर्कन जान्दै जान्दैनन् । पछाडि फर्क भनेर हुन्छ ? छोरो अगाडि बढेपछि बढ्यो बढ्यो । वित्थामा किन विज्ञप्ती निकालेर ल्याङ ल्याङ गरेर बस्या होलान् बस्नेत काजीहरु ।

तपाईको प्रतिक्रिया