पहिलो प्याकेजको वहु प्रतिक्षित कोशी करिडोर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न

हिले (धनकुटा)÷वहुप्रतिक्षित २२० केभी डबल सर्किट क्षमताको कोशी करिडोर विधुत प्रशारण लाइन इनरुवा–बसन्तपुर–चैनपुर वानेश्वर–तुम्लिङटार निर्माण कार्य सम्पन्न भएको छ ।
असोज २० गते बुधबार धनकुटा जिल्लाको हिलेमा एक भव्य समारोहको आयोजना गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत प्रसारण लाइन हस्तान्तरण गरिएको थियो ।
निर्माण सम्पन्न भएको १०६ किमी लामो कोशी करिडोर विद्युत प्रशारण लाइनको कुल निर्माण लागत १० अर्ब ४ करोड (८६.८ मिलियन अमेरिकी डलर ) रहेको छ । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यो डबल सर्किट प्रशारण लाइनको निर्माण कार्य भइरहेको छ । भारतको कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले रु ४.५ अर्ब (३.३ मिलियन अमेरिकी डलर ) लागतमा यो परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा पाएको थियो । उक्त पहिलो प्याकेजको निर्माणको कार्य सम्पन्न भई बुधबार नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । बाँकी निर्माण हुँदै गरेका दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि यो सिंगो प्रशारण लाइनले अरुण र तमोर नदीबाट आगामी दिनमा उत्पादन हुने झण्डै २ हजार मेघावाट विद्युतको सहज वितरणलाई सुनिश्चित गर्ने छ ।


भारतको कलपत्रु पावर ट्रान्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले भारतीय राजदूतावास काठकाण्डौकी नियोग उपपमुख श्रीमति नामग्य खम्पाको समुपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ्गलाई सो परियोजना हस्तान्तरण गरेको थियो । हस्तान्तरण समारोहमा धनकुटाका प्रशासन, जनप्रतिनिधि, कलपत्रु ट्रान्समिसन लिमिटेडका अधिकारी र स्थानीय समुदायको उपस्थिति रहेको थियो ।
हस्तान्तरण समारोहमा बोल्दै नियोग उपप्रमुख खम्पाले भन्नुभयो भारत नेपालको ऊर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको छ । उहाँले भन्नुभयो नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको छ । उहाँले भन्नुभयो गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु ट्रान्समिसन लिमिटेडलाई धन्यवाद दिनुभयो । यसका साथै परियोजना सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकर, नेपाल विद्युत प्राकिरण, स्थानीय प्रशासनप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो ।
कोशी करिडोरको अतिरिक्त भारतले १३२ केभी क्षमताको मोदी–लेखनाथ र सोलु करिडोर विद्युत प्रशारण लाइनको निर्माणमा समेत सहयोग गरिरहेको छ । यसका साथै दुई देशबीच अन्य विद्युत प्रशारे ण लाइनको निर्माणमा भारतले गर्दै आएको निरन्तर सहयोगलाई पनि जारी राखेको छ । भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ छिमेकी पहिलो नीति अनुरुप भारतले जोड दिएको सीमापार आर्थिक कनेक्टीभिटी महत्वपूर्ण पक्षको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया