धरान÷यमाहा मोटरसाइकलका ग्राहकहरुका लागि यमाहा वाइक कम्पनी र यमाहा वाइक सोरुम विजयपुर ट्रेडर्सले धरानको छाताचौकमा संयुक्त रुपमा आकर्षक योजना सहित ६ दिने महामेलाको आयोजना गरेको छ ।
दशै, तिहार र छठमा आफ्ना ग्राहकहरुको रुचीलाई ध्यानमा राखेर आयोजना गरिएको महामेलामा क्यासमा खरिद गर्दा ८ हजार छुट, एक्सचेन्जमा बजार मूल्य भन्दा १० प्रतिशत थप र फाइनान्समा जिरो प्रतिशत व्याजदरसँगै यसोसेरिजमा हेल्मेट, लेगार्ड, वाइक छोप्ने कभर व्यागसमेत उपलब्ध हुने भएपछि ग्राहकहरुको आकर्षण अत्याधिक बढेको छ ।

महामेलामा के कस्ता वाइकहरु उपलब्ध छन् त भने जिज्ञासामा यमाहा वाइक धरान शोरुम विजयपुर ट्रेडर्शका प्रवन्ध निर्देशक प्रभाव खतिवडा भन्नुहुन्छ, कम्पनीबाट उत्पादन भएका सबै मोडलहरु महामेलामा उपलब्ध छन् । उहाँका अनुसार १२५ सिसीको सलुटे, १५० सिसीको कावोरेटरमा क्श्च्च्, एआई स्टिमको SZRR (सिंगल डिक्स), डबल डिक्स, एभिएसन स्पोटी वाइकमा R-15 पहाड अप्लोडका लागि ह्त्श् ज्ञद्दछ सिसी र १५० सिसी, २५० सिसीको FZ २५०–डबल एभिएसन रहेका छन् । यसैगरी पस्टोक मोडलमा स्कुटीहरु ११३ सिसीको रेजेट, फैसोनो र t reat Realy, Bs6 मोडल १२५ ZR, मा क्यासिनो, Streat Realy ZR रहेका छन् । महामेलाको थप आकर्षणको रुपमा क्यासमा नगद डिस्काउन्ट ८ हजार तथा स्क्र्याच कुपन समेत रहेको छ । प्रबन्ध निर्देशक खतिवडा भन्नुहुन्छ, स्क्र्याच कुपन प्रत्येक हप्ता र महिनामा लक्की ड्रमार्फत खेलाइन्छ । जो भाग्शाली विजेता हुनुहुन्छ उहाँलाई हप्तामा ४ तोला सुन र सोही कुपनबाट लक्की ड्रमार्फत महिनामा खेलाइने भाग्यशाली विजेतालाई १२ तोला सुन उपहार दिइने छ ।
