धरान÷सम्पर्क भारत नेपाल नामक संस्थाले काँशी प्रवासमा रहेका नेपालीहरुको सम्झनामा केन्द्रित ‘काँशीको सम्झना’ नामको पहिलो कार्यक्रम डिजिटल माध्यबाट लाइभ प्रस्तुत
गरेको छ ।
काँशीको सम्झनामा नामक कार्यक्रमले विगतमा भारतको काँशीमा शिक्षा हाँसिल गरेका सैयौ नेपालीहरुलाई एउटै मञ्चमा ल्याएको थियो । यस संस्थाले आफ्ना बौद्धिक, साँस्कृतिक एवम् सामाजिक क्रियाकलाप विस्तार गर्दै भारतमा शिक्षित अल्मुनाइको नेटवर्क सम्बद्र्धन गरेर सम्बद्ध सहयोगको भावना विकसित गर्ने लक्ष्य लिएको छ ।
नेपालको र भारतको काँशीको सम्बन्ध हजारौ बर्ष पुरानो हो । तर काँशीको सम्झना श्रृंखलाले सन् १९२० देखि १९८० को दशकहरुलाई मात्र समेटेको छ । नेपालमा यी दशकहरुमा राणाहरुको हुकुमी शासन, स्वतन्त्रताको लागि भागेर काँशी जाने, बौद्धिक क्रान्ति, राजनैतिक क्रान्ति, राजनैतिक संगठन, प्रकाशन, व्यापार, शिक्षा, धर्म, तीर्थ यात्रा, काँशी वास आदिका लागि काँशी प्रख्यात थियो । यसका अलावा जीवनको उत्तरार्धमा मोक्ष प्राप्तिका लागि काँशी जाने, राजनैतिक कारणले देश निकालिएका, राणाहरुको अत्याचारले जीउ ज्यान जोगाउन काँशी जाने, बाल विधुवादेखि काँशी पुगेर मृत्यु वरण गर्ने जस्ता कुराहरुले यो दशकमा प्रवासी नेपालीहरुलाई मात्र नभएर सिँगो नेपालीको सोच र सम्वेदनशीलतालाई आकार दिएको थियो ।

भन्नैपर्दा नेपालको साँस्कृति र राजनैतक विकासमा काशीको शताब्दीयौदेखिको योगदानको महत्वले गर्दा काशी नेपाल र भारतको साझा सँस्कृत र स्नेहको केन्द्र विन्दु बनेको
छ । आज पनि काशीको स्थान अधिकांश नेपालीको हृदयमा नमेटिने गरी बसेको छ । भारतीय राजदूताबास काठमाण्डौको स्वामी विवेकानन्द सांस्कृति केन्द्रमा हिजो मंगलबार अपरान्ह भएको फेसबुक लाइभमा प्रसिद्ध आँखा विशेषज्ञ एवम् नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला, प्रतिष्ठित साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ, मुर्धन्य कलाकार किरण मानन्धर लगायतका विद्वानहरुले आप्mनो काँशी प्रवासको स्मरण गर्नुभएको थियो । काशी प्रवास संस्मरणका सम्बन्धमा इला शर्माले विषय उठान गर्नुभएको थियो । त्यसबेला अधिकांशले काशी बसाईको समयमा आफ्नो शिक्षा, काशी सहरको आफ्नो अनुभव प्रस्तुत गर्दा काँशीको सम्झनालाई जीवन्त बनाएको थियो ।
