भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको दुवै पक्षद्वारा समीक्षा

धरान÷भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको भारत र नेपालद्वारा गत विहीबार समीक्षा भएको छ ।
नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सदृढीकरणका सम्बन्धमा भिडियो कन्फ्रेन्समार्फत चौथो संयुक्त परियोजना अनुगमन समितिको बैठकले समीक्षा गरेको हो ।
भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव केशवकुमार शर्माको सह अध्यक्षतामा समीक्षा बैठकको आयोजना गरिएको थियो ।


वैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयन पक्षको समीक्षा गरेको थियो । तराईका १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा प्याकेजको निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हाँसिल गरेको उपलब्धीप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए । दुवै पक्षले कोभिड महामारीले नित्याएको चुनौतिकाबीच पनि परियोजना सफलताका साथ अगाडि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताएका थिए ।
नेपालको तराई क्षेत्रमा कुल ३०६ किमी लम्बाई रहेको १४ वटा सडकहरुको निर्माणका लागि भारत सरकारले २०७३ अर्थात सन् २०१६ मा ८ सय करोड आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । निर्माण सम्पन्न भएका तथा निर्माण हुँदै गरेका ती सडकले पूर्व पश्चिम राजार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुवै देशका जनताको भारत जावतलाई सहज बनाउने भएको छ । वि.सं. २०७७ साल चैत्र १८ गते नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाललाई हस्तान्तरण गरिसकेको समीक्षा बैठकमा दुवै पक्षले जनाएका थिए ।
समीक्षा बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाल लगायतका पूर्वाधार विकासमा पु¥याएको निरन्तर सहयोगको समीक्षा गरेको थियो । भारत सरकारले पनि दुई दशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाउँदा खुशी लागेको जनाएको थियो । आगामी पाँचौ समीक्षा वैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा गर्ने समेत सहमति भएको छ ।

तपाईको प्रतिक्रिया