गोरखा डिपार्टमेन्ट स्टोरप्रतिको आकर्षण अझै बढ्दै ः दशैको किनमेल गर्नेहरुको अत्याधिक भीड

इटहरी÷धनकुटा ६ तल्लो कोप्चेका माधव दाहालको परिवार विहान १० बजे गोरखा डिपार्टमेन्ट स्टोर इटहरी आइपुगेका थिए । उदपयुर रामपुर ठोक्सिलाका घनश्याम बुढाथोकी पत्नीसहित गोरखा डिपार्टमेन्ट स्टोर छिरे । भोजपुरको दिंग्लाबाट एकदिन अगाडि आएर धरान बसी सोमबार गोरखा डिपार्टमेन्ट स्टोर पुगेका काजीमान गुरुङ्ग गोरखा डिपार्टमेन्ट स्टोरमै भेटिए ।
स्थानीयदेखि लिएर तराईका विभिन्न जिल्ला हुँदै पूर्वी पहाडका दुर्गम स्थानहरुबाट दशैँको किनमेल गर्ने ग्राहहरुको गोरखा डिपार्टमेन्ट स्टोरमा अत्याधिक भीड लाग्ने गरेको छ । ठोक्सिलाका घनश्याम बुढाथोकीले भने नेपालीहरुको महान चाड दशैले ढपक्कै ढाकिसक्यो । चाहिने सामानहरुको अगाडि नै जोहो गरे राम्रो । उनले भने म दशैमा मात्र होइन अघिपछि पनि आफूलाई चाहिने घरायसी सामान खरिद गर्न गोरखा डिपार्टमेन्ट स्टोर नै आउँछु । भोजपुरका गुरुङ्गले भने घरमा स–सानो पसल पनि छ । अघिपछि पनि यहीबाट सामान लगेर विक्री गर्ने गर्छु । गोरखा डिपार्टमेन्ट स्टोर नै किन त भन्ने जिज्ञासामा गुरुङले भने, यहाँ सबै प्रकारका समान सस्तो र सुलभ मूल्यमा पाइन्छ । बाहिर वा अन्यत्र खरिद गर्दा न गुणस्तरीय सामान भेटिन्छ न मूल्यमा एकरुपता हुन्छ । यहाँ न त बार्गोनिङ्ग गर्नुपर्छ न कुनै झन्झट छ ।
गोरखा डिपार्टमेन्ट स्टोले आफ्ना ग्राहकहरुलाई लक्षित गरी उनीहरुकै माग र चाहना बमोजिम हालै मात्र १० कन्टेनर सामान भारत तथा तेस्रो मुलुकबाट आयात गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ इलेक्ट्रोनिक्स आइटमदेखि किचन वायर, सर्टिङसुटिङदेखि आकर्षक डिजाइनका महिलाहरुका लागि कुर्ता सुुरुवाल, स्वदेशीदेखि विदेशी ब्राण्डका आकर्षक डिजाइनका जुत्ता–चप्पल, डल, गिÏट आइटम, विदेशी पेय पदार्थ लगायत हजारौ प्रकारका समानहरु दशँैलाई लक्षित गरेरै मगाइएको छ । गोरखा डिपार्टमेन्ट स्टोरमा आएका कुनै पनि ग्राहकले आफूले खोजेको सामान नपाएर हालसम्म फर्कनु नपरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमको कथन छ । खाद्यान्न लगायतका केही पेय पदार्थ स्वदेशमै उत्पादन भएका रहेका छन् भने अन्य सामानहरु विदेशबाटै आयात गरिँदै आएका छौं अन्यत्र पनि छ्यासछ्यास्ती डिपार्टमेन्ट स्टोरहरु खुलेकाले ग्राहकहरुमा कुनै कमी आएको छ कि भन्ने सवालमा म्यानेजर गौतम भन्नुहुन्छ ग्राहकको गोरखा प्रतिको आकर्षण घटेको छैन । नियमित ग्राहकहरु
आइरहनु भएको छ । विगत २३ बर्षदेखि गोरखा डिपार्टमेन्ट स्टोरले पूर्वका ग्राहकहरुको मात्र नभएर भारतको विहार, पश्चिम बंगालको सिलगुढी, दार्जिलिङ, कालिम्पोङ, आसामको डिम्मापुर, मणिपुर लगायतका स्थानहरुबाट समेत गोरखा डिपार्टमेन्ट स्टोर रोजाइमा पर्ने गरेको छ । स्टोरले आफ्ना ग्राहकहलाई ध्यानमा राखेर नेपालीहरुको महान चाडहरुमा विशेष छुटको व्यवस्था समेत गर्दैै आएको छ । पछिल्लो पटक आफ्नो चारवटै डिपार्टमेन्ट स्टोरहरु मोरङको विराटचौक, पथरी, झापाको दमक र इटहरीबाट महिलाहरुको तीजका अवसरमा १० प्रतिशत छुट गरेको थियो ।

गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।
आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

गोरखा किचनमा ग्राहहरुको चाप बढ्दै

लकडाउनका कारण झण्डै दुई महिना सुनसान जस्तै भएको गोरखा डिपार्टमेन्ट स्टोरको टप फ्लोरमा रहेको गोरखा किचनमा यतिबेला ग्राहकहरुको चहलपहल ह्वात्तै बढेको छ ।
होटल व्यवसायी संघ इटहरीको पहलमा इटहरी लगायत आसपासका सम्पूर्ण होटलहरु सञ्चालनमा आएसँगै आषाढ २२ गतेदेखि गोरखा किचन पनि सञ्चालनमा आएको हो । ग्राहक तथा उपभोक्ताहरुको पहिलो रोजाइमा रहेको गोरखा डिपर्ममेन्ट स्टोरको किचन सञ्चालनमा आएपछि ग्राहक तथा उपभोक्ताको भीड बढेको स्टोरका म्यानेजर गौतम बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ थकाली, स्पशेल, नेपाली खानाको स्वाद लिन यतिबेला स्थानीयसँगै बारिबाट समेत ग्राहकहरु आउन थाल्नुभएको छ । खानासँगै विभिन्न प्रकारका अन्य फास्ट फुडहरुले समेत ग्राहकहरुलाई लोभ्याएको उहाँको ठम्याई छ । गोरखा डिपार्टमेन्ट स्टोरका अन्य शाखाहरु मोरङ्गको विराटचौक, पथरीको र झापा दकमको समेत किचनहरु सञ्चालनमा एकसाथ आइसकेका छन् ।
अत्यन्तै स्वच्छ, सफा र प्राकृतिक र रमणीय दृश्यको अवलोकन गर्दै स्वादिष्ट व्यञ्जनहरुको स्वादकै लागि ग्राहकहरु गोरखा किचनमा पुग्ने गरेको पाइएको छ ।

जुत्ता चप्पल र कपडामा अत्याधिक भीड

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड, कोरिया, जापान,
भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया