ट्याक्टरले किचेर सहचालकको मृत्यु

पाँचथर÷पाँचथर मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौक स्थितमा ट्याक्टरले सह–चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । हिजो दिनको सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया