दिलिप भट्टराई – चिन्ता नगर्नुस् ।
डा. मोहनचन्द्र रेग्मी– (रजिष्ट्रार बन्नु अगाडि डा. ज्ञानेन्द्र गिरीसँग साँठगाँठ गरी मूल्यांकन समितिको अध्यक्ष लिएका र त्यसपछि रजिष्ट्रार बार्गेनिङ्ग गर्दै मूल्यांकन समितिको अध्यक्षबाट राजीनामाको निवेदन दिएर )कसैलाई मेरो चिन्ता छैन, मलाई त आराम भयो ।
दिलिप भट्टराई– (भोलिपल्ट विहानै) गुडमर्निङ ।
डा. मोहनचन्द्र रेग्मी– गुड मर्निङ ।
दिलिप भट्टराई– ८ बजे आउनुस है ।
(अफिसमा)
डा. मोहनचन्द्र रेग्मी– मलाई राजीनामा बुझाउन आउनु छ । मूल्यांकन समितिबाट राजीनामा दर्ता गरेर स्वीकृत गरिदिनुस् है, म तपाइलाई अनुरोध गर्दछु ।
दिलिप भट्टराई– बुढाले (उपकुलपतिले) नगरम भन्छन् । बुढाले अघि मन्त्रीसँग कुरा गर्दै थिए तपाईलाई रेक्टर बनाउन ।
डा. मोहनचन्द्र रेग्मी– नयाँ रजिष्ट्रार आउँदैछ र अस्पताल निर्देशकलाई अहिलेसम्म बर्खास्त गरिएन । (आफू रजिष्ट्रार नहुने आशंका र आफनो सुझाव अनुसार अस्पताल निर्देशकलाई नहँटाएकोमा असन्तुष्टि)
धरान÷उपरोक्त संवाद हो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका तत्कालीन सल्लाहकार दिलिप भट्टराई र डा. मोहनचन्द्र रेग्मीको बीचको ।
डा. मोहनचन्द्र रेग्मी तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा चितवन (ससुराली साइनो लगाएर) बाट नेपाली काँग्रेसको सक्रिय सदस्य लिएर अस्पताल निर्देशकको दावेदार थिए । अनेक जालझेल गर्दा पनि निर्देशक बन्न नसक्दा उनले तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारसँग अनुनय विनय गरेर सिनेट सदस्यमा नियुक्ति लिए । तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. राजकुमार रौनियारलाई बर्खास्त गर्दा छेपारे प्रवृत्तिका रेग्मी डा. रौनियारविरुद्ध लागे । तर रौनियारले सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर पुनस्र्र्थापित भएको दिन नै डा. रौनियारलाई गोप्य रुपमा भेटेर डा. रौनियारको खुट्टा समातेर रुँदै माफी मागेर आफ्नो लाइन बनाए ।

फोरमका अध्यक्ष उपेन्द्र यादव नै स्वास्थ्यमन्त्री भएको समयमा डा. रेग्मीले तत्कालीन मधेशी जनअधिकार फोरमको सदस्यता लिएर तीन करोडमा अस्पताल निर्देशक बन्ने डिल गरेको स्रोतले बताएको छ । पदको लागि आÏनो घर समेत बेच्न नहिच्किचाउने प्रतिष्ठानका रजिष्ट्रार रेग्मी नमूना हुन् । नेपालदेखि विदेशसम्म व्यापारीसँग घुमेर त्यसै आएका हैनन् । रजिष्ट्रार रेग्मीले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको आरोप समेत दिलिप भट्टराईले लगाएका छन् । दिलिप भट्टराई र
रेग्मीको तत्कालीन समयमा अन्तरंग सम्बन्ध हेर्दा उनले लगाएको आरोप पुष्टि हुन्छ ।
जुन पार्टी सत्तामा, त्यसैको चाकडी
काँग्रेस सत्तामा हुँदा काँग्रेसको सदस्यता लिएर अस्पताल निर्देशक हुन भिडेका रेग्मी मधेशी दल सत्तामा आउँदा सोही दलको सदस्यता लिएर तीन करोडको डिल गरेर अस्पताल निर्देशक हुन भिडे । केपी ओली सत्तामा आएपछि छेपारे प्रवृत्तिका रेग्मी नेकपा एमालेको सभामा खुलेआम हिँड्न थाले र बीपी प्रतिष्ठानमा काँग्रेस समर्थकहरुलाई ठेगान लगाउन आफूमात्र सक्षम रहेको भन्दै भानुभक्त ढकाललाई ७ करोड बुझाएर राजिष्ट्रार नियुक्ति लिए । पछि भानुभक्त ढकालको अवस्था नाजुक हुन थालेको देखेर धनकुटाका कँग्रेस नेता सुनिलबहादुर थापा र चितवनका राजेश्वर खनालमार्फत आफू काँग्रेसी भएको दाबी सहित लविङ्ग गर्न थाले ।
१५ गतेको मदिरा काण्डमा एसेमेस
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी सुद्धीकरणको आन्दोलनाई लिएर असार १५ गतेको वार्तामा बस्नु अघि राजिष्ट्रार रेग्मीले नै सबै म मिलाउँछु, चिन्ता नगर्नुस् भन्दै उपकुलपति डा. गिरीलाई मस्तसँग मदिरा सेवा गराएको र मात्तिएको अवस्थामा वार्तामा बसाई उपकुलपतिले मदिरा सेवा गरेको एसेमेस मार्फत स्थानीय सञ्चारकर्मीहरुलाई रजिष्ट्रारले नै खबर गरेर वार्ता असफल बनाएको एक प्राध्यापकले बताए । आज प्रतिष्ठानमा ६४ दिनदेखि आन्दालन जारी छ । प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको छानविन समितिले चारैजना पदाधिकारीलाई बर्खास्तको सिफारिस गर्दै प्रतिवेदन सार्वजनिक गरिसकेको र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चारैजनाको राजीनामा मागिसक्नु भएको छ । चारैजना पदाधकारीको बर्खास्त नहुन्जेल आन्दोलन जारी रहने संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताउनुभयो ।
