धरान÷ प्रदेश नंं १ मा इटाको चरम अभाव भएको छ ।
कोरोनाका संक्रणका कारण मजदुर अभाव हुदा इँटा अभाव चुलिएको हो ।अधिकांश इँटा उद्योगमा भारतीय मजदुरहरु कामक गर्ने भएकोले कोरोना कारण मजदुरहरु नेपाल आउन नसक्दा इँटाको उत्पादन कम हुन थालेका छ ।

जसका कारण प्रदेश १ मा इँटाको अभाव भएको छ । कोरोना भाइरसका कारण भारतीय मजदुरलाई नेपाल प्रवेशको अनुमति नदिइँदा प्रदेश १ का इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न नसकेको इटा उद्योगी व्यवसायीहरु बताउँछन् ।
इँटा उत्पादन नहुँदा अहिले इँटाको मूल्यसमेत अत्यधिक वृद्धि भएको छ । करिब १ सय इँटा उद्योगहरूमा पश्चिमबङ्गालको कुचबिहारका झण्डै दश हजार मदजुर नआएको कारण इँटा उत्पादन नभएको नेपाल इँटा उद्योग महासङ्घका प्रदेश १ संयोजक खगेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । बजारमा इँटाको हाहाकार भएको भन्दै तत्काल प्रदेश सरकारले आवश्यक सुरक्षा मापदण्ड अपनाएर भारतीय मजदुरहरूलाई नेपाल ल्याउन दिनुपर्ने उद्योगीहरुले माग गरेका छन् । सुनसरी र मोरङमा मात्र ७५ वटा इँटा उद्योग छन् ।
इँटा अभाव भएपछि निर्माण काम समेत प्रभावित बनेको छ । निजि भवन,सार्वजनिक सभाहलहरु, कलभट तथा स्थानीय स्तरमा निर्माण भइरहेको स्वास्थ्य केन्द्रहरु समेत इँटा अभावका कारण प्रभावित वनेको छ ।
