बजार खुल्ला भएसंगै कोरोनाको जोखिम झन झन बढ्दै

धरान÷पछिल्लो समय कोरोनाको जोखिम भयावह अवस्थामा पुगेको छ । निषेधाज्ञा जारी भएपनि निषेधाज्ञा पूर्ण रुपमा नहुदा सर्वसाधारण एक ठाउबाट अर्को ठाउमा पुग्न सक्ने, व्यवसायिक फर्महरुमा भीडभाडका साथ सर्वसाधारणले खरिद विक्री गर्ने, बढी भिडभाड हुने स्थानमा समेत मास्कको प्रयोग नगरी खुल्लमखुल्ला हिड्ने लगातका गतिविधि तिब्र हुन थालेपछि दिनप्रतिदिन कोरोनाको संक्रमण फलिएको हो ।
दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्यमन्त्रालयले वैसाखमै स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइदैन ।
विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइदैन । सर्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्ष्ँेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना
गरेको पाइदैन ।
दोस्रो चरणको कोरोना संक्रमण फैलिन थालेपछि नेपाल सरकारले जोखिम न्युनिकरणका लागि ४० बुदे निर्देशिका जारी गरेको छ । तर निर्देशिका पालना गर्न लगाउने संघीय सरकार, पदेश सरकार र स्थानीय सरकारले गम्भीरतापूर्वक निलिदा पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको हो । धरानको बसपार्कबाट चल्ने अधिकांंश सवारी साधनमा यात्रागर्ने यात्रुहरुले सामन्य मास्कको प्रयोग गर्ने गरेपनि सेनिटाइजर तथा भौतिक दूरी कायम गरेको पाइदैन ।


यस विषयमा यातायात व्यवसायीहरुले सरकारले निर्देशिकामा के छ भन्ने कुरा यायतायात मजदुर, यातायात व्यवसायी तथा यात्रुलाई जानकारी नदिएका कारण अन्यौलमा
रहेको बताएका छन् । नेपाल यातायात रष्टिूय महासंघ एक नं. प्रदेशका संयोजक सरोज श्रेष्ठले निर्देशिका आएपनि स्थानीय सरकारले यस विषयमा छलफल, निर्देशिका सम्बन्धमा जानकारी नदिदा यातायात व्यवसायी अलल्लमा परेको बताउनुहुन्छ ।
यता यात्रुहरुले पनि सवारी साधनमा यात्रा गर्दा जोखिम रहेको बताएका छन् । यात्रु सागर प्रसाईले सार्वजनिक यातायाताका मजदुरहरुले अनिवार्य मास्क प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न तथा भौतिक दूरी पालना नगरी यात्रु तानातान गरेर यात्रा गराउन बाध्य हुदा जोखिम अझ चुलिएर गएको बताउनुभयो ।
यता यातायात मजदुरहरु जोखिम छ भन्ने थाहा पाउदा पाउदै पनि स्वास्थ्य निर्देशिका पालनना गरेको पाइदैन । बसमा भौतिक दूरी पालना खचाखच यात्रु हाल्ने, मास्क नलगाउदा पनि मास्क लगाउन आग्रह नगर्ने, सेनिटाइजरको प्रयोग गर्ने गर्छन । तर उनीहरु नै सावधानी अपनाउनुपर्ने बताउदै आएका छन् । यातायात मजदुर मेघराज पोख्रेल ।
जोखिम बढ्दै जादा धरानमा दोस्रो चरणको संक्रमणबाट संक्रमण हुनेको दर र मृत्यु हुनेको संख्यासमेत वृद्धि भएको छ । यस विषयमा उपमहानगरपालिका भने कोरोना संक्रमण न्यूनिकरणका लागि तयारमिा बसको बताउने गरेको छ । उपमहानगर अन्तर्गतको कोरोना नियन्त्रण तथा रोकथाम समितिको छलफल भइरहको र नियन्त्रण्का प्रयासमा गम्भी हुने नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले सार्वजनिक यातायातमा मास्कको प्रयोग, सेनिटाइजर तथा भौतिक दूरी कायम गर्न यातायात मजदुर, यात्रु तथा सर्वसाधारणलाई आग्रह गर्ने बताउनुभयो ।
नेपालमा फेरि दोस्रो चरणको कोरोना संक्रमण जोखिम बढ्दै गएपछि नेपाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ४० बुदे निर्देशिका जारी गरेको थियो, तर यो निर्देशिका सम्बन्धमा नत संघीय सरकार, नत स्थानीय सरकार न त प्रदेश सरकारले सर्वसाधारणलाई बुझाउन सकेका छ । त्यसमाथि पनि लापार्बाही अझ बढेर गएको अवस्था छ । अब यो जोखिम न्यूनिकरणका लागि सबै पक्ष गम्भीर नबन्दा कोरोनाको जोखिम हिजोको भन्दा झन् भयावह बन्दै गएको छ । यसतर्फ सबै सचेत हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया