दुवै डोज खोप लगाएकालाई कोरोना

धरान÷कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाइसकेकाहरुमा पनि कोरोना संक्रमण पुष्टि हुन थालेको छ । खोप नलागएकाहरु भन्दा पनि खोप लगाएका संक्रमित अझ शिथिल हुने गरेको देखिएको छ ।
चिकित्सकहरुले खोप लगाएकाहरुमा एन्डिबडीको विकास हुने भएकोले कोरोना संक्रमित भइहाले पनि खोप नलगाएका संक्रमितको तुलनामा कम शारीरिक शिथिलता हुने, अक्सिजनको कमी नहुने, लक्ष्णहरु कम हुने बताउदै आएका छन् । तर हाल चिकित्सकको भनाई विपरीत खोप लगाएकाहरु कोरोना संक्रमिता ज्यादा देखिएको इटहरी उपमहानगरपालिका वडानं. ६ का उमेश दाहालले बताए । उनले जेष्ठ र असारमा गरी चाइना सिनोफामको भेरोसेलका दुवै खोप लगाए पनि उनमा ज्वरो आउने, अचाक्ली खोकी लाग्ने, आँखा पोल्ने, हात खुट्टा दुख्ने भएपछि साउन २ गते एन्टिजेन परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखियो । पहिला त उर्नी खोपको असर होला भनेर घरैमा बसे, सामान्य रुघाखोकी होला भन्ने ठाने ।


कोरोना विरुद्धको खोप लगाइसकेपछि संक्रमित नहुने, कोरोना लागे पनि त्यसले ज्यादा असर नगर्ने आम मानिसमा विश्वास थियो । दाहालले भने खोप लगाए पनि ढुक्क हुने अवस्थाचाहिँ नहुदो रहेछ । इटहरीका लोचन पौड्यालले पनि भेरोसेलका दुवै डोज लगाएका थिए । तर उनमा पनि एक्कासी खानाको स्वाद हराउने, जीउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखियो । उनी त्यसभन्दा अगाडि कोभिड संक्रमित भएर निको भइसकेका विरामी हुन् । दुवै डोज खोप लगाउँदा पनि पुन ः दोस्रो पटक कोरोना संक्रमित भएको पौड्यालले सुनाए ।

तपाईको प्रतिक्रिया