‘बर्षादको समयमा रातभरि निन्द्रा लाग्दैन’

धरान÷अन्य बेला कुनै चिन्तामा नहुने खोला किनारामा घर बनाएर बस्ने सर्वसाधारण बर्षाद्को समयमा भने रातभरि निदाउदैनन् । खासगरी सर्दु र सेउती खोला किनारामा बस्ने सर्वसाधारणलाई बर्षाद् लाग्ने वित्तिकै बर्षाद्ले धनजनको क्षति पु¥याउने हो कि भन्ने चिन्ता उनीहरुमा हुन्छ । हुन त दुई बर्ष अगाडि धरान उपमहानगरपालिकाले खोला किनारामा अव्यवस्थित रुपमा बस्नेहरुको घर टहरा भत्काउदै वास्तविक सुकुम्बासीलाई संरक्षण गर्ने नीति अगाडि बढाए पनि त्यो अहिलेसम्म सम्भाव भएको छैन ।
बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बासोबास नै सखाप पारिदिने भयका कारण उनीहरु रातभर नसुतेका हुन् । जब आकाशमा बादल मडारिन थाल्छ उनीहरुमा डर त्रासले डेरा जमाउछ । धरानको सेती खोला किनारामा बस्दै आउनु भएकी मनिता तामाङले बर्षाद्को समयमा निन्द्र नलाग्ने बताउनुहुन्छ । उहाले विगतमा बर्षादमा सेउतीमा आएको बाढीले घर भत्काउने गरेको सुनाउदै अहिले पनि त्यस्तै होला भन्ने त्रासले रातभरि निन्दै नलाग्ने बताउनुभयो ।
१० बर्ष अगाडिसम्म आफूले फ्नो छाप्रो खोलादेखि ५ सय मिटरको दुरीमा भएपनि बर्षेनी बाढीको कटानले घर नजिक खोला पुगेपछि उहालाई निन्द्रा लाग्न छाडेको बताउनुहुन्छ ।
समस्या समाधान नभएपछि स्थानीयहरु नै त्यस स्थानमा अल्पकालीन समस्याका लागि तार जाली लगाउने गरेका छन् । स्थानीय बासिन्दा मिलेर तारजाली किनेर वैकल्पिक समस्या समाधान गरे पनि यो दीर्घकालीन हुन नसकेको उनीहरुको गुनासो छ । यता नेपाली कांग्रेसका स्थानीय नेता महेन्द्र प्रधानले यो समस्या समाधानमा धरान उपमहानगरपालिका सम्बेदनशील बन्नुपर्ने बताउनुहुन्छ ।
खोला किनारामा घर बनाएर बस्नेहरु भूमिहीनहरु नै हुने गर्छन् । धरानमा १५ हजार भन्दा बढी यस्ता बस्ती रहेका छन् । यी मध्ये ९० प्रतिशतका घर खोला किनारामा रहेका छन् । सेउती र सर्दु खोलाको किनारमा रहेका यस्ता बस्ती बर्षेनी आएको बाढीमा धार परिवर्तन गरी आफ्नो बस्ती नै जोखिममा पार्ने गरेका कारण पनि उनीहरु चिन्तित बनेका हुन् ।
जोखिममा परेकालाई उद्धारदेखि लिएर दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्य नगरपालिकाले लिएको भए पनि यसमा उपमहानगरपालिकाले गम्भीरता भने देखाउन सकेको छैन ।
स्थानीयहरु खोला किनारामा बस्नेहरु प्राय ः भूमाफिको जालमा परेर बस्ने गरेको बताउछन् । धरान १७ का उमेश राईले उपमहानगरपालिकाले सर्दु र सेउती खोलामा जथाभावि जग्गा विक्री गर्ने भएकोले पनि यस्तो समस्या आएको बताउनुहुन्छ ।
०७४ सालको स्थानीय चुनावमा जितेर आएका जनप्रतिनिधिहरुले धरान अव्यवस्थित खाोला किनारामा बस्नेलाई व्यवस्थित बनाउने योजना अगाडि सा¥यो । उपमहानागरपाकिालले वास्तविक भूमिहीनको पहिचान गरी यसरी जथाभावि खोलाकिनारामा बस्नेहरुलाई उठाउने र वास्तविक भूमिहीनलाई घर नम्बर दिने काम ग¥यो । तर अहिले त्यो काम पनि रोकिएको छ । अहिले भने वडा वडाबाट सुकुम्बासीको लगत संकलन गर्ने काम भइरहेको भए पनि कोरोना त्यो पनि रोखिएको छ । निर्वाचित भएर आएपछि उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले
धरानलाई स्मार्ट सहर बनाउने घोषणा गर्नुभएको थियो । अहिले उपमहानगरपालिकाको कार्ययोजनामा परेका खोला किनारामा बस्ने भूमिहीनलाई व्यवस्थित गर्ने नीति नै अल्मल्मा पर्दा बर्षेनी सेउती र सर्दु खोलामा बस्ने भूमिहीनहरुले ठूलो धनजनको क्षति हुने गरेको छ । अब कुरामा भन्दा नि कार्ययोजनामै परेको अव्यवस्थित भूमिहीनलाई व्यवस्थित गर्दै बर्षेनी आएको बाढीले हुन गरेको क्षति न्यूनिकरणमा ध्यान दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया