पदीय जिम्मेवारीमा नरहदा पनि संगठन विस्तारमा युवा नेता किशोर राईको उल्लेख्य योगदान

धरान÷नेपाली काँग्रेसको १४ औं महाधिवशेन अन्तर्गत यही साउन १६ गते हुन लागेको नगर अधिवेशनमा धरान उपमहानगर समिति, सभापतिका सशक्त प्रत्यासी किशोर राईले पाँच बर्ष पार्टीको जिम्मेवारीमा नरहँदा समेत संगठन विस्तारमा उल्लेख्य योगदान पु¥याउनु भएको छ ।
खास गरेर पाँच बर्षका अवधिमा उहाँले कार्यकर्ताहरुको संरक्षण, आफनो सामाथ्र्यले भ्याएसम्म आर्थिक एवम् परोपकारी काम गर्दै आउनु काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । उहाँले पार्टीले संगठनलाई मजबुत, सदृढ र चलायमान बनाउन खेलकुदलाई समेत दीगो माध्यम बनाउँदै आउनु भएको छ ।
पार्टीको जिमेवारीमा रहेकाहरुले पार्टी संगठन विस्तारमा कुनै काम गर्न नसकिरहेको अवस्थामा राईको एकल प्रयासलाई धरानका काँग्रेस कार्यकर्ताहरुले मात्र नभएर पृथक विचार बोक्नेहरुले पनि प्रशंसा गर्ने गरेका छन् । आषाढ ७ गते नेपाली काँग्रेस धरान उपमहानगर समितिको सभापतिको प्रत्यासी घोषणा गर्नु भएका राईले सामुहिक नेतृत्व, मजबुत सगठन र पारदर्शिता सुनिश्चित सुशासन हाम्रो प्रतिबद्धता भन्ने मुद्दा उठाउनु भएको छ । यस पटकको नगर अधिवेशनलाई राईले एकताको अधिवेशनका रुपमा लिनु भएको छ । उहाँले आगामी् दिनमा नेपाली काँग्रेसलाई नयाँ उचाइँमा पु¥याउन सवल, सक्षम र समन्वयकारी नेतृत्व चयनमा जोड समेत दिनुभएको छ ।

अशक्त काँग्रेसका क्रियाशील सदस्यलाई आर्थिक सहयोग

धरानका आम नेपाली काँग्रेसका कार्यकर्ताहरु नगर सभापतिमा किशोर राईको उमेद्वारीले हौसिएका छन् । राईको उमेद्वारीबाट हौसिनुका धेरै कारणहरु रहेको धरान १८ का एक सक्रिय कार्यकर्ताले बताए । उनले भने विगत पाँच बर्ष यता जिल्ला सदस्यको भूमिकामा मात्र रहनु भएका राईले धरानको संगठन विस्तारमा मात्र नभएर अप्ठेरोमा परेका, अशक्त, विरामी भएर घरमा बसेका कार्यकर्ताहरुलाई घरैमा पुगेर आर्थिक सहयोग, उपचारको व्यवस्था समेत गर्दै आउनु भएको बताए ।
धरान ९ का अर्का सक्रिय सदस्य काँग्रेस कार्यकर्ताले भने धरान १९ का नेपाली काँग्रेसका क्रियाशील सदस्य एवम् दलित अग्रज कृष्णबहादुर विक अस्वस्थ्य भएर उपचार गर्न नसकेर घरैमा मृत्यु कुरेर बस्नु भएको थियो । पदीय जिम्मेवारीमा रहेकाहरुले कुनै वास्ता गरेनन् । बारम्बार तिनीहरुलाई आग्रह ग¥यौ तर हेर्न सम्म गएनन् सहयोग गर्नु त परेका कुरा । अन्त्यमा किशोर राईलाई भनेपछि उहाँले घरैमा गएर २० हजार आर्थिक सहयोग र उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउने व्यवस्था गरिदिनुभयो । औषधोपचारमा पनि सहयोग गर्नुभयो । वडा नं. ९ की नेपाली काँग्रेसकी क्रियाशील सदस्य गीता कार्कीलाई औषधोपचारका लागि ५ हजार सहयोग गर्नुभयो । धरान ८ की अर्की क्रियाशील महिलालाई १५ हजार सहयोग गर्नुभयो । तर पदमा बस्ने कसैले वास्ता गरेनन् उनले
भने ।

नौलो बस्तीमा जाली र आर्थिक प्रदान

धरान वडा नं. १६ को नौलो बस्ती (भूमिहीन परिवार) मा केही दिनदेखिको अविरल बर्षाका कारण सर्दु खोलामा आएको बाढीले बस्ती नै बगाउने जोखिम बढ्यो । नौलो बस्तीमा बसोबास गर्नेहरुले स्थानीय निकाय, पद ओगटेर बसेका काँग्रेसका कार्यकर्ता, सत्तासीन एमालेका कार्यकर्ता तथा अन्य राजनैतिक दलहरुलाई गुहारे । तर उनीहरुको हारगुहार कसैले सुनेनन् ।
सर्दु खोलाले कटान गरेको र बस्ती नै जोखिममा परेको खबर पाउनासाथ राई बस्तीमा पुगेर कटान रोक्न ३६ थान तार जाली र तार जालीमा ढुंगा भर्न १० हजार रुपैया समेत प्रदान गर्नुभयो । उहाँको त्यस मानवीय कार्यप्रति नौलो बस्तीका सबैले राईलाई धन्यवाद दिएका थिए । उहाँले आफूले सकेको सहयोग सदैव गरिरहने प्रतिबद्धता समेत जनाउनु भएको थियो । नौलो बस्तीमा राईले पु¥याउनु भएको सहयोगप्रति वडा नं. १६ का वडासभापति दिलिप भण्डारीले सह्राना गर्दै आगामी नगर सभापतिमा राईलाई जिताउन आग्रह समेत गर्नुभएको थियो ।
यतिमात्र हैन राईले वडानं. ११ को वरुण टोलमा आप्mनै खर्चमा फलामे रेलिङ समेत निर्माण गरिदिनु भएको छ । वरुण टोलका नेपाली काँग्रेसक एक सक्रिय कार्यकर्ताले भने ओरालो ठाउँ भएकोले रेलिङका लागि काँग्रेसका पदासिन नेतृत्वलाई हामीले बारम्बार गुहा¥यौ । नगर पालिकामा पनि गयौ,तर कसैले हाम्रा कुरा सुनेनन् ।
अन्तमा किशोर राईलाई भन्यौ उहाँले तुरुन्त आएर हेर्नुभयो र आफनै २५ हजार खर्च गरेर फलामे रेलिङ बनाइदिनु भएको छ । नगरमा कस्ले काम गर्छ भन्ने कुरा धरानका आम कार्यकर्ताले बुझिसकेको उहाँले सुनाउनुभयो ।

धरानमा एन्फा एकाडेमीका सुत्रधार

पार्टी संगठनसँगै धरानको खेलकुदमा राईको अत्यन्तै ठूलो योगदान रहेको छ । एन्फा एकाडेमी उहाँकै पहलमा धरानमा आउन सफल भएको हो । त्यसबेला केहीले एकाडेमीके विरोध समेत नगरेका होइनन् । आज एकाडेमीकै कारण खेलाडीहरुले प्रशिक्षण लिन पाएका छन् । कोरोना संक्रमणको असहज अवस्थामा एन्फा एकाडेमीलाई क्वारेनइनको रुपमा राज्यले प्रयोग गर्न पाएको छ । धरानको रंगशाला निर्माण समेत उहाँको योगदान रहेको छ । राज्यले क्षेत्रीय रंगशाला इटहरीमा निर्माण गर्ने निर्णय गरेपछि सोको लागि आएको बजेटलाई धरान र इटहरीलाई आधा आधा गर्नुपर्छ भनेर उहाँले काठमाण्डौ पुगेर धर्ना समेत दिनुभयो । अन्तत ः बजेट आधा आधा भयो र धरानको रंगशाला निमाणले मुर्तरुप लियो । यतिमात्र होइन रंगशालाको घेराबारामा उहाँकै सक्रियताले युके फोरमको विशेष सहयोग र स्थानीयको सहयोग परिचालन गर्न उहाँ सफल हुनुभयो । उहाँले आफ्नै माता पिताको नाममा पृथ्वी–लक्ष्मी व्याडमिन्टन प्रतियोगिता, अन्तर्राष्ट्रिय बीपी कराँते प्रतियोगिता गराउनु भएको छ । वि.सं. २०५५ सालदेखि धरान फुटबल क्लबमार्फत अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप प्रतियोगिताको आयोजना उहाँले निरन्तर गर्दै आउनु भएको छ ।

खेलाडीहरुलाई सामाग्री र आर्थिक सहयोग

धरानका बक्सिङ खेलाडीहरुलाइ केही दिन अगाडि युवा नेता किशोर राईले २० हजार रुपैया बराबरको गल्फ लगायतका सामाग्री वितरण गर्नुमात्र भएन प्रशिक्षणका लागि काठमाण्डौ जानु भएका उहाँहरुलाई यातायातको व्यवस्था समेत गरिदिनु भयो । कोडिभले आक्रान्त भएका विरामीहरुका लागि उपचारमा सहज पहुँच होस् भन्ने उद्देश्यले उहाँले निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गर्दै आउनु भएको छ । लकडाउनका कारण दैनिक रोजगारी गरेर आफू र आफ्ना परिवार पाल्दै आएका मजदुरहरुलाई मजदुर संघमार्फत २० हजार तत्कालराहतकालागि उपलब्ध समेत गराउनुभयो । नेपाली काँगे्रसका विभिन्न वुथ कमिटीमा आफै पुगेर मास्क वितरण गर्ने काम समेत गर्नुभयो ।
धरान उपमहानगरपालिकाको प्रमुखको उपनिर्वाचनमा युवा नेता राईले आफ्नो घरमा एकमहिना सम्म टेन्ट राखेर कार्यकर्ता परिचान गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया