द्दफाल्गुन १६ गतेको ३० दलीय आमसभापछि भएको शक्ति वार्तामा सहभागी हुनु भएन । के वार्ता बहिष्कार गर्नुभएको हो ?
–मैले बहिष्कार गरेको होइन । ३० दलीय मोर्चाको तर्फबाट साथीहरुले वार्ता गरिराख्नु भएको छ । व्यक्तिगत रुपले भन्दा अहिलेको स्थितिमा मलाई वार्ताबाट मधेश, जनजातिका सवालहरु, दलित र लैङगिक सवालहरु हल हुन्छन् जस्तो लाग्दैन । यो वार्ताबाट विभेद र उत्पीडनबाट मुक्ति पाउने सम्भावना छैन । त्यसमाथि जोसँग वार्ता गर्ने हो उनीहरु नै वार्ताप्रति गम्भीर छैनन् । मोर्चाले वार्ताको निम्ति तीनवटा सर्त राखेको थियो: विगतमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता, माघ ११ को सहमति तोडेर प्रक्रियामा जाने प्रश्नावली समितिको खारेजी र सहमतिबाट संविधान जारी गर्ने प्रतिबद्धता । यी तीनवटा शर्त पूरा भएको खण्डमा वार्तामा जाने भनिएको थियो तर यी तीनवटा शर्तको विषयमा त सत्तारुढ दलले कुनैपनि वास्ता गरेनन् । आफैले राखेको सर्त र सिमानालाई तोडेर आफै वार्तामा जाने र जोसँग वार्तामा जाने हो ऊ यी विषयमा संवेदनशील नहुने हो भने यस्तो वार्तामा किन जाने भनेर मैले भनेको हो ।
द्दतपाईं र राजेन्द्र महतोको मत चाहिं वार्ताबाटभन्दा आन्दोलनबाट निकास निस्कन्छ भन्ने हो ?
–विगतमा पनि वार्ता गरेर सम्झौता त गरेकै हो नि । त्यसको कार्यान्वयन गरिदिए भइगयो नि । हाम्रो कुनै नयाँ माग त छैन । फेरि पनि वार्ता गरेर त सम्झौतै हुने हो । विगतमा जुन सम्झौता भएको छ, त्यही नै काफी छ, त्यसको कार्यान्वयन भए पुग्छ । विगतको सम्झौता कार्यान्वयन गराउन र जनतालाई मुक्त पार्न अब एकपटक संघर्ष नगरी हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।
हार्डलाइनर होइन । म त ‘सÏट लाइनर’ हो । वार्ताको बाटोमा जाने चाहिं सÏट हुने, नजाने चाहिं हार्डलाइनर हुने हुँदैन । यस्ता उपलब्धिहीन वार्ता त पचासौंपटक कांग्रेस एमालेसँग भएका
छन् । वार्ताबाट उठेर त उहाँहरु हिँडेको हो, हामी होइन । तर पनि मोर्चाको तर्फबाट वार्तामा गएका साथीहरुमा मेरो समर्थन छ
द्दत्यसो भए ३० दलीय गठबन्धनमा तपाईंलाई हार्ड लाइनर भनेर चिन्दा भो ?
–हार्डलाइनर होइन । म त ‘सÏट लाइनर’ हो । वार्ताको बाटोमा जाने चाहिं सÏट हुने, नजाने चाहिं हार्डलाइनर हुने हुँदैन । यस्ता उपलब्धिहीन वार्ता त पचासौंपटक कांग्रेस एमालेसँग भएका छन् । वार्ताबाट उठेर त उहाँहरु हिँडेको हो, हामी होइन । तर पनि मोर्चाको तर्फबाट वार्तामा गएका साथीहरुमा मेरो समर्थन छ ।
द्दप्रचण्डसँग नजिक हुन विजय गच्छदार र उपेन्द्रको दौडधूप छ, भन्ने चर्चा पनि सुनिन्छ नि ?
–म त प्रचण्डजी सँग गच्छदार नै नजिक होउन भन्ने चाहन्छु । किनकि, घण्टौंसम्म पनि प्रचण्डको प्रशंसा, तारिफ गर्न उहाँ सक्नुहुन्छ,। हामी त मुद्धा र नीतिका आधारमा नजिक र टाढा हुने हो ।
द्दगच्छदारमाथि तपाईंले
बारम्बार शंका गर्नुभएको छ । किन उहाँप्रति बारम्बार शंका ?
–मधेश आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न, मधेशका शक्तिलाई खण्ड, विखण्ड गरेर तहसनहस बनाउने काम त विजय गच्छदारले नै गरेको हो नि । त्यो केवल पैसा र कुर्सीका लागि । अहिले पनि उहाँले मधेशका मुद्धालाई कहीं उठाएको छैन । उहाँको प्राथमिकता भनेको सरकारमा जाने हो । त्यो लाइनमा उहाँ सँधै
हिंडिराख्नुहुन्छ । हिजोको बैठकमा पनि खुल्लेआम भन्नुभयो– ‘म कांग्रेसी हुँ, मलाई कांग्रेसीभन्दा हुन्छ ।’ त्यो लाइनमा उहाँ सँधै
हिंडिराख्नुहुन्छ । हिजोको बैठकमा पनि खुल्लेआम भन्नुभयो– ‘म कांग्रेसी हुँ, मलाई कांग्रेसीभन्दा हुन्छ ।’
द्दयस्तो मान्छेलाई किन वार्ता टोलीमा पठाएको त तपाईंहरुले ?
–वार्ता टोलीमा मोर्चाले कुनै निर्णय गरेर पठाएको होइन । उहाँ आफै गइराख्नुभएको छ । समग्र मोर्चाको प्रतिनिधित्व विजय गच्छदारले गर्नुहुन्न । अर्को पनि ‘फल्स’
कुरा के हो भने विजय गच्छदारले मधेशी मोर्चाको संयोजक भनेर आफू हिंडिराख्नुभएको छ । जबकि मधेशी मोर्चाको संयोजक नै उहाँ होइन । मोर्चामा संयोजक कोही पनि छैन । ‘कसैले तपाईं भनोस् नभनोस् आफै मपाईं हुने’ प्रवत्ति उहाँमा छ । प्रशंसा गर्नेलाई प्रचण्डजीले बोक्नु हुँदैन । घण्टौं प्रचण्ड जीको प्रशंसा विजय गच्छदारले गरिदिनुहुन्छ । मलाई के लाग्छ भने प्रचण्ड जीलाई गच्छदारले
रसातलमा पुर्याइ दिन बेर छैन । प्रचण्ड तीस दलका हाम्रो नेता पनि हुन् । उहाँ हर बखत चनाखो बन्नुपर्छ ।
द्दआन्दोलन घोषणा गर्छौ भन्ने २६ को साइत गयो र ३० पनि जानै लाग्यो । अब कहिले घोषणा गर्नुहुन्छ आन्दोलन ?
–वार्ताबाट सहमति हुन्छ भने किन आन्दोलनमा जाने भनेर हामीले धैर्यता गरेको हो । प्रधानमन्त्री र राष्ट्रपतिले चारदिनको समय मागेको हुनाले त्यो समय हामीले दिएका हौं । ३० गते नै आन्दोलनको कायक्रम घोषणा हुन्छ । आन्दोलन अगाडि बढ्छ । आन्दोलनमा को आउँछन्, को आउँदैनन्, त्यसपछि थाहा हुने कुरा हो ।
द्दफाल्गुन १६ को सभामा आउनेलाई पैसामा किनेर ल्याएको भनेर तपाईहरु मथि आरोप छ त ?
–०६२र०६३ सालमा जतिखेर जनआन्दोलन हुँदै थियो, ओली जी भन्थे– ‘घाम तापेर आन्दोलन हुँदैन । नेपालबाट
राजतन्त्र हटाउने कुरा त बयलगाडामा चढेर अमेरिका पुग्नुजस्तो हो ।’ उनले ०४६ सालको आन्दोलनमा पनि त्यस्तै उट्पट्याङ कुरा गरेका थिए । त्यसकारण ओली जीले के भन्छन् भन्नेतिर ध्यान दिनु जरुरी छैन । मधेशी जनतालाई अधिकार चाहिएको छ । अधिकारका लागि जनता आन्दोलनरत छन् । त्यसैका निम्ति स्वतस्फूर्त जनता आएका हुन्, आउन तयार छन् ।
द्द३० गतेपछिको आन्दोलन तपाईंहरुले क्रियात्मकरुपमा गर्छौं भन्नुभएको छ । त्यो भनेको के हो ?
–आन्दोलन अहिलेसम्म प्रचारात्मक थियो । जनता आन्दोलनका निम्ति तयार छन् । अब आन्दोलन ‘एक्सनल’ हुन्छ । त्यो भनेको घेरा हो, बन्द, हड्ताल, आम हड्तालदेखि बोर्डरजाम गर्नेसम्ममा आन्दोलन अगाडि बढ्छ ।
द्दतपाईंहरु आन्दोलन घोषणा गर्दै हुनुहुन्छ । हिमाल, पहाड र तराई मधेशमा एकैसाथ उठ्छ त ?
–अहिले ३० दलीय गठबन्धनमा हिमालका उत्पीडित जनजातिहरु, मधेशका उत्पीडित समुदाय, पहाडका अधिकारविहीन जाति जनजातिहरु सबै उत्पीडित वर्ग, जाति र समुदाय एक ठाउँ भएका छौं । यसले उत्पीडन, विभेद, असमानता र शोषण विरुद्धको लडाइँ लड्दैछ । आÏनो पहिचान, समावेशीकरण, प्रतिनिधित्व र आत्मसम्मान र स्वाभीमान नपाएसम्म आन्दोलन अगाडि बढिरहने छ ।
द्दतपाईंहरुले त जम्मै मधेसलाई एउटै मात्र बनाउनु पर्यो, पहाडबाट मधेशलाई अलग गर्न पर्यो भनेर भाँडभैलो मचाउन लागेको भन्ने आरोप छ नि ?
–नेपाल बहुभाषिक, बहुजातीय, बहुभौगोलिक मुलुक हो । त्यसलाई राज्यले सम्बोधन गर्न सकेन भने बडो दुर्भाग्यपूर्ण घटना हुनेवाला देखिन्छ । भारतमा पनि नागा, मिजोरमको आन्दोलन उठ्यो, भारतले त्यहाँ स्वायत्त राज्य दियो र आन्दोलन शान्त भयो । भारतमा खालिस्तानको आन्दोलन उठ्यो । स्वायत्तता दिएर नै त्यो आन्दोलन समाप्त भएर गयो । दक्षिणमा द्रविडहरुका लागि अलग राष्ट्रको माग नै उठेको हो । त्यहाँ द्रविड भाषाको आधारमा प्रान्त बनेपछि त्यो माग फेरि उठेन । चेकोस्लोभाकियामा पनि कुरा उठ्यो, दमन गर्दा मुलुककै नक्सा विश्वमानचित्रबाट हटेर गयो । श्रीलंकाको घटना हामीलाई थाहा छ । सोमालियामा अरबीयन र अफ्रिकनको बीचको द्वन्द्वलाई हल गर्न नसक्दा त्यहाँको दुर्दसाबाट हामी अवगत नै छौं । इन्डोनेशियामा टिमोरहरुलाई अधिकार नदिंदाको परिणाम पनि हामीलाई थाहा छ ।
त्यसकारण नेपालमा जातीय, भाषिक र भौगोलिक आधारमा स्वायत्त राज्यको जुन माग गरिएको छ, त्यसलाई सम्बोधन गर्ने गरी प्रादेशिक स्वायत्तता तथा स्वशासन दिइनु पर्दछ । त्यो दिइयो भने यो मुलुकको राष्ट्रिय एकता दह्रो हुन्छ । सबै जनजाति, भाषाभाषी, भूगोलमा बस्ने जनसमुदायहरु, जो शताब्दीयौंदेखि विभेदमा पारिएका छन्, उनीहरु विभेदबाट मक्त हुन्छन् र अधिकारसम्पन्न हुन्छन् । उनीहरुको पहिचान
राज्यले गर्छ । त्यसो भएपछि राष्ट्रिय एकता दह्रो हुन्छ । साथीहरु जातीय नाममा टाउको दुखाउनु हुन्छ ।
यही काठमाडौंमा अलिकति मोडिदा ‘थापा गाउँ’ आउँछ । थापा गाउँ किन भनेको हो ? थापाहरुको पुरानो थातथलो भएकाले त हो नि थापा गाउँ भनेको । के अहिले थापा गाउँमा थापाबाहेक अरु बस्दैनन्, बसेका छैनन् ? त्यसकारण राज्यको नामाकरण गर्दा पनि ऐतिहासिक पृष्ठभूमि र पुख्र्यौली भूमि भएका, थातथलो भएका समुदायलाई सम्बोधन गर्नुपर्छ मात्र भनेको त हो । त्यसो भयो भने त्यो समुदायले राज्यबाट पहिचान भएको र सम्मान पाएको महसुस गर्छ । त्यसले विखण्डन होइन, राष्ट्रिय एकतालाई नै मजबुत बनाउँछ । जब भाषिक, जातीय र भौगोलिक आवाजहरुलाई दमन गरिन्छ, त्यहाँ विद्रोह हुन्छ । विद्रोह भएपछि विग्रह हुन्छ । मुलुकलाई त्यो बाटोमा लैजाने कि यी मुद्धाहरुलाई सम्बोधन गरेर राष्ट्रलाई एकताबद्ध बनाएर शान्ति र समद्धिको बाटोमा लैजाने ? यी दुईवटा बाटोको मोडमा नेपाल अहिले उभिएको छ ।
द्दयस्तो बेलामा त तपाईंहरु मधेशवादी शक्तिहरुबीचमा एकीकरण हुनुपर्ने हो । तर बाहिर त तपाईंको त अशोक राईले नेतृत्व गरेको पार्टीसँग पो एकीकरणको चर्चा सुनिन्छ, के यो साँचो कुरा हो ?
–बाहिरको कुरा बाहिरै हो, भित्रको कुरा होइन । तर मूल कुरा के हो भने विचार, नीति, सिद्धान्त र मुद्धा मिल्ने शक्तिहरुबीचको एकता नै सम्भव हुने
कुरा हो । सिद्धान्त, विचार, नीति र मुद्धालाई परित्याग गरेर गरिएको एकता भनेको अवसरवादीहरुबीचको एकता हुन्छ । त्यसको स्थायित्व पनि हुँदैन, गन्तव्य पनि हुँदैन ।
द्दअशोक राईहरुसँग वार्ता भएको होइन त त्यसो भए ?
–यो कुरा कुनै समयमा भएको थियो । तर अहिले चलिरहेको छैन ।
