परीक्षा नियन्त्रण कार्यालयको
प्रारम्भिक तथ्याङक अनुसार आगामी चैत्र ५ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा बढीमा ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी हुनेछन् । यस वर्ष परीक्षालाई थप व्यवस्थित बनाउन परीक्षामा संलग्न जनशक्तिको पारिश्रमिकदेखि सुरक्षाकर्मीको संख्यासम्म बढाइएको छ । तर परीक्षार्थीलाई परीक्षा दिन सहज लाग्ने वातावरण बनाउन भने चासो राखिएको देखिँदैन।
यस्तै सुनसरीमा भने यसपटक १४ हजार ८ सय ४३ जना सहभागी हुने भएका छन् । आइरन गेट अर्थात फलामे गेटको रुपमा लिइने एसएलसी परीक्षामा सुनसरीका २ सय ३० वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुने भएका हुन् । जिल्ला शिक्षा कार्यालय सुनसरीका
परीक्षा शाखा प्रमुख पिताम्बर गौतमका अनुसार संस्थागत विद्यालयतर्फ १ सय ३३ र सामुदायिक विद्यालयतर्फबाट ९३ विद्यालयका विद्यार्थी एसएलसीमा सहभागी हुदैछन् ।
परीक्षा शाखा प्रमुख गौतमका अनुसार नियमिततर्फ ११ हजार ५ सय १ र एम्जाम्टेडतर्फ ३ हजार ३ सय ४२ विद्यार्थी रहेका छन् भने जिल्लामा ४५ वटा परीक्षा केन्द्रहरु रहेका छन् । एक परक्षा केन्द्रमा शिक्षाध्यक्षसागै ८ जना परीक्षा सञ्चालक रहने छन् । यसपटक राम्रो र अनुशासित ढंगले
परीक्षा सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष र परीक्षा सञ्चालकहरुलाई पुरस्कृत गर्ने उद्देश्य राखिएको समेत गौतमले जानकारी दिनुभयो ।
एसएलसी परीक्षाको ८० वर्ष लामो इतिहासमा विसं १९९८ सालमा सबभन्दा बढी ७७.७८ प्रतिशत र २०३८ सालमा सबभन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । एसएलसी परीक्षाको विषयगत औसत प्राप्ताङक हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ प्रतिशत देखिन्छ । भएको पाइन्छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धि सन्तोषजनक नहुनु चिन्ताको विषय हो । विद्यार्थीले निम्न उपाय अपनाइए परीक्षा अझ सहज र प्रतिफलमुखी हुनसक्छ ।
– परीक्षाका समयमा स्वास्थ्यप्रति चनाखो हुनुपर्दछ । स्वस्थ आहारविहार र सहज परिश्रममा ध्यान दिनुपर्छ ।
– एसएलसी परीक्षालाई हाउगुजी नठानी सहज रुपमा परीक्षामा सम्मिलित हुने मनस्थिति
बनाउनुपर्छ ।
– बढी थकाइ लाग्न ेगरी अनिदो बसेर पढ्दा स्मरण शक्तिमा ह्रास आउनसक्छ । शारीरिक तथा मानसिक थकानले गर्दा जाँच राम्ररी दिन सकिँदैन ।
– अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमकै अध्ययन गर्ने
गराउने तर्फ शिक्षकविद्यार्थी दुवैले ध्यान दिनुपर्छ । कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्क्रमममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
– गाह्रो लागेको विषयलाई बढी महत्व दिएर दैनिक समय तालिका बनाई सबै विषय नियमित अध्ययन गर्ने ।
– सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने ।
– पहिलेका प्रश्नको उत्तर लेख्ने र विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिने ।
– राम्रोसँग जाँच दिन्छु र राम्रै नतिजा आउँछ भन्ने विश्वास एवं मनोबल राखेर परीक्षाहलमा प्रवेश गर्ने ।
–विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नुभन्दा पहिल्यै तयार गर्ने ।
– परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा पहिले नै थाहापाई राख्ने ।
– प्रवेश पत्र तथा उत्तर पुस्तिकामा लेखिएका निर्देशन परीक्षाको घन्टी नबज्दै पढ्ने र पालना गर्ने ।
– प्रश्नको उत्तर यकिन भएपछि त्यसको प्रकृति, अंकभार तथा समयमा समेत ध्यान दिई मौलिकता झल्किने गरी बँुदागतश्रपमा सफा र शद्ध उत्तर लेख्ने ।
– सबै प्रश्नका उत्तर लेखिसकेपछि समय बचेमा उत्तरहरुलाई पुन:
सरसर्ती पढ्ने र छुटपुट भए सच्याउने ।
एसएलसी परीक्षालाई उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व हुन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, तिनको आहारविहार स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त
वातारण बनाई सजिलो बनाइ दिने एवं मर्यादितरुपमा परीक्षा दिन प्रोत्साहित गर्नु असल अभिभावकको जिम्मेवारी हुन्छ । एसएलसी परीक्षा अभिभावकको पनि जाँच हो ।
त्यस्तै विद्यालयले विद्यार्थीको रुची र क्षमताअनुसारको विषयको छनोट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने क्षमता विकास गराउनुपर्छ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति एवं क्षमताका आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाए समग्रमा विद्यालयकै उपलब्धि उच्च हुने मानिन्छ । एसएलसीलाई विद्यालयकै उत्कृष्टताको कसी मानिन्छ ।
प्रश्न पत्र वैज्ञानिक, वस्तुनिष्ठ तथा स्तरीय भए पनि परीक्षाको नतिजामा असर पर्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं तिनले परीक्षार्थीलाई गर्ने व्यवहारबाट
परीक्षाको गुणस्तरको निक्र्योल गछर् । यसप्रकार एसएलसी परीक्षा प्रत्यक्षरुपमा विद्यार्थीका लागिमात्र भएजस्तो लागे पनि परोक्षरुपमा राज्यले अपनाएको विद्यालय शिक्षासम्बन्धी योजना नीतिनियम, कार्यक्रम आदि पनि जाँच्ने कसी हो ।
