धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १५ दिनदेखि जारी सुद्धिकरण आन्दोलनले मंगलबारदेखि नयाँ मोड लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविनका लागि सार्वजनिक आवहान गरेको आरोपमा प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेललाई उपकुलपति डा. गिरीले ठाडो कार्वाही गरेपछि शुरु भएको आन्दोलनको हिजो मंगलबार १५ औं दिनमा भएको पहिलो वार्तामा उपकुलपति डा. गिरी मादक पदार्थ सेवन गरेको अवस्थामा प्रस्तुत भएपछि वार्ता स्थगित भएको थियो ।
वार्ता अगाडि रजिष्ट्रारसँग गोप्य बैठक
संयुक्त संघर्ष समितिको आवहानमा आन्दोलनमा आवद्ध चिकित्सक, नर्स, कर्मचारी र व्यवस्थापन पक्षबीचको वार्ता अगाडि उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीबीच करिब दुई घण्टा छलफल भएको रजिष्ट्रार निकट स्रोतले जानकारी दिएको छ ।
दुवै पक्ष बीचको छलफलका क्रममा आफूले आन्दोलनमा सहभागी सबै पक्षलाई मिलाइ सकेको, उपकुलपतिले एकपटक गएर वार्तामा बसिदिए मात्र सम्झौता भइहाल्ने लगायका कुरामा रजिष्ट्रार रेग्मीले उपकुलपति डा.गिरीलाई आश्वस्त पारेको सोही छलफलमा सहभागी अर्का पदाधिकारीले बताए । रजिष्ट्रारको बलियो आश्वासनसँगै उनले दिएको दुई पेग वाइन खाइ वार्तामा बसेका उपकुलपतिका सम्बन्धमा स्वयम् रजिष्ट्रार रेग्मीले ‘उपकुलपति मापासे गरेर वार्तामा बसेको’ भन्दै धमाधम सञ्चारकर्मीहरुलाई सूचना पठाएका थिए । रजिष्ट्रारकै कारण वार्ताको माहोल बिग्रिएको आन्दोलनमा सहभागी अर्का एक चिकित्सकले बताए ।
उपकुलपति बन्ने कसरतमा रजिष्ट्रार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारको नियुक्ति हुँदा तत्काल २ करोड ५० लाख बुझाएर सात करोडमा उपकुलपतिको पद खरिद सम्झौता गरेर बसेका रजिष्ट्रार डा.रेग्मीलाई कुनैपनि हालतमा केपी ओली प्रधानमन्त्री हुँदै उपकुलपति भइहाल्नु परेको छ ।
उनको पहिलो किस्ता भुक्तानी भइसकेको छ । वर्तमान उपकुलपति हँटाउन सकेनन् भने उनको काठमाण्डौको वालुवाटारको घर बेचेर बुझाएको पैसा बरबाद हुनेछ , उनलाई रजिष्ट्रार बन्न सघाउने धरानका एकजना मेडिकल माफियाले भने । उपकुलपतिका तत्कालीन सल्लाहकार दिलिप भट्टराईको सार्वजनिक रुपले सामाजिक सञ्जालमा आएको यो कुराले समेत पुष्टि गरिकेको छ । एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने उपकुलपति गिरीका विरुद्धमा यदाकदा हुँदै आएको आन्दोलन उचाल्ने भित्री योजनाकार नै रजिष्ट्रार रेग्मी हुन् । उनी भन्छन अब कथंककदाचित प्रतिष्ठानमा आगामी दिनमा वर्तमान तीनैजना पदाधिकारी कोही पनि भिसी बन्न सक्दैनन् । प्रतिष्ठानका एक चिकित्सकले सामाजिक सञ्जालमा एउटा स्टाटस नै लेखनु भएको छ । उहाँले भन्नुभएको छ बीपी प्रतिष्ठानको सुद्धिकरण भनेको अन्य तीन पदाधिकारीमध्ये कुनै एकलाई उपकुलपति बनाउनु हैन । पद भोगी र पैसा भोगी नालायक चारैजना पदाधिकारी मेडिकल माफिया, भ्रष्ट प्रशासनको सफाइ हो । यी उपकुलपति त अब गए गए । यी गएपछि पद खान मुख बाएर बसेका बाँकी तीन पदभोगी र पैसा भोगी बारेमा आन्दोलनकारीको धारणा के हो ? अर्का अर्का कर्मचारीले प्रश्न उठाए बीपी प्रतिष्ठानका केही क्रान्तिकारीहरुले सुद्धिकरण अभियान विगतमा पनि गरेका थिए । तर तिनीहरुको आन्दोलन आफ्ना श्रीमतिले वा आफन्तले जागिर पाएपछि वा आफ्नो बढुवा भएपछि स्थगित भएको थियो । यसपटक त्यस्तो नहोस् भन्दै उनले कसैले दायाँबाया गर्न नहुने बताए ।
शेरबहादुरले रक्सी खान हुने मैले नहुने
मंगलबार बेलुका लगभग ५ घण्टा शिक्षक, कर्मचारी र विद्यार्थीहरुले कार्यकक्षमा थुनिन पुगेका उपकुलपति डा. गिरीले बारम्बार रजिष्ट्रार रेग्मीलाई शेरबहादुरले रक्सीखाएर पार्टी बैठकमा बस्नु हुने, प्रधानमन्त्रीको कुर्सीमा बस्नु हुन मैले चाहि नहुने ? भन्दै तर्क गरेको रजिष्ट्रार रेग्मीले आफ्ना आसेपासेहरुलाई मजाग ढंगले सुनाएको, उनी निकट एक कर्मचारीले बताए ।
आन्दोलनकारी समूहमा रजिष्ट्रारको एजेन्ट
भ्रष्टाचार र कमिशनमा निर्लिप्त रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले आन्दोलनकारी समूहमा आफनो एजेन्ट खटाएको र उक्त एजेन्ट मार्फत आफ्नो अनुकूल वातावरण बन्दै र बनाउदै गएको स्रोतले जनाएको छ । दुई दिन अगाडि राति एक बजेसम्म धरानको एक गोप्य स्थानमा रजिष्ट्रारका अन्नदातासँगको बैठकमा समेत जसरी पनि उपकुलपति निकाल्ने र आफू उपकुलपति बन्ने दाबी राजिष्ट्रारले गरेको एक सदस्यले बताए ।





