सामरिक महत्वको फुङलिङ ओलाङचुङगोला टिप्ताला भन्ज्याङ सडकको ट्रयाक खोल्न तीन किमी बाँकी चाइनिज प्राविधिक र जनशक्तिद्वारा ओलाङचुङगोला–लेलेप सडकको ३४ किमी सडकको स्तरोन्नति हुँदै

फक्तालुङ (ताप्लेजुङ)÷सामरिक महत्वको त्रिदेशीय सडक जोड्ने उत्तर दक्षिण ओलाङ्गचुङ्गगोला लोकमार्ग अन्तर्गतको ताप्लेजुङ्गको दोभान, बाह्रनन्दे, फुङलिङ बजार, सुकेटार, शिवा, लेलेप हुँदै ओलाङचुङोगोला टिप्ताला भन्ज्याङ जोडन्े सडकको ट्रयाक खुल्न अब तीन किमी बाँकी रहेको छ ।
हाल ट्रयाक खोल्ने काम सुकेपानीमा भइरहेको छ । फक्तालुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पा भन्नुहुन्छ अब तीन किमी ट्रयाक खुलेपछि नेपालसँग जोडिएको टिप्ताला भन्ज्याङसँग चीनको स्वशासित क्षेत्र तिब्बत सीधा सडक सम्पर्क हुन्छ ।
प्रवक्ता शेर्पा भन्नुहुन्छ आगामी असोज भित्रमा ट्रयाक खुलिसक्छ । सुकेपानीमा रहेको तमोर नदीमा पुल नभएकोले स्काभेटर लगायतका उपकरण पारी लैजान नसक्दा ट्रयाक खुल्न बाँकी रहेको हो । अहिले काम बन्दै छ त भन्ने सवालमा उहाँ भन्नुहुन्छ ट्रयाक खोल्ने काम बन्द भएपनि सडक स्तरोन्नतिको काम भइरहेको छ । कहिले बाढी पहिरो, लकडाउन जस्ता कारणले पनि काममा ढिलाई भएको प्रवक्ता शेर्पाको कथन छ । टिप्ताला भन्ज्याङदेखि ओलाङचुङगोला सम्मको २२ किमी र ओलाङ्गचुङगोलादेखि लेलेपसम्मको १० किमी सडक चाइनिज प्राविधिक र जनशक्तिको सहयोगमा ट्रयाक खोलेको हो । यतिबेला ओलाङचुङगोलासम्म चाइनिज सवारी साधनहरु निर्वाध आउजाउ गर्ने गरेको स्थानीय बताउँछन् ।
नेपालको परराष्ट्रमन्त्रालयले पत्रचार गरी सडक निर्माणमा चाइनालाई आग्रह गरेपछि चाइनाको प्राविधिक र जनशक्तिले बाटो बनाइदिएको प्रवक्ता छेतेन शेर्पाले दोहो¥याउनुभयो । सडक निर्माणको काममा चाइनाका उच्च पदस्थ अधिकारी, परराष्ट्र मन्त्रालयका कर्मचारीहरु समेत आएर अनुगमन गर्ने गरेका छन् । प्रवक्ता शेर्पाले भन्नुभयो चाइनिजले खनेपनि पैैसाचाहिँ नेपाल सरकारकै हो । उनीहरुले ओलाङचुङसम्म र त्यसपछिको ९ किमी यताको सडक कुटनीतिक पहलमै खनेका हुन् । प्रारम्भमा ओलाङ्गचुङगोलाको सडक उत्तर र दक्षिण दुवैतिरबाट खन्ने भन्ने थियो । ६० करोडको उक्त सडकमा स्थानीयले २ करोड ६० लाख संकलन गरेर खन्न शुरु गरेपछि मात्र सरकारले सडक निर्माणमा चासो देखाएको शेर्पाले बताउनुभयो ।
ओलाङचुङगोला तमोर नदीको फाटिलो तीन हेक्टरमा फैलिएको छ । १ सय भन्दा बढी घरधुरी नरहेको यो स्थान त्यस क्षेत्रको प्रमुख व्यवसायिक नाका हो । ओलाङचुङगोलालाई चीनबाट आएको सडक सञ्जालले जोडेको छ । हाल सडक निर्माणको काम मुलघाट दोभान ओलाङचुङ गोला सडक आयोजनाले गर्दैै आएको छ । सदरमुकाम फुङ्गलिङ्गबाट इलाडाँडा छेउसम्म सडक पुुु¥याइएको छ भने द्विदेशीय सीमा टिप्ताला भन्ज्याङ्गदेखि सुकेपानीसम्म सडकको ट्रयाक खुलेको छ । अर्थात यो सडकको ट्रयाक हाल लेलेपको थाक्पा खोला कटेर लुङ्गथुङ्गसम्मको ट्रयाक खुलेको छ । यहाँ स्मरणीय कुरा के छ भने ताप्लेजुङ्गको दोभान बजारदेखि टिप्ताला भन्ज्याङ्गसम्म १२३ किमी रहेको छ । दोभान बजारदेखि ओलाङचुङगोला सम्मको दूरी १४० किमी रहेको छ भने ओलाङ्गचुङ्गगोलादेखि पछिल्लो डिपिआर अनुसार टिप्ताला भन्ज्याङ्ग २४ किमी रहेको छ ।
यो लोकमार्गमा पर्ने याफ्रे खोलामा बेलिब्रिज बनिसकेको छ । फुङलिङ र फक्तालुङ गाउँ पालिका जोड्ने फुरुङ्ग खोलामा मोटरेवल पुल बनेको छ । यो लोकमार्गको तावा खोला, थिवा खोलामा पनि पुल बनेको भए पनि अन्य दर्जनौ खोलामा पुल बन्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया